Page:Tarun tapasi.pdf/39: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
::रहू चौकीभित्रै, कठिन तपको भोग सकस । | ::रहू चौकीभित्रै, कठिन तपको भोग सकस । | ||
भनी मानू मेरो स्थितिनियमको बन्धन गरी | भनी मानू मेरो स्थितिनियमको बन्धन गरी | ||
::विधाताले | ::विधाताले बार्यो अति कठिन बारै वरिपरि ॥ | ||
{{pcn|१३}} | {{pcn|१३}} |
Latest revision as of 16:55, 10 June 2025
This page has been validated
१२
सहू सर्दी, गर्मी बहुत बलियो आसन कस,
रहू चौकीभित्रै, कठिन तपको भोग सकस ।
भनी मानू मेरो स्थितिनियमको बन्धन गरी
विधाताले बार्यो अति कठिन बारै वरिपरि ॥
१३
जमायेँ लाचारीसित जमिनमा आसन कडा
बन्यो छायाशाली उपर भरिलो गोल मुहुडा ।
जती जस्तो आओस् नियतिवश शीताऽऽतप हुरी
भयेँ त्यो हेलैले सब सहन शक्ने ननिहुरी ॥
१४
बिपत्ता चौकीमा हलनचल पाऊ तल तल
निदाये, तन्काये तनतन निदैमा रस-बल ।
धरित्रीको भित्री अमृतगुण सर्वत्र फिँजियो
अवस्थाले मेरो अझ मधुरिमाको पथ लियो ॥