Page:Tarun tapasi.pdf/21: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
कराई चिच्च्याई यसरि बिलना वन्दन गरी | कराई चिच्च्याई यसरि बिलना वन्दन गरी | ||
::म बोल्थेँ त्यो वेला विकल बिचरो न्याहुल सरी । | ::म बोल्थेँ त्यो वेला विकल बिचरो न्याहुल सरी । | ||
कठै! मेरो भाषा नबुझि सब चल्थे टमटम | कठै ! मेरो भाषा नबुझि सब चल्थे टमटम | ||
::हुनाले क्यै छ्यौमा उस दलनमा तै परिनँ म ॥ | ::हुनाले क्यै छ्यौमा उस दलनमा तै परिनँ म ॥ | ||
Line 10: | Line 10: | ||
कहाँ कस्ले कस्तो किसिमसित कुल्चन्छ शिरमा | कहाँ कस्ले कस्तो किसिमसित कुल्चन्छ शिरमा | ||
::भनी डर्दै, तर्दै नयन बटुवाका पयरमा । | ::भनी डर्दै, तर्दै नयन बटुवाका पयरमा । | ||
म गन्थेँ बाटोमा निशिदिन कठै | म गन्थेँ बाटोमा निशिदिन कठै ! जीवन-घडी | ||
::मजा मानी बुन्थेँ मलिन मुखमा जाल मकडी ॥ | ::मजा मानी बुन्थेँ मलिन मुखमा जाल मकडी ॥ | ||
Latest revision as of 17:10, 6 June 2025
This page has been validated
१२
कराई चिच्च्याई यसरि बिलना वन्दन गरी
म बोल्थेँ त्यो वेला विकल बिचरो न्याहुल सरी ।
कठै ! मेरो भाषा नबुझि सब चल्थे टमटम
हुनाले क्यै छ्यौमा उस दलनमा तै परिनँ म ॥
१३
कहाँ कस्ले कस्तो किसिमसित कुल्चन्छ शिरमा
भनी डर्दै, तर्दै नयन बटुवाका पयरमा ।
म गन्थेँ बाटोमा निशिदिन कठै ! जीवन-घडी
मजा मानी बुन्थेँ मलिन मुखमा जाल मकडी ॥
१४
जसै बल्झे माखा, मसक बिचरा जाल-बिचमा
अनी कालो कालोपम शठ शिकारी नगिचमा ।
पुगी दाह्रा धस्थ्यो रगत सब चुस्थ्यो तननन
म आँखा चिम्लन्थेँ सहन नशकी त्यो शठपन ॥
१५
कठै! यस्तै यस्ता धरणितल नै नर्क गह्रुका
गरी फिर्ने पापी कुटिल कपटी जीवहरुका ।
तमासाले गर्दा मन विकलतासाथ चिरियो
विधाताको लीलावश पयर विस्तार थिरियो ॥