Page:Prometheus.pdf/50: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जंगली जन-समूहउपर लर्बराउँथ्यो, | |||
पबन-प्रहारित मन्द-व्यूह, व्यूह, खंड, खंड, | |||
जस्तो बादलमा देखिन्छन् साउन मासमा । | |||
त्यो बाफको लहरीदार पारावार, वेधित | |||
रशि्मिहरूले, रंगियो प्रथमवार । इृन्द्रेणी, | |||
जल-बँद सावलंब रुख्ल्की सप्तरागिणी, | |||
दोब्बर, तेब्बर लचकमा, अन्तरिक्ष-संगार, | |||
अनि संवरद्धनशील करले कराकरले | |||
लागे फाँड्न त्यसको घन कलेवर; खितर | |||
बितर भयो पछि सपना झैँ त्यो करवार । | |||
{{pcn|(२४)}} | |||
अनि देखे चर्म्मवतन भू-कमि मानवले | |||
सभय, महादेवको महत्त्वसूचक स्वरूप, | |||
छायाहीन, अजङका टाइटन्, विशालबाहु, | |||
अग्ला, गोरा, सुपुष्टवक्ष, निपुलेक्षण, | |||
निर्मल चेहरा, शारढीय आकाश-सदुश, | |||
शंकाहीन, अभयप्रशान्त, प्रगाढ करुण, | |||
महापर्वतको गंभीर मुहारतुल्य ! सम्च्च | |||
यत्ति थिए उती मानवबाट, जत्ति पहाड । | |||
सजिलो श्रेष्ठताले शीघ उनी आए सदय | |||
नरहरूसामु, तर नरहरू भयभीत बने, | |||
जस्तो अविकसित जीबउपर पर्दछ | |||
विचित्र त्रास विकसितको-- एक छायासरि, | |||
दुस्साहसित पारी तित्रको चेहरा सामान्य । | |||
कोही भागिहाले अधोधरा अन्धकारमा; | |||
कोही चढे रूख; कोही राडीपछाडि लुके । | |||
"को आयो ? को आयो ? के आयो ?" को कोलाहल थियो | |||
अगाडि जो, सुदूर हुँदा आगन्तुक, अन भो जन्द ! | |||
अनि एक दुई महानायक ठहरिएका, | |||
अडबज्जग त्यस बेलाका, हेर्न थाले लुकी, | |||
करिविपुल कल्पचिर प्रस्तरको पीठ | |||
पछाडिबाट, दुकद्क मुटु, च्याती चाक्षष | |||
परीक्षक स्नायुग्रन्थि ! मुखरेखा-बविकत ! | |||
"को आयो पो ? को आयो ? किन आयो ? कहाँबाट ?" | |||
मुटुको ढुकढुकले रुन् सन् शीघ प्रश्नले सोध्यो, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:52, 6 June 2025
जंगली जन-समूहउपर लर्बराउँथ्यो,
पबन-प्रहारित मन्द-व्यूह, व्यूह, खंड, खंड,
जस्तो बादलमा देखिन्छन् साउन मासमा ।
त्यो बाफको लहरीदार पारावार, वेधित
रशि्मिहरूले, रंगियो प्रथमवार । इृन्द्रेणी,
जल-बँद सावलंब रुख्ल्की सप्तरागिणी,
दोब्बर, तेब्बर लचकमा, अन्तरिक्ष-संगार,
अनि संवरद्धनशील करले कराकरले
लागे फाँड्न त्यसको घन कलेवर; खितर
बितर भयो पछि सपना झैँ त्यो करवार ।
(२४)
अनि देखे चर्म्मवतन भू-कमि मानवले
सभय, महादेवको महत्त्वसूचक स्वरूप,
छायाहीन, अजङका टाइटन्, विशालबाहु,
अग्ला, गोरा, सुपुष्टवक्ष, निपुलेक्षण,
निर्मल चेहरा, शारढीय आकाश-सदुश,
शंकाहीन, अभयप्रशान्त, प्रगाढ करुण,
महापर्वतको गंभीर मुहारतुल्य ! सम्च्च
यत्ति थिए उती मानवबाट, जत्ति पहाड ।
सजिलो श्रेष्ठताले शीघ उनी आए सदय
नरहरूसामु, तर नरहरू भयभीत बने,
जस्तो अविकसित जीबउपर पर्दछ
विचित्र त्रास विकसितको-- एक छायासरि,
दुस्साहसित पारी तित्रको चेहरा सामान्य ।
कोही भागिहाले अधोधरा अन्धकारमा;
कोही चढे रूख; कोही राडीपछाडि लुके ।
"को आयो ? को आयो ? के आयो ?" को कोलाहल थियो
अगाडि जो, सुदूर हुँदा आगन्तुक, अन भो जन्द !
अनि एक दुई महानायक ठहरिएका,
अडबज्जग त्यस बेलाका, हेर्न थाले लुकी,
करिविपुल कल्पचिर प्रस्तरको पीठ
पछाडिबाट, दुकद्क मुटु, च्याती चाक्षष
परीक्षक स्नायुग्रन्थि ! मुखरेखा-बविकत !
"को आयो पो ? को आयो ? किन आयो ? कहाँबाट ?"
मुटुको ढुकढुकले रुन् सन् शीघ प्रश्नले सोध्यो,