Jump to content

Page:Tarun tapasi.pdf/50: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
::परी भागीहाले विगह बिचरा दूर वनमा ।
::परी भागीहाले विगह बिचरा दूर वनमा ।
बिझयो काँढो जस्तै कठिन घटना त्यो नयनमा
बिझयो काँढो जस्तै कठिन घटना त्यो नयनमा
::घृणा ज्यादा लाग्यो मनुजमतिको त्यो पतनमा ॥
::घृणा ज्यादा लाग्यो मनुज-मतिको त्यो पतनमा ॥


{{pcn|४}}
{{pcn|४}}
चरीले छादेको फगत दुइ थोपा रगतमा
चरीले छादेको फगत दुइ थोपा रगतमा
::डुबेकी नै देखें सकल पृथिवी त्यो बखतमा ।
::डुबेकी नै देखेँ सकल पृथिवी त्यो बखतमा ।
दिशा देखें मैला, वरपरि सबै शैल धमिला
दिशा देखेँ मैला, वरपरि सबै शैल धमिला
::नदी देखें काली शिव शिव उनै पुण्यसलिला
::नदी देखें काली शिव शिव ! उनै पुण्य-सलिला


{{pcn|५}}
{{pcn|५}}
यती चाँडै मेरो किन कसरि आँखा धमिलियो ?
यती चाँडै मेरो किन कसरि आँखा धमिलियो ?
::तमासा यो क्या हो ? भुवन किन मैलो सब भयो ?
::तमासा यो क्या हो ? भुवन किन मैलो सब भयो ?
भनी हेर्दा हेर्दै वर पर कठै विश्वभरमा
भनी हेर्दा हेर्दै वर पर कठै ! विश्वभरमा
::उही देखें कालो कुरुचि भरियेको इथरमा ॥
::उही देखेँ कालो कुरुचि भरियेको इथरमा ॥


{{pcn|६}}
{{pcn|६}}
अहो यस्तो कालो विकट परहिंसाकुरुचिले
अहो ! यस्तो कालो विकट परहिंसा-कुरुचिले
::बिगारेको वातावरण कुन दैवी सुरुचिले ?
::बिगारेको वातावरण कुन दैवी सुरुचिले ?
सफा होला भन्ने लिइकन ठुलो तर्क मनमा
सफा होला भन्ने लिइकन ठुलो तर्क मनमा
::म एक्लै झोक्रायें नयन युग चिम्ली विजनमा ॥
::म एक्लै झोक्रायेँ नयन युग चिम्ली विजनमा ॥


{{pcn|७}}
{{pcn|७}}
उडेंछू त्यै वेला चपलगति सङ्कल्परथमा
उडेंछू त्यै वेला चपलगति सङ्कल्प-रथमा
::चढी ज्यादा माथी गगनबिच वा शून्य पथमा ।
::चढी ज्यादा माथी गगनबिच वा शून्य पथमा ।
त्यहाँ खेल्दा खेल्दै मयल अथवा दोष मनको
त्यहाँ खेल्दा खेल्दै मयल अथवा दोष मनको
Line 32: Line 32:


{{pcn|८}}
{{pcn|८}}
मजा मानी नीलो नभजलधिमा निर्भय बुडी
मजा मानी नीलो नभ-जलधिमा निर्भय बुडी
::घुमी पौडी खेलें, प्रणयसित यद्वा लडिबुडी
::घुमी पौडी खेलेँ, प्रणयसित यद्वा लडिबुडी
सुनें त्यै वेलामा अगम रसिला लाखन कुरा
सुनेँ त्यै वेलामा अगम रसिला लाखन कुरा
::खुशीको बल्लीमा पटपट फुटे पट्ट मुजुरा ॥
::खुशीको बल्लीमा पटपट फुटे पट्ट मुजुरा ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 19:09, 5 June 2025

This page has been proofread


म ठिङ्गा, त्यो नङ्गा पथ, वधिकको त्रास मनमा
परी भागीहाले विगह बिचरा दूर वनमा ।
बिझयो काँढो जस्तै कठिन घटना त्यो नयनमा
घृणा ज्यादा लाग्यो मनुज-मतिको त्यो पतनमा ॥


चरीले छादेको फगत दुइ थोपा रगतमा
डुबेकी नै देखेँ सकल पृथिवी त्यो बखतमा ।
दिशा देखेँ मैला, वरपरि सबै शैल धमिला
नदी देखें काली शिव शिव ! उनै पुण्य-सलिला ॥


यती चाँडै मेरो किन कसरि आँखा धमिलियो ?
तमासा यो क्या हो ? भुवन किन मैलो सब भयो ?
भनी हेर्दा हेर्दै वर पर कठै ! विश्वभरमा
उही देखेँ कालो कुरुचि भरियेको इथरमा ॥


अहो ! यस्तो कालो विकट परहिंसा-कुरुचिले
बिगारेको वातावरण कुन दैवी सुरुचिले ?
सफा होला भन्ने लिइकन ठुलो तर्क मनमा
म एक्लै झोक्रायेँ नयन युग चिम्ली विजनमा ॥


उडेंछू त्यै वेला चपलगति सङ्कल्प-रथमा
चढी ज्यादा माथी गगनबिच वा शून्य पथमा ।
त्यहाँ खेल्दा खेल्दै मयल अथवा दोष मनको
गयो गल्दै गल्दै, स्थिति अगम झल्क्यो भुवनको ॥


मजा मानी नीलो नभ-जलधिमा निर्भय बुडी
घुमी पौडी खेलेँ, प्रणयसित यद्वा लडिबुडी
सुनेँ त्यै वेलामा अगम रसिला लाखन कुरा
खुशीको बल्लीमा पटपट फुटे पट्ट मुजुरा ॥