Jump to content

Page:Tarun tapasi.pdf/40: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|१५}}
{{pcn|१५}}
कुनै कालो चिल्लो घनसम जटामण्डल घना
कुनै कालो चिल्लो घन-सम जटामण्डल घना
::पुग्यो माथी, भैगो सफल सब सङ्कल्पसपना
::पुग्यो माथी, भैगो सफल सब सङ्कल्प-सपना
फुक्यो छाती, लम्बा प्रबल भुजको मण्डलमनि
फुक्यो छाती, लम्बा प्रबल भुजको मण्डलमनि
::सुखैमा बित्ने भो पथिकहरुको दीर्घ रजनी ॥
::सुखैमा बित्ने भो पथिकहरुको दीर्घ रजनी ॥
Line 11: Line 11:
::दियो निम्ता, डाक्यो चपल चिडिया लाखन थरी ।
::दियो निम्ता, डाक्यो चपल चिडिया लाखन थरी ।
जटाको टुप्पामा अभयसित बोल्दा तिनिहरू
जटाको टुप्पामा अभयसित बोल्दा तिनिहरू
::म भन्थें यै सारा विहगकुल हो किन्नरगुरु
::म भन्थेँ यै सारा विहग-कुल हो किन्नर-गुरु


{{pcn|१७}}
{{pcn|१७}}
म द्यौता, त्यो चौकी विधिविहित देवालय सरी
म द्यौता, त्यो चौकी विधि-विहित देवालय सरी
::पुजारी भै बस्थे चपल चिडिया लाखन थरी ।
::पुजारी भै बस्थे चपल चिडिया लाखन थरी ।
थियो तिन्को पूजाविधि ललित लीलारसमय
थियो तिन्को पूजाविधि ललित लीला-रसमय
::म दिन्थें पूजाको फल अतुल विश्रान्ति, अभय ॥
::म दिन्थेँ पूजाको फल अतुल विश्रान्ति, अभय ॥


{{pcn|१८}}
{{pcn|१८}}
तिनै मेरा प्यारा अतिथि, रसिला बान्धव तिनै
तिनै मेरा प्यारा अतिथि, रसिला बान्धव तिनै
::तिनै सारा सच्चा सहचर, छिमेकी पनि तिनै ।
::तिनै सारा सच्चा सहचर, छिमेकी पनि तिनै ।
तिनैलाई ठान्थें परिजन तथा जीवन पनि
तिनैलाई ठान्थेँ परिजन तथा जीवन पनि
::तिनै मिल्दा बन्थें भुवनभर सर्वोत्तम धनी ॥
::तिनै मिल्दा बन्थेँ भुवनभर सर्वोत्तम धनी ॥


{{pcn|१९}}
{{pcn|१९}}
पखेटाको हम्को, स्वरमधुरिमा कण्ठतटको
पखेटाको हम्को, स्वर-मधुरिमा कण्ठतटको
::हलुङ्गो नङ्ग्राको पकड, ठुँग त्यो चञ्चुपुटको ।
::हलुङ्गो नङ्ग्राको पकड, ठुँग त्यो चञ्चुपुटको ।
मुटू छेड्दै जाने छनक, छवि, सङ्गीत, नचरी
मुटू छेड्दै जाने छनक, छवि, सङ्गीत, नचरी
::म सम्झन्थें सारा मधुर परमाऽऽनन्दलहरी
::म सम्झन्थेँ सारा मधुर परमाऽऽनन्द-लहरी


{{pcn|२०}}
{{pcn|२०}}
Line 35: Line 35:
::स्वयं वर्षायेका अमर नगरीका फुल सरी ।
::स्वयं वर्षायेका अमर नगरीका फुल सरी ।
थिये सारा प्यारा विहग, तर ती भुर्र सहसा
थिये सारा प्यारा विहग, तर ती भुर्र सहसा
::उडीजाँदा देख्थें किन किन अँध्यारा दश दिशा ॥
::उडी-जाँदा देख्थेँ किन किन अँध्यारा दश दिशा ॥


</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 18:42, 5 June 2025

This page has been proofread

१५
कुनै कालो चिल्लो घन-सम जटामण्डल घना
पुग्यो माथी, भैगो सफल सब सङ्कल्प-सपना ।
फुक्यो छाती, लम्बा प्रबल भुजको मण्डलमनि
सुखैमा बित्ने भो पथिकहरुको दीर्घ रजनी ॥

१६
भरीलो त्यै बढ्दो रुचिर रुचिले आदर गरी
दियो निम्ता, डाक्यो चपल चिडिया लाखन थरी ।
जटाको टुप्पामा अभयसित बोल्दा तिनिहरू
म भन्थेँ यै सारा विहग-कुल हो किन्नर-गुरु ॥

१७
म द्यौता, त्यो चौकी विधि-विहित देवालय सरी
पुजारी भै बस्थे चपल चिडिया लाखन थरी ।
थियो तिन्को पूजाविधि ललित लीला-रसमय
म दिन्थेँ पूजाको फल अतुल विश्रान्ति, अभय ॥

१८
तिनै मेरा प्यारा अतिथि, रसिला बान्धव तिनै
तिनै सारा सच्चा सहचर, छिमेकी पनि तिनै ।
तिनैलाई ठान्थेँ परिजन तथा जीवन पनि
तिनै मिल्दा बन्थेँ भुवनभर सर्वोत्तम धनी ॥

१९
पखेटाको हम्को, स्वर-मधुरिमा कण्ठतटको
हलुङ्गो नङ्ग्राको पकड, ठुँग त्यो चञ्चुपुटको ।
मुटू छेड्दै जाने छनक, छवि, सङ्गीत, नचरी
म सम्झन्थेँ सारा मधुर परमाऽऽनन्द-लहरी ॥

२०
विधाताले मेरा उपर करुणाको वश परी
स्वयं वर्षायेका अमर नगरीका फुल सरी ।
थिये सारा प्यारा विहग, तर ती भुर्र सहसा
उडी-जाँदा देख्थेँ किन किन अँध्यारा दश दिशा ॥