Page:Kavi bhanubhaktako jivancharitra.pdf/21: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 29: | Line 29: | ||
ख्वामितृलाइ चढाउनाकन अहाँ क्यै श्लोक कवीता गरयाँ । | ख्वामितृलाइ चढाउनाकन अहाँ क्यै श्लोक कवीता गरयाँ । | ||
मेरा श्लोक सुनिबक्सियोस्त रगडा छीनिन्छ पाङ पर्याँ<ref>यस् श्लोक पछि अरू श्लोक बीचमा छुटेका छन् पाइयाका छैनन् ।</ref> ॥१॥ | मेरा श्लोक सुनिबक्सियोस्त रगडा छीनिन्छ पाङ पर्याँ<ref>यस् श्लोक पछि अरू श्लोक बीचमा छुटेका छन् पाइयाका छैनन् ।</ref> ॥१॥ | ||
< | </b></poem></blockquote> | ||
{{nop}} | {{nop}} |
Revision as of 10:17, 2 June 2025
तरबार कटार खुँडा खुक्री ।
पिसतोल र बन्दुक सम्म भिरी ॥
अति श्र र वीर भरी नगरी ।
छ त कुन्सरि कान्तिपुरी नगरी ॥४॥
रिस राग कपट छल छैन जहाँ ।
तव धर्म कती छ कती छ अहाँ ॥
पशुका पति छन् र्खवारि गरी ।
शिवकी प्रि कान्तिप॒री नगरी ॥५॥
कवि भानुभक्तजीको डेरा लगनूटोलमा धर्मदत्त ज्योतिषीका घरमा भयो । पछिसम्म पनि कवि भानुभक्तको सहवास इनै धर्मदत्त सुब्बासित धेरै भयो, जो हाल मखन्टोलामा अञ्तक् छँदै छन् । धर्मदत्त सुब्बा ज्योतिषीद्वारा इन्को जग्गाको झगरा पनि छिनियो, जस्को बयान् पो छ
रम्घामा कवि भानुभक्तको एक् जग्गा थियो, तेसै खेत्को साँध एक् गिरिधारी भाटका खेत्सित थियो । ई दुवै खेत्का बीचमा एक खोलो थियो । अकस्मात् एक् वर्ष खोलाले भानुभक्तको खेत् खाइदियो । गिरिधारी भाटले बगर आवादी गर्यो । तिनूताकका ऐनबमोजिम् गिरिधारीको भोग् पाको हो, पछि ४५ वर्षपछि तेसै खोलाले भानुभक्तको जग्गामा बगर छाडी फेरि भाटको खेत् बेहिसाब् मिच्यो र भानुभक्तले ऐनबमोजिम् खोलाले छाडेको बंगर १४ वर्ष आनादी गरी भोग् गर्दा भाटले मेरो जग्गा मिची भानुभक्तले भोग् गर्यो भनी बादी हाल्दा भानुभक्तले इजहार दियेका श्लोक-
घ्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो सेल्पनि ।
घस्का झैल उतार्नलाइ सजिलो यो हो व्यहोरा भनी ॥
ख्वामितृलाइ चढाउनाकन अहाँ क्यै श्लोक कवीता गरयाँ ।
मेरा श्लोक सुनिबक्सियोस्त रगडा छीनिन्छ पाङ पर्याँ[1] ॥१॥
- ↑ यस् श्लोक पछि अरू श्लोक बीचमा छुटेका छन् पाइयाका छैनन् ।