Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/15: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
धनञ्जयजीका एके पुत्र हुनाले बडा यत्नसाथ पालन पोषण गरी
ई छोरा भानुभक्तलाई जन पढ्न सकने उमेरका भये श्रीकृष्णका तालीममा
राखी दिये; १८ वर्षका अवस्थामा लेख्नपढ्मा हुसियार्‌ भये । विद्याको रस्‌
पाई मग्न भयाका भानुभम्तको चित्तको प्रसन्नताको बयान्‌ को गरोस्‌ ।
बिक्रमी सम्वत्‌ १८९१ सालमा भानुभक्त एक दिन्‌ हाग खान भनी यसै
डुल्‌दा डुल्‌दा एक नदीका तीरमा पुगेछन्‌ । पहाडको खोच्‌ तहाँ परेको
हुनाले र ई भानुभक्त पनि घाममा हिँडेर तहाँ शीतल्‌ जग्गामा पुगेका
हुनाले नदीका किनारमा एक ठूलो ढुंगो रहेछ: तेस्माथि पल्टेछन्‌ ।
हिँड्दा साह्रै थकाइ लागेको हनाले, मलयाचलको वायुसमान हावा मन्द
मन्द चलेको हुनाले, मधुर मधुर मनहरा चराका बोली सुन्नाले बडो
आनन्द पाई तहीं भानुभक्तका आँखा लागेछन्‌ । अन्दाजी दुई घडी
सुतेपछि फेरि निद्राबाट जागा भै बस्ता ती सुतेकै ढुंगानेर एक घाँसी
बराबर घाँस्‌ काट्न लागेको रहेछ र भानुभक्तले तेस्‌ घाँसीलाई कहाँको
होस्‌ ?' भनी सोधे र घाँसीले भन्यो 'नानी बाजे, मेरो घर अहाँबाट दुई
कोस्‌मा छ । म घाँसी हुँ, भरजन्म यसै घाँस्‌मा बिते । यसेरी घाँस्‌ काटी
डोकामा हाली गाउँतिर लैजान्‌छु र दुई आना तीन आना जति मिल्छ
उतिमा यो घाँस्‌को भारी बेची रातिमा घर जान्छु; मेरा एक स्वास्नी छ
छोरा २ टा छन्‌ । तिनीहरू पनि घाँसै काटी भाग्य अन्सारको कमाई
आजको आज भोलिको भो (लि) निर्वाह गरी रयेका छन्‌ । यति वर्ष त
बिताजे अब आगे जसो होला' यस्ता पूरा दरिद्रीको हाल भानुभक्तजीले
सुनी मनमा बडो खेद मानी फेरि तेस्‌ घाँसीलाई सोधे, 'ए घाँसी दाइ,
उसो भये तिम्रा पासमा क्यै धन्‌ छैन ?' घाँपीले भन्यो 'बाब नानी ! धन्‌
पासमा भयेर गर्नु के ? खानपिनसम्मको खर्च टार्न सक्ने जति धन्‌
जुरेदेखि प॒गेन ? त्यति म सधैं कमाइहाल्छु बरु क्यै २४ पैसा गरी
जम्मा गरेको पनि यौटा कवा खनाउदा खर्च भै सक्यो । आफै बिचार्‌
गरन नानी, घरमा थैलीका रूपिज्जा कहायेर सित्तिमा ढुंढी पार्नु के काम,
{{nop}}

Revision as of 19:18, 1 June 2025

This page has not been proofread

धनञ्जयजीका एके पुत्र हुनाले बडा यत्नसाथ पालन पोषण गरी ई छोरा भानुभक्तलाई जन पढ्न सकने उमेरका भये श्रीकृष्णका तालीममा राखी दिये; १८ वर्षका अवस्थामा लेख्नपढ्मा हुसियार्‌ भये । विद्याको रस्‌ पाई मग्न भयाका भानुभम्तको चित्तको प्रसन्नताको बयान्‌ को गरोस्‌ । बिक्रमी सम्वत्‌ १८९१ सालमा भानुभक्त एक दिन्‌ हाग खान भनी यसै डुल्‌दा डुल्‌दा एक नदीका तीरमा पुगेछन्‌ । पहाडको खोच्‌ तहाँ परेको हुनाले र ई भानुभक्त पनि घाममा हिँडेर तहाँ शीतल्‌ जग्गामा पुगेका हुनाले नदीका किनारमा एक ठूलो ढुंगो रहेछ: तेस्माथि पल्टेछन्‌ । हिँड्दा साह्रै थकाइ लागेको हनाले, मलयाचलको वायुसमान हावा मन्द मन्द चलेको हुनाले, मधुर मधुर मनहरा चराका बोली सुन्नाले बडो आनन्द पाई तहीं भानुभक्तका आँखा लागेछन्‌ । अन्दाजी दुई घडी सुतेपछि फेरि निद्राबाट जागा भै बस्ता ती सुतेकै ढुंगानेर एक घाँसी बराबर घाँस्‌ काट्न लागेको रहेछ र भानुभक्तले तेस्‌ घाँसीलाई कहाँको होस्‌ ?' भनी सोधे र घाँसीले भन्यो 'नानी बाजे, मेरो घर अहाँबाट दुई कोस्‌मा छ । म घाँसी हुँ, भरजन्म यसै घाँस्‌मा बिते । यसेरी घाँस्‌ काटी डोकामा हाली गाउँतिर लैजान्‌छु र दुई आना तीन आना जति मिल्छ उतिमा यो घाँस्‌को भारी बेची रातिमा घर जान्छु; मेरा एक स्वास्नी छ छोरा २ टा छन्‌ । तिनीहरू पनि घाँसै काटी भाग्य अन्सारको कमाई आजको आज भोलिको भो (लि) निर्वाह गरी रयेका छन्‌ । यति वर्ष त बिताजे अब आगे जसो होला' यस्ता पूरा दरिद्रीको हाल भानुभक्तजीले सुनी मनमा बडो खेद मानी फेरि तेस्‌ घाँसीलाई सोधे, 'ए घाँसी दाइ, उसो भये तिम्रा पासमा क्यै धन्‌ छैन ?' घाँपीले भन्यो 'बाब नानी ! धन्‌ पासमा भयेर गर्नु के ? खानपिनसम्मको खर्च टार्न सक्ने जति धन्‌ जुरेदेखि प॒गेन ? त्यति म सधैं कमाइहाल्छु बरु क्यै २४ पैसा गरी जम्मा गरेको पनि यौटा कवा खनाउदा खर्च भै सक्यो । आफै बिचार्‌ गरन नानी, घरमा थैलीका रूपिज्जा कहायेर सित्तिमा ढुंढी पार्नु के काम,