Page:Shakuntala.pdf/369: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
खुल्छन् कुनै वसनमा सब रङ्गका नै । | खुल्छन् कुनै वसनमा सब रङ्गका नै । | ||
::छन् | ::छन् चन्द्रलाइ महिमा धन कृष्णरङ्ग ॥ | ||
ती दुःखलाइ पनि चारु | ती दुःखलाइ पनि चारु सिँगार पारी । | ||
::भज्थिन् टिपी | ::भज्थिन् टिपी कुसुम बिर्सिदिने मुरारि ॥ | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
चाञ्चल्य-शून्य अघिको छरितोपना नै । | चाञ्चल्य-शून्य अघिको छरितोपना नै । | ||
::नाला बनी | ::नाला बनी अब नदी गहिरीपनाले ॥ | ||
ती नृत्य भाव तटमा | ती नृत्य भाव तटमा अब चट्ट बाँधी । | ||
::लिन्थ्यो गभीर गति स्वर्ग लिने | ::लिन्थ्यो गभीर गति स्वर्ग लिने रँगाई ॥ | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
जानेर दुःख-सुख केवल हो परीक्षा । | जानेर दुःख-सुख केवल हो परीक्षा । | ||
::भन्ने, लिएर | ::भन्ने, लिएर ऋषिको अति दिव्य शिक्षा ॥ | ||
श्रीकृष्णको भजनमा मन पूर्ण लाई । | श्रीकृष्णको भजनमा मन पूर्ण लाई । | ||
::स्वामी उनैकन | ::स्वामी उनैकन बुझी रहँदी यहाँ यी ॥ | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
त्यो चोट भित्र दिलको कहिले उठेर । | त्यो चोट भित्र दिलको कहिले उठेर । | ||
:: | ::बिझ्थ्यो चसक्क दिल सत्वर पग्लिएर ॥ | ||
रुन्थ्यो वसन्त वनमा, | रुन्थ्यो वसन्त वनमा, जब कोइलीले । | ||
::'को हो' भनेर नचिनेसरि बोलिदिन्थ्यो | ::'को हो' भनेर नचिनेसरि बोलिदिन्थ्यो ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
ती आज पुष्पवनमा नहुँदी विषाद । | ती आज पुष्पवनमा नहुँदी विषाद । | ||
::यौटा झलक्क मनमा परबाट याद | ::यौटा झलक्क मनमा परबाट याद ॥ | ||
चम्केर, चारु वनको हरियो विवाह । | चम्केर, चारु वनको हरियो विवाह । | ||
::आँखा रसाउन तयार थिइन् अथाह | ::आँखा रसाउन तयार थिइन् अथाह ॥ | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
बेला यही सखि कुनै दगुरेर आई । | बेला यही सखि कुनै दगुरेर आई । | ||
::"दुष्यन्तको | ::"दुष्यन्तको अब सवारि भयो, मलाई ॥ | ||
के के दिने ? अब | के के दिने ? अब कबूल नबिर्स नानी ! | ||
::बन्दा समस्त पृथिवीकन एक रानी ॥" | ::बन्दा समस्त पृथिवीकन एक रानी ॥" | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:52, 1 June 2025
खुल्छन् कुनै वसनमा सब रङ्गका नै ।
छन् चन्द्रलाइ महिमा धन कृष्णरङ्ग ॥
ती दुःखलाइ पनि चारु सिँगार पारी ।
भज्थिन् टिपी कुसुम बिर्सिदिने मुरारि ॥
(३५)
चाञ्चल्य-शून्य अघिको छरितोपना नै ।
नाला बनी अब नदी गहिरीपनाले ॥
ती नृत्य भाव तटमा अब चट्ट बाँधी ।
लिन्थ्यो गभीर गति स्वर्ग लिने रँगाई ॥
(३६)
जानेर दुःख-सुख केवल हो परीक्षा ।
भन्ने, लिएर ऋषिको अति दिव्य शिक्षा ॥
श्रीकृष्णको भजनमा मन पूर्ण लाई ।
स्वामी उनैकन बुझी रहँदी यहाँ यी ॥
(३७)
त्यो चोट भित्र दिलको कहिले उठेर ।
बिझ्थ्यो चसक्क दिल सत्वर पग्लिएर ॥
रुन्थ्यो वसन्त वनमा, जब कोइलीले ।
'को हो' भनेर नचिनेसरि बोलिदिन्थ्यो ॥
(३८)
ती आज पुष्पवनमा नहुँदी विषाद ।
यौटा झलक्क मनमा परबाट याद ॥
चम्केर, चारु वनको हरियो विवाह ।
आँखा रसाउन तयार थिइन् अथाह ॥
(३९)
बेला यही सखि कुनै दगुरेर आई ।
"दुष्यन्तको अब सवारि भयो, मलाई ॥
के के दिने ? अब कबूल नबिर्स नानी !
बन्दा समस्त पृथिवीकन एक रानी ॥"
(४०)