Jump to content

Page:Shakuntala.pdf/363: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{start center block}}
{{start center block}}
<poem>
<poem>
न्यानो कोमलता लिएर रविले फारेर हस्सूहरू
न्यानो कोमलता लिएर रविले फारेर हुस्सूहरू
::सेतो प्रोज्ज्वलता बनी झिलिमिली पार्थ कणाका तरु ॥
::सेतो प्रोज्ज्वलता बनी झिलिमिली पार्थे कणाका तरु ॥
हावा मन्द थियो वसन्त वनको शोभा हरा मग्मग ।
हावा मन्द थियो वसन्त वनको शोभा हरा मग्मग ।
::शीत श्वासित बाससाथ मनमा ब्यूँझाउँध्यो कल्पना ॥
::शीत श्वासित वाससाथ मनमा ब्यूँझाउँथ्यो कल्पना ॥
{{pcn|(१)}}
{{pcn|(१)}}


डुल्दै शीतल कञ्जमा प्रकृतिको बाटो घुमौरो लिई ।
डुल्दै शीतल कुञ्जमा प्रकृतिको बाटो घुमौरो लिई ।
::ओर्ले कश्यपका कृटीतिर तिनी बास्ना मजाको पिई ॥
::ओर्ले कश्यपका कुटीतिर तिनी बास्ना मजाको पिई ॥
हावा त्यो सुख झै सुशीतल सफा त्यो शान्तिको शासन ।
हावा त्यो सुख झैं सुशीतल सफा त्यो शान्तिको शासन ।
::पाई चित्त प्रसन्न भो नृपतिको देखी तपस्या-वन ॥
::पाई चित्त प्रसन्न भो नृपतिको देखी तपस्या-वन ॥
{{pcn|(२)}}
{{pcn|(२)}}


ओर्ले जान्छु भनेर कश्यपकहाँ त्यो जङ्गली राहमा ।
ओर्ले जान्छु भनेर कश्यपकहाँ त्यो जङ्गली राहमा ।
::पातै मग्मग वासका बह थिए हाँगा नयाँ आशमा ॥
::पातै मग्मग वासका बहु थिए हाँगा नयाँ आशमा ॥
पुछे जीव बिहानका गगनका गन्धर्व रङ्गीनका ।
पुछ्रे जीव बिहानका गगनका गन्धर्व रङ्गीनका ।
::मीठा शब्द थिए अनेक वनमा बोल्ने नयाँ पल्लव ॥
::मीठा शब्द थिए अनेक वनमा बोल्ने नयाँ पल्लव ॥
{{pcn|(३)}}
{{pcn|(३)}}


हाँगै चुर्बुरिने मृदु स्वरहरू जादू जगत्‌का सरि ।
हाँगै चुर्बुरिने मृदु स्वरहरू जादू जगत्‌का सरि ।
::नौला ढङ्ग मिठासले तरुभरी नन्धे रँगी छिर्निरी
::नौला ढङ्ग मिठासले तरुभरी बन्थे रँगी छिर्बिरी
मौनो फूल उडेसमान खगका बोल्थे पखेटाहरू ।
मानो फूल उडेसमान खगका बोल्थे पखेटाहरू ।
::गानाकी नव देशमा मृदु कुराका दिव्य जादूहरू ॥
::गानाकी नव देशमा मृदु कुराका दिव्य जादूहरू ॥
{{pcn|(४)}}
{{pcn|(४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 20:42, 31 May 2025

This page has been proofread
चतुर्विंशतितम सर्ग

न्यानो कोमलता लिएर रविले फारेर हुस्सूहरू ।
सेतो प्रोज्ज्वलता बनी झिलिमिली पार्थे कणाका तरु ॥
हावा मन्द थियो वसन्त वनको शोभा हरा मग्मग ।
शीत श्वासित वाससाथ मनमा ब्यूँझाउँथ्यो कल्पना ॥
(१)

डुल्दै शीतल कुञ्जमा प्रकृतिको बाटो घुमौरो लिई ।
ओर्ले कश्यपका कुटीतिर तिनी बास्ना मजाको पिई ॥
हावा त्यो सुख झैं सुशीतल सफा त्यो शान्तिको शासन ।
पाई चित्त प्रसन्न भो नृपतिको देखी तपस्या-वन ॥
(२)

ओर्ले जान्छु भनेर कश्यपकहाँ त्यो जङ्गली राहमा ।
पातै मग्मग वासका बहु थिए हाँगा नयाँ आशमा ॥
पुछ्रे जीव बिहानका गगनका गन्धर्व रङ्गीनका ।
मीठा शब्द थिए अनेक वनमा बोल्ने नयाँ पल्लव ॥
(३)

हाँगै चुर्बुरिने मृदु स्वरहरू जादू जगत्‌का सरि ।
नौला ढङ्ग मिठासले तरुभरी बन्थे रँगी छिर्बिरी ॥
मानो फूल उडेसमान खगका बोल्थे पखेटाहरू ।
गानाकी नव देशमा मृदु कुराका दिव्य जादूहरू ॥
(४)