Page:Shakuntala.pdf/332: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
हाम्रा राम्रा परीले | हाम्रा राम्रा परीले कुसुमहरु त्यहाँ फ्याँकिदिन्छन् सुगन्धी । | ||
:: | ::पाऊन् सङ्केत सत्को मिरमिर जगमा अल्पदर्शीहरूले ॥ | ||
भन्ने सम्झेर, हेरी तलतिर जनका बीचमा दिव्य बेला । | भन्ने सम्झेर, हेरी तलतिर जनका बीचमा दिव्य बेला । | ||
::आत्मा | ::आत्मा उक्लूँ भने झैं विमल हुन गई धप्किँदा कर्मभित्र ॥ | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
थोरै क्या भावनाले हरिपद भजिने ठाउँ देखेर हामी । | थोरै क्या भावनाले हरिपद भजिने ठाउँ देखेर हामी । | ||
::दोटै मैना उज्याला किसलय | ::दोटै मैना उज्याला किसलय कुसुमी पार्दछौं रश्मिभित्र ॥ | ||
मीठा | मीठा सन्देश भेजी रस, मधु हँसिला भाव-सङ्गीत साना । | ||
::आभासैले सबै ती अवनितिर पुगी फुल्दछन्, पल्लविन्छन् ॥ | ::आभासैले सबै ती अवनितिर पुगी फुल्दछन्, पल्लविन्छन् ॥ | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
त्यो | त्यो पृथ्वीलोक छोडी अलि उपर हुँदा रुन्छ पानीयलोक । | ||
::हेरीबक्स्योस् उज्यालो रँगबिरँग हुँदो बाफका | ::हेरीबक्स्योस् उज्यालो रँगबिरँग हुँदो बाफका वेश्मभित्र ॥ | ||
थोरै निस्कन्छ पृथ्वी नजरअघि यही | थोरै निस्कन्छ पृथ्वी नजरअघि यही रङ्गिचङ्गी बनेर । | ||
::जो | ::जो इन्द्रनी छ त्यो हो टक यस जगको बीच आकाशनेर ॥ | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
हुन्छन् बारी रँगीला | हुन्छन् बारी रँगीला कुसुमहरु हुने लाल सेना सुनौला । | ||
::टिप्छन् हीरा परीका मृदुल करहरू तिर्सनाको सुगन्ध ॥ | ::टिप्छन् हीरा परीका मृदुल करहरू तिर्सनाको सुगन्ध ॥ | ||
चाँडै नै | चाँडै नै रङ्ग उद्छन् तर अनि दिलमा बस्छ निर्मोहनीको । | ||
::कालो नीलोपना | ::कालो नीलोपना झैं मनमन तिनको लाग्छ रूँ रूँ नफुट्ने ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
खोज्छन् ती नित्य केही नवनव विषयी वासना | खोज्छन् ती नित्य केही नवनव विषयी वासना झैं मिहीन । | ||
::फुल्दै हाँस्दै रँगाई वदन तरलतासाथ लाली दिएर ॥ | ::फुल्दै हाँस्दै रँगाई वदन तरलतासाथ लाली दिएर ॥ | ||
योगैको सिर्जनाले वरपर | योगैको सिर्जनाले वरपर सृजनासाथ गर्दा पुकारा । | ||
:: | ::माग्छन् ती भोग राम्रा क्षणक्षण सुखका भोग्न गर्दा इशारा ॥ | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
हावाको लोक यै हो तर पवन पनि प्राप्त तीन प्रकार । | हावाको लोक यै हो तर पवन पनि प्राप्त तीन प्रकार । | ||
::यौटा निक्कै अँध्यारो रवि-किरण | ::यौटा निक्कै अँध्यारो रवि-किरण हुने मन्द आनन्द धीमा ॥ | ||
काला ठूला गुफा छन् यसभर गहिरा आँखिका गुप्तवास ! | काला ठूला गुफा छन् यसभर गहिरा आँखिका गुप्तवास ! | ||
::छीटा छन् वेग घुम्छन् तरल पवनका वर्लिजाने | ::छीटा छन् वेग घुम्छन् तरल पवनका वर्लिजाने बिलौना ॥ | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:06, 30 May 2025
हाम्रा राम्रा परीले कुसुमहरु त्यहाँ फ्याँकिदिन्छन् सुगन्धी ।
पाऊन् सङ्केत सत्को मिरमिर जगमा अल्पदर्शीहरूले ॥
भन्ने सम्झेर, हेरी तलतिर जनका बीचमा दिव्य बेला ।
आत्मा उक्लूँ भने झैं विमल हुन गई धप्किँदा कर्मभित्र ॥
(३५)
थोरै क्या भावनाले हरिपद भजिने ठाउँ देखेर हामी ।
दोटै मैना उज्याला किसलय कुसुमी पार्दछौं रश्मिभित्र ॥
मीठा सन्देश भेजी रस, मधु हँसिला भाव-सङ्गीत साना ।
आभासैले सबै ती अवनितिर पुगी फुल्दछन्, पल्लविन्छन् ॥
(३६)
त्यो पृथ्वीलोक छोडी अलि उपर हुँदा रुन्छ पानीयलोक ।
हेरीबक्स्योस् उज्यालो रँगबिरँग हुँदो बाफका वेश्मभित्र ॥
थोरै निस्कन्छ पृथ्वी नजरअघि यही रङ्गिचङ्गी बनेर ।
जो इन्द्रनी छ त्यो हो टक यस जगको बीच आकाशनेर ॥
(३७)
हुन्छन् बारी रँगीला कुसुमहरु हुने लाल सेना सुनौला ।
टिप्छन् हीरा परीका मृदुल करहरू तिर्सनाको सुगन्ध ॥
चाँडै नै रङ्ग उद्छन् तर अनि दिलमा बस्छ निर्मोहनीको ।
कालो नीलोपना झैं मनमन तिनको लाग्छ रूँ रूँ नफुट्ने ॥
(३८)
खोज्छन् ती नित्य केही नवनव विषयी वासना झैं मिहीन ।
फुल्दै हाँस्दै रँगाई वदन तरलतासाथ लाली दिएर ॥
योगैको सिर्जनाले वरपर सृजनासाथ गर्दा पुकारा ।
माग्छन् ती भोग राम्रा क्षणक्षण सुखका भोग्न गर्दा इशारा ॥
(३९)
हावाको लोक यै हो तर पवन पनि प्राप्त तीन प्रकार ।
यौटा निक्कै अँध्यारो रवि-किरण हुने मन्द आनन्द धीमा ॥
काला ठूला गुफा छन् यसभर गहिरा आँखिका गुप्तवास !
छीटा छन् वेग घुम्छन् तरल पवनका वर्लिजाने बिलौना ॥
(४०)