Jump to content

Page:Tarun tapasi.pdf/20: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 8: Line 8:


{{pcn|७}}
{{pcn|७}}
बढी, बाँचौँ, भोगौँ विषयसुख राम्रोसित भनी
बढी, बाँचौँ, भोगौँ विषय-सुख राम्रोसित भनी
::तिमी जस्तो गर्छौ प्रबल रुचि, उस्तै अरु पनि ।
::तिमी जस्तो गर्छौ प्रबल रुचि, उस्तै अरु पनि ।
ठुलो को ? सानू को ? सम छ सबको जीवन-विधि
ठुलो को ? सानू को ? सम छ सबको जीवन-विधि
Line 15: Line 15:
{{pcn|८}}
{{pcn|८}}
अहन्ताको ठोक्तै घट घट विषे दिव्य तबला
अहन्ताको ठोक्तै घट घट विषे दिव्य तबला
::जगत्‌व्यापी एकै भुवनपतिको जीवन-कला ।
::जगद्‌व्यापी एकै भुवनपतिको जीवन-कला ।
भई भोगप्रेमी हरतरहले घुम्छ भवमा
भई भोगप्रेमी हरतरहले घुम्छ भवमा
::उसैको सत्ता हो अनुभव लिने भित्र सबमा ॥
::उसैको सत्ता हो अनुभव लिने भित्र सबमा ॥
Line 27: Line 27:
{{pcn|१०}}
{{pcn|१०}}
किरामा, पक्षीमा, नर, पशु, लता, वृक्षतकमा
किरामा, पक्षीमा, नर, पशु, लता, वृक्षतकमा
::अहो! एकैनासे परम चितिको दिव्य चकमा ।
::अहो ! एकैनासे परम चितिको दिव्य चकमा ।
फुरेको देख्दैछौ तदपि किन गर्छौ धरमर ?
फुरेको देख्दैछौ तदपि किन गर्छौ धरमर ?
::विवेक-ज्योत्स्नाले सकल धरणी शीतल गर ॥
::विवेक-ज्योत्स्नाले सकल धरणी शीतल गर ॥
Line 34: Line 34:
ठुलाले सानाका उपर करुणा दृष्टि नगरी
ठुलाले सानाका उपर करुणा दृष्टि नगरी
::जथाभावी चल्दा धरणि सब हुन्छिन् यमपुरी ।
::जथाभावी चल्दा धरणि सब हुन्छिन् यमपुरी ।
कलीलो यो मेरो वय छ, बटुवा हो! जनि गर
कलीलो यो मेरो वय छ, बटुवा हो ! जनि गर
::चलाऊ बिस्तारैसित नजरकै साथ पयर ॥
::चलाऊ बिस्तारैसित नजरकै साथ पयर ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 14:37, 30 May 2025

This page has been validated


ठुला साना प्राणी चतुर विधिका सन्तति सब
सबैको साझा हो प्रकृति गुणको भोग्य-विभव ।
सबै हाँसून् खेलून् सरल रसिलो जीवन धरी
धरालाई पारी प्रणय-रसले देव-नगरी ॥


बढी, बाँचौँ, भोगौँ विषय-सुख राम्रोसित भनी
तिमी जस्तो गर्छौ प्रबल रुचि, उस्तै अरु पनि ।
ठुलो को ? सानू को ? सम छ सबको जीवन-विधि
सबैलाई प्यारो विषय-सुखको यो जलनिधि ॥


अहन्ताको ठोक्तै घट घट विषे दिव्य तबला
जगद्‌व्यापी एकै भुवनपतिको जीवन-कला ।
भई भोगप्रेमी हरतरहले घुम्छ भवमा
उसैको सत्ता हो अनुभव लिने भित्र सबमा ॥


'दया' भन्ने एकै मधुरतम पीयूष-रसको
पिई प्याला मीठो अनुभव लिँदै भित्र उसको ।
यता विश्वप्रेमी बन मतलबी भाव नधर
उतालाई सोझै अमर-पदवी हासिल गर ॥

१०
किरामा, पक्षीमा, नर, पशु, लता, वृक्षतकमा
अहो ! एकैनासे परम चितिको दिव्य चकमा ।
फुरेको देख्दैछौ तदपि किन गर्छौ धरमर ?
विवेक-ज्योत्स्नाले सकल धरणी शीतल गर ॥

११
ठुलाले सानाका उपर करुणा दृष्टि नगरी
जथाभावी चल्दा धरणि सब हुन्छिन् यमपुरी ।
कलीलो यो मेरो वय छ, बटुवा हो ! जनि गर
चलाऊ बिस्तारैसित नजरकै साथ पयर ॥