Page:Shakuntala.pdf/327: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ठोक्रो ली लोहवाला मुखतिर सुनले पींध त्यस्तै जडेको । | |||
::प्वाँखे छन् चाप तीखा | ::प्वाँखे छन् चाप तीखा थरिथरि रँगका नोक नीचा परेको ॥ | ||
लामो बाङ्गो घुमेको असिअनुसरणी म्यान कालो जडाउ । | लामो बाङ्गो घुमेको असिअनुसरणी म्यान कालो जडाउ । | ||
::कापेली | ::कापेली बींड राम्रो कमरकन दिँदो क्या छ शोभा र भाउ ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
छातीका ब्यूढ | छातीका ब्यूढ ऊँचा रिपुभवनविषे दिव्य झैं अंशुमाली । | ||
::बाल्दा श्रीपेच जस्ता गिरिशिखर छुँदा लाल योद्धा बनेर ॥ | ::बाल्दा श्रीपेच जस्ता गिरिशिखर छुँदा लाल योद्धा बनेर ॥ | ||
फारी किल्ला अँध्यारा तिमिर अरिहरूको गिराएर रक्त । | फारी किल्ला अँध्यारा तिमिर अरिहरूको गिराएर रक्त । | ||
Line 14: | Line 14: | ||
दोटै बस्छन् उज्याला छविमय-रथमा दिव्य आकाश जाने । | दोटै बस्छन् उज्याला छविमय-रथमा दिव्य आकाश जाने । | ||
::राजा केही पछाडि प्रखरयश | ::राजा केही पछाडि प्रखरयश महातेजका वीरमूर्ति ॥ | ||
हाँक्नेचाहीं अघिल्ला, मुकटकन यसो केशकाला पछाडि । | हाँक्नेचाहीं अघिल्ला, मुकटकन यसो केशकाला पछाडि । | ||
::सारा हेर्छन्, उज्यालो जलदतिर चिरा चम्किएको | ::सारा हेर्छन्, उज्यालो जलदतिर चिरा चम्किएको झलक्क ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
यौटा पूजा गरेका छविमय बिजुलीले बनेतुल्य मूर्ति । | यौटा पूजा गरेका छविमय बिजुलीले बनेतुल्य मूर्ति । | ||
::ज्यूँदा जस्ता छरीता चलमलसितका जो भनूँ वेगदेव ॥ | ::ज्यूँदा जस्ता छरीता चलमलसितका जो भनूँ वेगदेव ॥ | ||
हाँसेका चित्र जस्ता उडुँउडुँ सँगका छन् पखेटा | हाँसेका चित्र जस्ता उडुँउडुँ सँगका छन् पखेटा फिँजारी । | ||
::राखेका यानमा त्यो स्तुतिपछि | ::राखेका यानमा त्यो स्तुतिपछि उडिगो यान ती धप्प बल्दा ॥ | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
पैह्ले फट्फट् पखेटा गगनपथ लिँदो चील जस्तो सजीव । | |||
:: | ::फर्फर् गर्दो भयो त्यो परतिर नभमा गान गाई अनौठा ॥ | ||
फन्का लामा लिएको वरपरतिरको दृश्यको झैं विलासी । | फन्का लामा लिएको वरपरतिरको दृश्यको झैं विलासी । | ||
::चढ्दै चढ्दै गयो त्यो उपरउपर नै चाल राम्रो लिएर ॥ | ::चढ्दै चढ्दै गयो त्यो उपरउपर नै चाल राम्रो लिएर ॥ | ||
Line 32: | Line 32: | ||
बस्ने अट्टालिकामा युवतिहरु परीतुल्य पारेर ठाँट । | बस्ने अट्टालिकामा युवतिहरु परीतुल्य पारेर ठाँट । | ||
::कोरेका केश | ::कोरेका केश स्यूँदा अरुणनयनका तेजिला बैंस शोभा ॥ | ||
फर्केका चारु आँखा हँसमुख चकिता वस्त्र राम्रा रँगीन । | फर्केका चारु आँखा हँसमुख चकिता वस्त्र राम्रा रँगीन । | ||
::कोही औला | ::कोही औला ठड्याई गगनतिर अरूलाइ देखाउँदा छन् ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:26, 30 May 2025
ठोक्रो ली लोहवाला मुखतिर सुनले पींध त्यस्तै जडेको ।
प्वाँखे छन् चाप तीखा थरिथरि रँगका नोक नीचा परेको ॥
लामो बाङ्गो घुमेको असिअनुसरणी म्यान कालो जडाउ ।
कापेली बींड राम्रो कमरकन दिँदो क्या छ शोभा र भाउ ॥
(५)
छातीका ब्यूढ ऊँचा रिपुभवनविषे दिव्य झैं अंशुमाली ।
बाल्दा श्रीपेच जस्ता गिरिशिखर छुँदा लाल योद्धा बनेर ॥
फारी किल्ला अँध्यारा तिमिर अरिहरूको गिराएर रक्त ।
सेता धप्धप् बलेका वदनसरि थिए वीर झैं ज्योतियुक्त ॥
(६)
दोटै बस्छन् उज्याला छविमय-रथमा दिव्य आकाश जाने ।
राजा केही पछाडि प्रखरयश महातेजका वीरमूर्ति ॥
हाँक्नेचाहीं अघिल्ला, मुकटकन यसो केशकाला पछाडि ।
सारा हेर्छन्, उज्यालो जलदतिर चिरा चम्किएको झलक्क ॥
(७)
यौटा पूजा गरेका छविमय बिजुलीले बनेतुल्य मूर्ति ।
ज्यूँदा जस्ता छरीता चलमलसितका जो भनूँ वेगदेव ॥
हाँसेका चित्र जस्ता उडुँउडुँ सँगका छन् पखेटा फिँजारी ।
राखेका यानमा त्यो स्तुतिपछि उडिगो यान ती धप्प बल्दा ॥
(८)
पैह्ले फट्फट् पखेटा गगनपथ लिँदो चील जस्तो सजीव ।
फर्फर् गर्दो भयो त्यो परतिर नभमा गान गाई अनौठा ॥
फन्का लामा लिएको वरपरतिरको दृश्यको झैं विलासी ।
चढ्दै चढ्दै गयो त्यो उपरउपर नै चाल राम्रो लिएर ॥
(९)
बस्ने अट्टालिकामा युवतिहरु परीतुल्य पारेर ठाँट ।
कोरेका केश स्यूँदा अरुणनयनका तेजिला बैंस शोभा ॥
फर्केका चारु आँखा हँसमुख चकिता वस्त्र राम्रा रँगीन ।
कोही औला ठड्याई गगनतिर अरूलाइ देखाउँदा छन् ॥
(१०)