Jump to content

Page:Tarun tapasi.pdf/29: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
म तेही लीलाले विकसित भयेकै समयमा
म तेही लीलाले विकसित भयेकै समयमा
::ठुलो शङ्का पारी चटुल चिडियाको हृदयमा ।
::ठुलो शङ्का पारी चटुल चिडियाको हृदयमा ।
कुनै चङ्गा आयें गगनबिच खेल्दै लडिबुडी
कुनै चङ्गा आयेँ गगन-बिच खेल्दै लडिबुडी
::थियो जस्को डुब्दो बहुत धमिलो जीवनघडी
::थियो जस्को डुब्दो बहुत धमिलो जीवन-घडी


{{pcn|२३}}
{{pcn|२३}}
हवामा बिस्तारै ढुलु र मुलु गर्दै तल झरी
हवामा बिस्तारै ढुलु र मुलु गर्दै तल झरी
::जटामा त्यो अल्झयो अलिछिन बन्यो लर्कन सरी ।
::जटामा त्यो अल्झयो अलिछिन बन्यो लर्कन सरी ।
उदेकाई थालें सरल मनले गम्न म पनि
उदेकाई थालेँ सरल मनले गम्न म पनि
::विधाताले टाँस्यो यसरि कुन विज्ञापन भनी ॥
::विधाताले टाँस्यो यसरि कुन विज्ञापन भनी ॥


Line 26: Line 26:


{{pcn|२६}}
{{pcn|२६}}
कहाँ त्यो चङ्गाको ललितगतिशोभा गगनको
कहाँ त्यो चङ्गाको ललित-गति-शोभा गगनको
::कहाँ त्यस्तो चाँडो विकट दुरवस्था पतनको
::कहाँ त्यस्तो चाँडो विकट दुरवस्था पतनको
विधाताले मानू क्षणिकतम उत्थानपतन
विधाताले मानू क्षणिकतम उत्थान-पतन
::क्रियाको झल्कायो झलक करुणासाथ मकन ॥
::क्रियाको झल्कायो झलक करुणासाथ मकन ॥


{{pcn|२७}}
{{pcn|२७}}
अहो हेर्दा हेर्दै अबुझ दुनियाँ लाखन थरी
अहो ! हेर्दा हेर्दै अबुझ दुनियाँ लाखन थरी
::मसीनू धागोमा कठिनसित गर्दै थिरिथिरी ।
::मसीनू धागोमा कठिनसित गर्दै थिरिथिरी ।
उही चङ्गा जस्तै छिनभर उडी बन्धन चुँडी
उही चङ्गा जस्तै छिनभर उडी बन्धन चुँडी
::बिलायेको देखें गगनबिच खेल्दै लडिबुडी ॥
::बिलायेको देखेँ गगनबिच खेल्दै लडिबुडी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 09:25, 30 May 2025

This page has been proofread

२२
म तेही लीलाले विकसित भयेकै समयमा
ठुलो शङ्का पारी चटुल चिडियाको हृदयमा ।
कुनै चङ्गा आयेँ गगन-बिच खेल्दै लडिबुडी
थियो जस्को डुब्दो बहुत धमिलो जीवन-घडी ॥

२३
हवामा बिस्तारै ढुलु र मुलु गर्दै तल झरी
जटामा त्यो अल्झयो अलिछिन बन्यो लर्कन सरी ।
उदेकाई थालेँ सरल मनले गम्न म पनि
विधाताले टाँस्यो यसरि कुन विज्ञापन भनी ॥

२४
जटामा त्यो त्यस्तो किसिमसित उल्टो मुख गरी
ढलेकै वेलामा विधिवश चल्यो आँधि र हुरी ।
त्यसैले त्यस्लाई हरकिसिमले जर्जर गर्यो
भयो टुक्रा टुक्रा, फतफत सबै त्यो तल झर्यो ॥

२५
थिये खाली दोटा करङ बिचराका, तिनि पनि
उडायो कौवाले लगिकन बनाऊँ गुँड भनी ।
जटामा अल्झेको फगत रिलधागो अलिकति
रह्यो बाँकी, त्यस्ले फनफन घुम्यो मस्तक अति ॥

२६
कहाँ त्यो चङ्गाको ललित-गति-शोभा गगनको
कहाँ त्यस्तो चाँडो विकट दुरवस्था पतनको
विधाताले मानू क्षणिकतम उत्थान-पतन
क्रियाको झल्कायो झलक करुणासाथ मकन ॥

२७
अहो ! हेर्दा हेर्दै अबुझ दुनियाँ लाखन थरी
मसीनू धागोमा कठिनसित गर्दै थिरिथिरी ।
उही चङ्गा जस्तै छिनभर उडी बन्धन चुँडी
बिलायेको देखेँ गगनबिच खेल्दै लडिबुडी ॥