Page:Tarun tapasi.pdf/27: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
नयाँ बढ्दो चढ्दो वय, मधुर पानी पवनको | नयाँ बढ्दो चढ्दो वय, मधुर पानी पवनको | ||
::सुबिस्ताको साथै धृति र बल उत्साह मनको । | ::सुबिस्ताको साथै धृति र बल उत्साह मनको । | ||
उपाधि-ज्वालाको प्रशम, सब यो सिद्धि-तरिका | |||
::जुट्यो, जस्ले गर्दा पिर सब | ::जुट्यो, जस्ले गर्दा पिर सब भुलेँ जन्मभरिका ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
हवाको, पानीको, | हवाको, पानीको, धरणि-जननीको रस-बल | ||
::लिँदै, प्यूँदै, गर्दै पल पल सबै अङ्ग सबल । | ::लिँदै, प्यूँदै, गर्दै पल पल सबै अङ्ग सबल । | ||
म त्यो चौबाटोमा अटल बलियो आसन कसी | म त्यो चौबाटोमा अटल बलियो आसन कसी | ||
:: | ::जमेँ, मेरो भित्री हृदय हुन थाल्यो अति खुशी ॥ | ||
{{pcn|१५}} | {{pcn|१५}} |
Revision as of 09:11, 30 May 2025
This page has been proofread
१३
नयाँ बढ्दो चढ्दो वय, मधुर पानी पवनको
सुबिस्ताको साथै धृति र बल उत्साह मनको ।
उपाधि-ज्वालाको प्रशम, सब यो सिद्धि-तरिका
जुट्यो, जस्ले गर्दा पिर सब भुलेँ जन्मभरिका ॥
१४
हवाको, पानीको, धरणि-जननीको रस-बल
लिँदै, प्यूँदै, गर्दै पल पल सबै अङ्ग सबल ।
म त्यो चौबाटोमा अटल बलियो आसन कसी
जमेँ, मेरो भित्री हृदय हुन थाल्यो अति खुशी ॥
१५
थियो मानू मेरो उस बखतको भाग्य हँसिलो
बहन्थ्यो चौतर्फी चमचम सफा कान्ति रसिलो ।
चरा तेही मेरो मधुर मुहुनीको वश परी
परी जस्तै झर्थे प्रणयसित गर्दै चिरिचिरी ॥