Page:Shakuntala.pdf/294: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
आफ्नै खोजसमक्ष भै | आफ्नै खोजसमक्ष भै नबुझिने, सौन्दर्य बुझ्ने सब । | ||
::निस्सारै सब देखिने, सब कुरा | ::निस्सारै सब देखिने, सब कुरा फुस्रा हुने वैभव ॥ | ||
आँखा देख्छ तथापि | आँखा देख्छ तथापि दृष्टि नभई साराशमा शून्य छ । | ||
::हा ! उल्टो विधिको प्रपञ्चकटुता | ::हा ! उल्टो विधिको प्रपञ्चकटुता लीला अहो धन्य छ ॥ | ||
{{pcn|(११३)}} | {{pcn|(११३)}} | ||
ती | ती दोटा दिलका चकोर र शशी प्रेमी चखेवा दुई । | ||
::ती वल्ली तरु, ती अनङ्ग रति | ::ती वल्ली तरु, ती अनङ्ग रति झैं ती अङ्ग न्याना रुई ॥ | ||
ती नानी ढकनी, कपोल | ती नानी ढकनी, कपोल बुकुवा ती रेवती चन्द्रमा । | ||
::ती खोजी सब रोजका परपरै टोह्लाउँदा छन् यहाँ ॥ | ::ती खोजी सब रोजका परपरै टोह्लाउँदा छन् यहाँ ॥ | ||
{{pcn|(११४)}} | {{pcn|(११४)}} | ||
आश्चर्यान्वित गौतमी-नयन छन् केही नभै उत्तर । | |||
::खोजी रुन्छ त्यसै महाहृदयमा अल्पेर प्रत्युत्तर ॥ | ::खोजी रुन्छ त्यसै महाहृदयमा अल्पेर प्रत्युत्तर ॥ | ||
खाएतुल्य चटानमा पयरले ठूलो कतै ठक्कर । | खाएतुल्य चटानमा पयरले ठूलो कतै ठक्कर । | ||
Line 19: | Line 19: | ||
{{pcn|(११५)}} | {{pcn|(११५)}} | ||
गाँठो आउँछ भुक्भुकेर मुटुको पट्टै फुटे झैं गरी । | |||
::घाँटीसम्म पुगेर जान्छ दबिई आँखा गराई भरी ॥ | ::घाँटीसम्म पुगेर जान्छ दबिई आँखा गराई भरी ॥ | ||
"हेला हाय ! गरे मलाइ प्रियले स्वीकारसम्मन् पनि । | "हेला हाय ! गरे मलाइ प्रियले स्वीकारसम्मन् पनि । | ||
::गर्दैनन् शिव हाय ! | ::गर्दैनन् शिव हाय ! क्रूर मनका कल्ले बनायो" भनी ॥ | ||
{{pcn|(११६)}} | {{pcn|(११६)}} | ||
बारम्बार | बारम्बार मुहारमा नजरका छड्के परीक्षा गरी । | ||
:: | ::झोक्रिन्छन् अनि सोच्दछन् मनमनै बिर्से भने झैं गरी ॥ | ||
यो | यो हो नाटक वा अघोर कपटी या घोर हो विस्मृति । | ||
::भन्दै छक्क परिन् र बर्बर गिरे गालाभरी दुःख ती ॥ | ::भन्दै छक्क परिन् र बर्बर गिरे गालाभरी दुःख ती ॥ | ||
{{pcn|(११७)}} | {{pcn|(११७)}} | ||
फर्किन् | फर्किन् पुछ्न फरक्क त्यो वदनको शोभा घुमाईकन । | ||
::लिन्छिन् चादर छेउ क्यै उछलिई उप्साइ निःश्वासले ॥ | ::लिन्छिन् चादर छेउ क्यै उछलिई उप्साइ निःश्वासले ॥ | ||
छोप्छिन् फर्किनुले फुक्यो अझ अरू दाना सफा मौक्तिक । | |||
::पुच्छिन् फेरि र | ::पुच्छिन् फेरि र घुँक्क हुन्छ बिचरी रोक्छिन् परी क्यै धक ॥ | ||
{{pcn|(११८)}} | {{pcn|(११८)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:49, 27 May 2025
आफ्नै खोजसमक्ष भै नबुझिने, सौन्दर्य बुझ्ने सब ।
निस्सारै सब देखिने, सब कुरा फुस्रा हुने वैभव ॥
आँखा देख्छ तथापि दृष्टि नभई साराशमा शून्य छ ।
हा ! उल्टो विधिको प्रपञ्चकटुता लीला अहो धन्य छ ॥
(११३)
ती दोटा दिलका चकोर र शशी प्रेमी चखेवा दुई ।
ती वल्ली तरु, ती अनङ्ग रति झैं ती अङ्ग न्याना रुई ॥
ती नानी ढकनी, कपोल बुकुवा ती रेवती चन्द्रमा ।
ती खोजी सब रोजका परपरै टोह्लाउँदा छन् यहाँ ॥
(११४)
आश्चर्यान्वित गौतमी-नयन छन् केही नभै उत्तर ।
खोजी रुन्छ त्यसै महाहृदयमा अल्पेर प्रत्युत्तर ॥
खाएतुल्य चटानमा पयरले ठूलो कतै ठक्कर ।
लाटो भै गहिराइबीच तमकी छन् नेत्र मौनी तर ॥
(११५)
गाँठो आउँछ भुक्भुकेर मुटुको पट्टै फुटे झैं गरी ।
घाँटीसम्म पुगेर जान्छ दबिई आँखा गराई भरी ॥
"हेला हाय ! गरे मलाइ प्रियले स्वीकारसम्मन् पनि ।
गर्दैनन् शिव हाय ! क्रूर मनका कल्ले बनायो" भनी ॥
(११६)
बारम्बार मुहारमा नजरका छड्के परीक्षा गरी ।
झोक्रिन्छन् अनि सोच्दछन् मनमनै बिर्से भने झैं गरी ॥
यो हो नाटक वा अघोर कपटी या घोर हो विस्मृति ।
भन्दै छक्क परिन् र बर्बर गिरे गालाभरी दुःख ती ॥
(११७)
फर्किन् पुछ्न फरक्क त्यो वदनको शोभा घुमाईकन ।
लिन्छिन् चादर छेउ क्यै उछलिई उप्साइ निःश्वासले ॥
छोप्छिन् फर्किनुले फुक्यो अझ अरू दाना सफा मौक्तिक ।
पुच्छिन् फेरि र घुँक्क हुन्छ बिचरी रोक्छिन् परी क्यै धक ॥
(११८)