Jump to content

Page:Shakuntala.pdf/278: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
बाटो मीढी छ ठण्डा दुद्द लहर फुली वृक्ष राम्रा मिलेर ।
बाटो मीठो छ ठण्डा दुइ लहर फुली वृक्ष राम्रा मिलेर ।
::वल्लीले बेह्टिएको कसुमहरु भरी द्वार भित्री छ रम्य ॥
::वल्लीले बेह्रिएको कुसुमहरु भरी द्वार भित्री छ रम्य ॥
लच्केकी बाटुली भै मगमग महिला हल्लिदो मन्द मन्द ।
लच्केकी बाटुली भै मगमग महिला हल्लिँदो मन्द मन्द ।
::बोल्छन्‌ मीठा करा भै विहग वनविषे त्यो नजीकै बसेर ॥
::बोल्छन्‌ मीठा करा भैं विहग वनविषे त्यो नजीकै बसेर ॥
{{pcn|(२३)}}
{{pcn|(२३)}}


पस्दा देखे फुलेको सुरप्रवर झै त्यो हरा पृष्पविश्व
पस्दा देखे फुलेको सुरपुरवर झैं त्यो हरा पुष्पविश्व
::ठण्डा हाँगाहरूमा किशालय हलुका नृत्य गर्दा हवामा ॥
::ठण्डा हाँगाहरूमा किशलय हलुका नृत्य गर्दा हवामा ॥
नास्ता झै मग्मगायो प्रथम श्रवणमा पड्खले चुल्गुलायो
बास्ता झैं मग्मगायो प्रथम श्रवणमा पङ्खले चुल्बुलायो
::आँखाले रङ्ग पायो अनि जिउभरमा सौख्य नै सर्सरायो ॥
::आँखाले रङ्ग पायो अनि जिउभरमा सौख्य नै सर्सरायो ॥
{{pcn|(२४)}}
{{pcn|(२४)}}


बन्थे चङ्गी र रङ्गी अनि धवल सबै ढब्गका ती मयूर ।
बन्थे चङ्गी र रङ्गी अनि धवल सबै ढङ्गका ती मयूर ।
::लामो त्यो लत्रिएको पहिरन प्रकृत स्वाद लच्काउँदा ती ॥
::लामो त्यो लत्रिएको पहिरन प्रकृत स्वादु लच्काउँदा ती ॥
'काँ कौ केकाँ' कराई वरपर चिडियाका उडे झै घिराज
'काँ काँ केकाँ' कराई वरपर चिडियाका उडे झैं धिराज
::जँचा हाँगाहरूमा ढलिमलि कहिले गर्दथे वृक्षमाझ ॥
::ऊँचा हाँगाहरूमा ढलिमलि कहिले गर्दथे वृक्षमाझ ॥
{{pcn|(२५)}}
{{pcn|(२५)}}


चीभै, फिस्टो, मुनीया, परभूति प्रभृति प्रेमका पड्खनाना
चीभे, फिस्टो, मुनीया, परभृति प्रभृति प्रेमका पङ्खनाना
::सारौं, घोबी, भँगेरा धरि थरि रँगका स्वर्गपक्षी उज्याला ॥
::सारौं, घोबी, भँगेरा थरि थरि रँगका स्वर्गपक्षी उज्याला ॥
इगा, मैना, परेवा, पदु, राखिकदुवा, गौंयली औ जुरेली ।
शूगा, मैना, परेवा, पटु, शिखिकटुवा, गौँथली औ जुरेली ।
::बोल्थे नाच्थे र झुल्थे कसुमनिकरको हर्म्यमा खेल खेली ॥
::बोल्थे नाच्थे र झुल्थे कुसुमनिकरको हर्म्यमा खेल खेली ॥
{{pcn|(२६)}}
{{pcn|(२६)}}


आरू, लाली लिएका घवल कसुमकी नासपाती, अनार ।
आरू, लाली लिएका धवल कुसुमकी नासपाती, अनार ।
::राती, काँढा छिपेकी, जुइहरु सुन झैं जाइ बेली बहार ॥
::राती, काँढा छिपेकी, जुइहरु सुन झैं जाइ बेली बहार ॥
चम्पा, गाभा, गुरांसे गुनकसि कमली कामिनी काइँयो र ।
चम्पा, गाभा, गुराँसे गुनकसि कमली कामिनी काइँयो र ।
::सुन्पाते, नीलपाते, कस्‌महरु त्यहाँ क्या मिसिन्धे अपार ॥
::सुन्पाते, नीलपाते, कुसुमहरु त्यहाँ क्या मिसिन्थे अपार ॥
{{pcn|(२७)}}
{{pcn|(२७)}}


फुर्फुर्गदी छ पक्षीसद्श उ पुतली फूल जस्ती रँगीन ।
फुर्फुर्गदी छ पक्षीसदृश उ पुतली फूल जस्ती रँगीन ।
::मानो फूलै उडे झै कसुमरस लिने वन्य सानो परी झैं ॥
::मानो फूलै उडे झैं कुसुमरस लिने वन्य सानो परी झैं ॥
नृष्टा छिर्का परेकी सुरधनुषभरीका मिही रङ्गबाट ।
बुट्टा छिर्का परेकी सुरधनुषभरीका मिही रङ्गबाट ।
::ठाँटेकी झै हल्‌ृका कसुम भ्रतुहरूकी तपस्यासमान ॥
::ठाँटेकी झैँ हलूका कुसुम ऋतुहरूकी तपस्यासमान ॥
{{pcn|(२८)}}
{{pcn|(२८)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 13:51, 26 May 2025

This page has been proofread

बाटो मीठो छ ठण्डा दुइ लहर फुली वृक्ष राम्रा मिलेर ।
वल्लीले बेह्रिएको कुसुमहरु भरी द्वार भित्री छ रम्य ॥
लच्केकी बाटुली भै मगमग महिला हल्लिँदो मन्द मन्द ।
बोल्छन्‌ मीठा करा भैं विहग वनविषे त्यो नजीकै बसेर ॥
(२३)

पस्दा देखे फुलेको सुरपुरवर झैं त्यो हरा पुष्पविश्व ।
ठण्डा हाँगाहरूमा किशलय हलुका नृत्य गर्दा हवामा ॥
बास्ता झैं मग्मगायो प्रथम श्रवणमा पङ्खले चुल्बुलायो ।
आँखाले रङ्ग पायो अनि जिउभरमा सौख्य नै सर्सरायो ॥
(२४)

बन्थे चङ्गी र रङ्गी अनि धवल सबै ढङ्गका ती मयूर ।
लामो त्यो लत्रिएको पहिरन प्रकृत स्वादु लच्काउँदा ती ॥
'काँ काँ केकाँ' कराई वरपर चिडियाका उडे झैं धिराज ।
ऊँचा हाँगाहरूमा ढलिमलि कहिले गर्दथे वृक्षमाझ ॥
(२५)

चीभे, फिस्टो, मुनीया, परभृति प्रभृति प्रेमका पङ्खनाना ।
सारौं, घोबी, भँगेरा थरि थरि रँगका स्वर्गपक्षी उज्याला ॥
शूगा, मैना, परेवा, पटु, शिखिकटुवा, गौँथली औ जुरेली ।
बोल्थे नाच्थे र झुल्थे कुसुमनिकरको हर्म्यमा खेल खेली ॥
(२६)

आरू, लाली लिएका धवल कुसुमकी नासपाती, अनार ।
राती, काँढा छिपेकी, जुइहरु सुन झैं जाइ बेली बहार ॥
चम्पा, गाभा, गुराँसे गुनकसि कमली कामिनी काइँयो र ।
सुन्पाते, नीलपाते, कुसुमहरु त्यहाँ क्या मिसिन्थे अपार ॥
(२७)

फुर्फुर्गदी छ पक्षीसदृश उ पुतली फूल जस्ती रँगीन ।
मानो फूलै उडे झैं कुसुमरस लिने वन्य सानो परी झैं ॥
बुट्टा छिर्का परेकी सुरधनुषभरीका मिही रङ्गबाट ।
ठाँटेकी झैँ हलूका कुसुम ऋतुहरूकी तपस्यासमान ॥
(२८)