Page:Shakuntala.pdf/363: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
<poem> | <poem> | ||
न्यानो कोमलता लिएर रविले फारेर हस्सूहरू । | न्यानो कोमलता लिएर रविले फारेर हस्सूहरू । | ||
सेतो प्रोज्ज्वलता बनी झिलिमिली पार्थ कणाका तरु ॥ | ::सेतो प्रोज्ज्वलता बनी झिलिमिली पार्थ कणाका तरु ॥ | ||
हावा मन्द थियो वसन्त वनको शोभा हरा मग्मग । | हावा मन्द थियो वसन्त वनको शोभा हरा मग्मग । | ||
शीत श्वासित बाससाथ मनमा ब्यूँझाउँध्यो कल्पना ॥ | ::शीत श्वासित बाससाथ मनमा ब्यूँझाउँध्यो कल्पना ॥ | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
डुल्दै शीतल कञ्जमा प्रकृतिको बाटो घुमौरो लिई । | डुल्दै शीतल कञ्जमा प्रकृतिको बाटो घुमौरो लिई । | ||
ओर्ले कश्यपका कृटीतिर तिनी बास्ना मजाको पिई ॥ | ::ओर्ले कश्यपका कृटीतिर तिनी बास्ना मजाको पिई ॥ | ||
हावा त्यो सुख झै सुशीतल सफा त्यो शान्तिको शासन । | हावा त्यो सुख झै सुशीतल सफा त्यो शान्तिको शासन । | ||
पाई चित्त प्रसन्न भो नृपतिको देखी तपस्या-वन ॥ | ::पाई चित्त प्रसन्न भो नृपतिको देखी तपस्या-वन ॥ | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
ओर्ले जान्छु भनेर कश्यपकहाँ त्यो जङ्गली राहमा । | ओर्ले जान्छु भनेर कश्यपकहाँ त्यो जङ्गली राहमा । | ||
पातै मग्मग वासका बह थिए हाँगा नयाँ आशमा ॥ | ::पातै मग्मग वासका बह थिए हाँगा नयाँ आशमा ॥ | ||
पुछे जीव बिहानका गगनका गन्धर्व रङ्गीनका । | पुछे जीव बिहानका गगनका गन्धर्व रङ्गीनका । | ||
मीठा शब्द थिए अनेक वनमा बोल्ने नयाँ पल्लव ॥ | ::मीठा शब्द थिए अनेक वनमा बोल्ने नयाँ पल्लव ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
हाँगै चुर्बुरिने मृदु स्वरहरू जादू जगत्का सरि । | हाँगै चुर्बुरिने मृदु स्वरहरू जादू जगत्का सरि । | ||
नौला ढङ्ग मिठासले तरुभरी नन्धे रँगी छिर्निरी ॥ | ::नौला ढङ्ग मिठासले तरुभरी नन्धे रँगी छिर्निरी ॥ | ||
मौनो फूल उडेसमान खगका बोल्थे पखेटाहरू । | मौनो फूल उडेसमान खगका बोल्थे पखेटाहरू । | ||
गानाकी नव देशमा मृदु कुराका दिव्य जादूहरू ॥ | ::गानाकी नव देशमा मृदु कुराका दिव्य जादूहरू ॥ | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:07, 26 May 2025
This page has not been proofread
चतुर्विंशतितम सर्ग
न्यानो कोमलता लिएर रविले फारेर हस्सूहरू ।
सेतो प्रोज्ज्वलता बनी झिलिमिली पार्थ कणाका तरु ॥
हावा मन्द थियो वसन्त वनको शोभा हरा मग्मग ।
शीत श्वासित बाससाथ मनमा ब्यूँझाउँध्यो कल्पना ॥
(१)
डुल्दै शीतल कञ्जमा प्रकृतिको बाटो घुमौरो लिई ।
ओर्ले कश्यपका कृटीतिर तिनी बास्ना मजाको पिई ॥
हावा त्यो सुख झै सुशीतल सफा त्यो शान्तिको शासन ।
पाई चित्त प्रसन्न भो नृपतिको देखी तपस्या-वन ॥
(२)
ओर्ले जान्छु भनेर कश्यपकहाँ त्यो जङ्गली राहमा ।
पातै मग्मग वासका बह थिए हाँगा नयाँ आशमा ॥
पुछे जीव बिहानका गगनका गन्धर्व रङ्गीनका ।
मीठा शब्द थिए अनेक वनमा बोल्ने नयाँ पल्लव ॥
(३)
हाँगै चुर्बुरिने मृदु स्वरहरू जादू जगत्का सरि ।
नौला ढङ्ग मिठासले तरुभरी नन्धे रँगी छिर्निरी ॥
मौनो फूल उडेसमान खगका बोल्थे पखेटाहरू ।
गानाकी नव देशमा मृदु कुराका दिव्य जादूहरू ॥
(४)