Page:Ritubichar.pdf/76: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|८८}} | {{pcn|८८}} | ||
उच्च, निश्चल, निस्पक्ष, ठिङ्गा वृक्षहरू सबै । | उच्च, निश्चल, निस्पक्ष, ठिङ्गा वृक्षहरू सबै । | ||
देखिन्छन् भोगको तृष्णा त्यागेका अवधूत | देखिन्छन् भोगको तृष्णा त्यागेका अवधूत झैँ ॥ | ||
{{pcn|८९}} | {{pcn|८९}} | ||
मरे-तुल्य | मरे-तुल्य बगैँचाको कुनाकानी अली अलि । | ||
देखिये हृदयाऽऽनन्दी रसिला कुन्दका कलि ॥ | देखिये हृदयाऽऽनन्दी रसिला कुन्दका कलि ॥ | ||
{{pcn|९०}} | {{pcn|९०}} | ||
कमायेँ जगतैलाई भनी शिशिर पागल । | |||
खिस्स हाँस्यो कि देखाई दन्त | खिस्स हाँस्यो कि देखाई दन्त झैँ कुन्द-कुड्मल ? | ||
{{pcn|९१}} | {{pcn|९१}} | ||
दाउरा पातका निम्ति वन-भित्र | दाउरा पातका निम्ति वन-भित्र पसी-कन । | ||
ग्रामीण रमणी थाले 'शालैज्यू' गीत गाउन ॥ | ग्रामीण रमणी थाले 'शालैज्यू' गीत गाउन ॥ | ||
Line 27: | Line 27: | ||
{{pcn|९४}} | {{pcn|९४}} | ||
आरू र आलुचा आलू-बखडा पुष्प-भूषित । | आरू र आलुचा आलू-बखडा पुष्प-भूषित । | ||
मानू वसन्तका दिव्य दूत | मानू वसन्तका दिव्य दूत झैँ छन् उपस्थित ॥ | ||
{{pcn|९५}} | {{pcn|९५}} |
Latest revision as of 19:07, 25 May 2025
८८
उच्च, निश्चल, निस्पक्ष, ठिङ्गा वृक्षहरू सबै ।
देखिन्छन् भोगको तृष्णा त्यागेका अवधूत झैँ ॥
८९
मरे-तुल्य बगैँचाको कुनाकानी अली अलि ।
देखिये हृदयाऽऽनन्दी रसिला कुन्दका कलि ॥
९०
कमायेँ जगतैलाई भनी शिशिर पागल ।
खिस्स हाँस्यो कि देखाई दन्त झैँ कुन्द-कुड्मल ?
९१
दाउरा पातका निम्ति वन-भित्र पसी-कन ।
ग्रामीण रमणी थाले 'शालैज्यू' गीत गाउन ॥
९२
तुषाराले मरे-तुल्य बनायेको वनै सब ।
घन्क्यो घनक्क त्यै गीत-प्राण-सञ्चारले अब ॥
९३
पह्लाये दुइ-चारोटा कलिला फूलका कलि ।
कृत्यको तत्त्व जानेको विज्ञजस्तै अली अलि ॥
९४
आरू र आलुचा आलू-बखडा पुष्प-भूषित ।
मानू वसन्तका दिव्य दूत झैँ छन् उपस्थित ॥
९५
लागूजस्तो महाऽऽनन्दी फागुको रङ्गमा परी ।
विलासी-जनको वृन्द रमायेको छ बेसरी ॥
९६
काट्यो जगतले जाडो धैर्य-शस्त्र लिईकन ।
रङ्गका निहुँले रक्त बहन्थ्यो नत्र यो किन ?