Page:Bhikari.pdf/50: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
रङ्ग उडेको कटुता, फोस्रा | रङ्ग उडेको कटुता, फोस्रा | ||
:आशाहरूको छारो चोर । | :आशाहरूको छारो चोर । | ||
::चिन्ता, शोक, वियोग | ::चिन्ता, शोक, वियोग बढेका | ||
:::नहुँदो शिरमा तर्क अघोर ॥ | :::नहुँदो शिरमा तर्क अघोर ॥ | ||
Line 13: | Line 13: | ||
बढ्दो चेत अकेलापनको | बढ्दो चेत अकेलापनको | ||
:बिर्सिसकेका सपना साज । | :बिर्सिसकेका सपना साज । | ||
:: | ::उदासपनाका छाना नभ नै | ||
:::शोक, विषाद, बिराना आवाज ॥ | :::शोक, विषाद, बिराना आवाज ॥ | ||
Line 19: | Line 19: | ||
:धरमर पयर जराको कम्पन । | :धरमर पयर जराको कम्पन । | ||
::आँसुभरी नजर निमीलन | ::आँसुभरी नजर निमीलन | ||
:::विचित्र नै छस् हे जीवन | :::विचित्र नै छस् हे जीवन । | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 15:42, 25 May 2025
This page has been validated
रङ्ग उडेको कटुता, फोस्रा
आशाहरूको छारो चोर ।
चिन्ता, शोक, वियोग बढेका
नहुँदो शिरमा तर्क अघोर ॥
सिर्जनाको जाल विलासी
आफैं जेली आफैं हार ।
फुल्दो शिरमा हिउँद, तुषारो
थिचीरहेको जगव्यवहार ॥
बढ्दो चेत अकेलापनको
बिर्सिसकेका सपना साज ।
उदासपनाका छाना नभ नै
शोक, विषाद, बिराना आवाज ॥
जपमालाको आखिर भरमा
धरमर पयर जराको कम्पन ।
आँसुभरी नजर निमीलन
विचित्र नै छस् हे जीवन ।