Page:Ritubichar.pdf/56: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
लम्तन्न भै निदायेको बडो आनन्दमा परी । | लम्तन्न भै निदायेको बडो आनन्दमा परी । | ||
औँलाको प्रतिमा-तुल्य कुइरो हुन्छ त्यो घरी ॥ | |||
{{pcn|१७}} | {{pcn|१७}} | ||
Line 11: | Line 11: | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
विचार गर्दा उसको न रेखा छ न रङ्ग छ । | विचार गर्दा उसको न रेखा छ न रङ्ग छ । | ||
ब्रह्ममा विश्व | ब्रह्ममा विश्व झैँ खाली भ्रान्तिको त्यो तरङ्ग छ ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर । | भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर । | ||
माया-जञ्जाल | माया-जञ्जाल झैँ हुस्सू लठारिन्छ सबै-तिर ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} |
Latest revision as of 14:14, 25 May 2025
१६
लम्तन्न भै निदायेको बडो आनन्दमा परी ।
औँलाको प्रतिमा-तुल्य कुइरो हुन्छ त्यो घरी ॥
१७
बाल-सूर्य-प्रभाले त्यो फुस्स फुस्कन्छ सुस्तरी ।
व्युत्थान-कलना-द्वारा संयमीको मनै-सरी ॥
१८
विचार गर्दा उसको न रेखा छ न रङ्ग छ ।
ब्रह्ममा विश्व झैँ खाली भ्रान्तिको त्यो तरङ्ग छ ॥
१९
भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर ।
माया-जञ्जाल झैँ हुस्सू लठारिन्छ सबै-तिर ॥
२०
शीत-रेखा जमेको छ उसमा भित्र बेसरी ।
सङ्कल्प-शक्तिका साथ संसार-महिमा-सरी ॥
२१
चोटा कोठा सबै चाली पुग्छ सुस्त सबै-तिर ।
हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ र !
२२
विचित्र जादूगरका जादूको शक्तिले सरी ।
एकै डल्लो गरी-दिन्छ उसले दृष्टि-माधुरी ॥
२३
कुइराको कडा पर्दा लर्कँदा त्यो सबै-तिर ।
दृष्टिको ज्योति जाँदैन बित्ता-भर पनी पर ॥
२४
न पक्षीको कुनै शब्द, न प्रभा दिननाथको ।
भेद छुट्ट्याउनै गाह्रो रातको न प्रभातको ॥