Jump to content

Page:Shakuntala.pdf/269: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
भुट्न मकै तब तत्पर श्यामा ।
भुट्न मकै तब तत्पर श्यामा ।
::पाए दिँदी मृदु केष छ लामा ॥
::पार्श्व दिंदी मृदु कोष छ लामा ॥
क्या स्मितिसुन्दरलोचनचारु ।
क्या स्मितिसुन्दरलोचनचारु ।
::षोडशवर्षप्रविष्ट फुलारु ॥
::षोडशवर्षप्रविष्ट फुलारु ॥
{{pcn|(४८)}}
{{pcn|(४८)}}


छम्छम छम्घम चल्दछ चूरी ।
छम्छम छम्छम चल्दछ चूरी ।
::पट्पट पद्पट बोल्दछ हाँडी ॥
::पट्पट पट्पट बोल्दछ हाँडी ॥
भर्भर भर्भर गर्दछ आगो ।
भर्भर भर्भर गर्दछ आगो ।
::चम्चम चम्चम नाच्दछ आँखा ॥
::चम्चम चम्चम नाच्दछ आँखा ॥
बात बनाउन नग्न चनाखा ।
बात बनाउन बन्न चनाखा ।
::चाख छ चल्दछ फु्फुर घागो
::चाख छ चल्दछ फुर्फुर धागो
चञ्चल चञ्चल लोचन चारु ।
चञ्चल चञ्चल लोचन चारु ।
::मोहन मौक्तिक हास्य फुलारु ॥
::मोहन मौक्तिक हास्य फुलारु ॥
बात हुँदै मृदु बैंस-बयानी ।
बात हुँदै मृदु बैंस-बयानी ।
::फुल्दछ चारु मकै मनमानी ॥
::फुल्दछ चारु मकै मनमानी ॥
हेम फुलेर ननेसरि चाँदी ।
हेम फुलेर बनेसरि चाँदी ।
::मोहन हास्य मनोहर दाना ।
::मोहन हास्य मनोहर दाना ।
कोमल कोमल सत््‌कृषि खाना ।
कोमल कोमल सत्‌कृषि खाना ।
::बादल पात्र छ रूक्मखजाना ॥
::बादल पात्र छ रूक्मखजाना ॥
{{pcn|(४९)}}
{{pcn|(४९)}}


स्नेह जुटाउँछ स्नेह छ खाँदो ।
स्नेह जुटाउँछ स्नेह छ खाँदो ।
::स्नेह छ गदगद स्नेह छ आँखा ॥
::स्नेह छ गद्‌गद् स्नेह छ आँखा ॥
बात मनोहर भाव सिपालु ।
बात मनोहर भाव सिपालु ।
::चञ्चल चञ्चल नेत्र छ श्यामा ॥
::चञ्चल चञ्चल नेत्र छ श्यामा ॥
Line 30: Line 30:


आउँछ सुन्दर कोमल पाठो ।
आउँछ सुन्दर कोमल पाठो ।
::नोल्दछ सुन्दर कोमल ""म्याँ म्याँ" ॥
::बोल्दछ सुन्दर कोमल "म्याँ म्याँ" ॥
स्मेरमुखाकृति- गदगद श्यामा ।
स्मेरमुखाकृति- गद्‌गद श्यामा ।
::हेर ! सखीसित लोचन लामा ॥
::हेर ! सखीसित लोचन लामा ॥
शान्दित शान्त शकन्तप्रियामा
शब्दित शान्त शकुन्तप्रियामा
::बोल्दछ हेरन, बालक- 'आमा' ॥
::बोल्दछ हेरन, बालक&ndash; 'आमा' ॥
{{pcn|(५१)}}
{{pcn|(५१)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 07:40, 25 May 2025

This page has been proofread

भुट्न मकै तब तत्पर श्यामा ।
पार्श्व दिंदी मृदु कोष छ लामा ॥
क्या स्मितिसुन्दरलोचनचारु ।
षोडशवर्षप्रविष्ट फुलारु ॥
(४८)

छम्छम छम्छम चल्दछ चूरी ।
पट्पट पट्पट बोल्दछ हाँडी ॥
भर्भर भर्भर गर्दछ आगो ।
चम्चम चम्चम नाच्दछ आँखा ॥
बात बनाउन बन्न चनाखा ।
चाख छ चल्दछ फुर्फुर धागो ॥
चञ्चल चञ्चल लोचन चारु ।
मोहन मौक्तिक हास्य फुलारु ॥
बात हुँदै मृदु बैंस-बयानी ।
फुल्दछ चारु मकै मनमानी ॥
हेम फुलेर बनेसरि चाँदी ।
मोहन हास्य मनोहर दाना ।
कोमल कोमल सत्‌कृषि खाना ।
बादल पात्र छ रूक्मखजाना ॥
(४९)

स्नेह जुटाउँछ स्नेह छ खाँदो ।
स्नेह छ गद्‌गद् स्नेह छ आँखा ॥
बात मनोहर भाव सिपालु ।
चञ्चल चञ्चल नेत्र छ श्यामा ॥
(५०)

आउँछ सुन्दर कोमल पाठो ।
बोल्दछ सुन्दर कोमल "म्याँ म्याँ" ॥
स्मेरमुखाकृति- गद्‌गद श्यामा ।
हेर ! सखीसित लोचन लामा ॥
शब्दित शान्त शकुन्तप्रियामा ।
बोल्दछ हेरन, बालक– 'आमा' ॥
(५१)