Page:Shakuntala.pdf/268: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
छिनभरपछि | छिनभरपछि घ्वारर्घ्वाघ्वार्गरी । | ||
::कृषक त घट भर्छ | ::कृषक त घट भर्छ छ्वाछ्र्वार्गरी ॥ | ||
घटभर पय हुन्छ | घटभर पय हुन्छ ह्र्वाह्र्वागरी । | ||
:: | ::ज्वलित अनल बोल्छ यस्तै गरी ॥ | ||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
आउँछ दोधक शान्त किसान । | आउँछ दोधक शान्त किसान । | ||
::स्मेर मुखाकृति | ::स्मेर मुखाकृति गबुवासाथ ॥ | ||
उष्णपयस्क सफेन सफेद । | उष्णपयस्क सफेन सफेद । | ||
::दूध दुहीकन आर्द्र छ हात ॥ | ::दूध दुहीकन आर्द्र छ हात ॥ | ||
Line 15: | Line 15: | ||
ल्याउँछ सुन्दर मृत्तिकप्याला । | ल्याउँछ सुन्दर मृत्तिकप्याला । | ||
::दूध खन्याउँछ सुन्दर चाला ॥ | ::दूध खन्याउँछ सुन्दर चाला ॥ | ||
बग्छ प्रसन्न मनोहर धारा । | |||
:: | ::फींज उठेर रिझाउँछ सारा ॥ | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
जोड्दछ हात गर्दछ बिन्ती । | जोड्दछ हात गर्दछ बिन्ती । | ||
::"क्षुद्र किसान म, | ::"क्षुद्र किसान म, क्षुद्र छ गिन्ती ॥ | ||
छैन दरिद्रसँगै अरु खाना । | छैन दरिद्रसँगै अरु खाना । | ||
::स्वीकृति होस् यति जलपान ॥" | ::स्वीकृति होस् यति जलपान ॥" | ||
Line 28: | Line 28: | ||
::सत्कृति गर्न सदैव तयार ॥ | ::सत्कृति गर्न सदैव तयार ॥ | ||
दीप्त छ लोचन स्नेह रसाई । | दीप्त छ लोचन स्नेह रसाई । | ||
:: | ::जोड्दछ हात खडा सबलाई ॥ | ||
{{pcn|(४६)}} | {{pcn|(४६)}} | ||
कृष्ण मुहार छ | कृष्ण मुहार छ माथ छ फेटा । | ||
::धेर नशामय हात छ दोटा ॥ | ::धेर नशामय हात छ दोटा ॥ | ||
त्यो | त्यो कृशकाय किसान अजान । | ||
:: | ::बाल्दछ नेत्रविषे सब ज्ञान ॥ | ||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 07:35, 25 May 2025
This page has been proofread
छिनभरपछि घ्वारर्घ्वाघ्वार्गरी ।
कृषक त घट भर्छ छ्वाछ्र्वार्गरी ॥
घटभर पय हुन्छ ह्र्वाह्र्वागरी ।
ज्वलित अनल बोल्छ यस्तै गरी ॥
(४२)
आउँछ दोधक शान्त किसान ।
स्मेर मुखाकृति गबुवासाथ ॥
उष्णपयस्क सफेन सफेद ।
दूध दुहीकन आर्द्र छ हात ॥
(४३)
ल्याउँछ सुन्दर मृत्तिकप्याला ।
दूध खन्याउँछ सुन्दर चाला ॥
बग्छ प्रसन्न मनोहर धारा ।
फींज उठेर रिझाउँछ सारा ॥
(४४)
जोड्दछ हात गर्दछ बिन्ती ।
"क्षुद्र किसान म, क्षुद्र छ गिन्ती ॥
छैन दरिद्रसँगै अरु खाना ।
स्वीकृति होस् यति जलपान ॥"
(४५)
प्याउँछ बन्छ प्रसन्नमुहार ।
सत्कृति गर्न सदैव तयार ॥
दीप्त छ लोचन स्नेह रसाई ।
जोड्दछ हात खडा सबलाई ॥
(४६)
कृष्ण मुहार छ माथ छ फेटा ।
धेर नशामय हात छ दोटा ॥
त्यो कृशकाय किसान अजान ।
बाल्दछ नेत्रविषे सब ज्ञान ॥
(४७)