Page:Ritubichar.pdf/40: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
{{pcn|८९}} | {{pcn|८९}} | ||
झर्नाले शिरको सारा भुवा | झर्नाले शिरको सारा भुवा सारौँ कठैबरी ! | ||
मुडुला भै घुमेका छन् मानू क्षपणकै-सरी ॥ | मुडुला भै घुमेका छन् मानू क्षपणकै-सरी ॥ | ||
Line 27: | Line 27: | ||
{{pcn|९४}} | {{pcn|९४}} | ||
घूम-घाम अघी हुन्थ्यो बीचमा खालि घाम भो । | घूम-घाम अघी हुन्थ्यो बीचमा खालि घाम भो । | ||
अहिले घूमको काम, ' | अहिले घूमको काम, 'घूम-घाम' तमाम भो ॥ | ||
{{pcn|९५}} | {{pcn|९५}} | ||
साध्य छैन यहाँसम्म हरियाली बढ्यो भनी । | साध्य छैन यहाँसम्म हरियाली बढ्यो भनी । | ||
पन्नाको कान्ति झल्कन्छ | पन्नाको कान्ति झल्कन्छ ईंट पत्थरमा पनि ॥ | ||
{{pcn|९६}} | {{pcn|९६}} |
Latest revision as of 23:26, 24 May 2025
This page has been validated
८८
नाचे पुच्छर हल्लाई बोली फेरि चिभे-चरी ।
वियोगिनी निभायेका कालका दूतिका-सरी ॥
८९
झर्नाले शिरको सारा भुवा सारौँ कठैबरी !
मुडुला भै घुमेका छन् मानू क्षपणकै-सरी ॥
९०
इन्द्रिनीको प्रभा राम्रो झल्कँदो छ थरी-थरी ।
अप्सराले खसालेका रत्नका हारको सरी ॥
९१
गर्मी-रूपी बडो तेजी अल्झेको मेघ-पाशले ।
मृग हानी उभ्याये कि कुनामा धनु इन्द्रले ?
९२
अँध्यारो मुख लायेर मेघ लत्र्यो जती जती ।
उज्यालो खेतिवालाको चित्त हुन्छ उती उती ॥
९३
लाम्खुट्टे रोकनालाई मेघ-रूपी ठुलो झुल ।
हाले कि दिननाथैले छोपी टम्म नभस्तल ?
९४
घूम-घाम अघी हुन्थ्यो बीचमा खालि घाम भो ।
अहिले घूमको काम, 'घूम-घाम' तमाम भो ॥
९५
साध्य छैन यहाँसम्म हरियाली बढ्यो भनी ।
पन्नाको कान्ति झल्कन्छ ईंट पत्थरमा पनि ॥
९६
बिझाउने बडा ठाडा देखदा बाँसका मुना ।
गाम पिर्ने पिराहाको मनमा हुन्छ सम्झना ॥