Jump to content

Page:Ritubichar.pdf/34: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|३४}}
{{pcn|३४}}
पवित्र परमात्माको भक्तिमा सत्य भक्त झैं
पवित्र परमात्माको भक्तिमा सत्य भक्त झैँ
शीतला जलधारामा भिजेको छ प्रजा सधैं
शीतला जलधारामा भिजेको छ प्रजा सधैँ


{{pcn|३५}}
{{pcn|३५}}
Line 31: Line 31:
{{pcn|४१}}
{{pcn|४१}}
यताउता कतै कत्ति डग्दैन घन-मण्डल ।
यताउता कतै कत्ति डग्दैन घन-मण्डल ।
लब्ध-भूमि महात्माको चित्त झैं अति-निश्चल ॥
लब्ध-भूमि महात्माको चित्त झैँ अति-निश्चल ॥


{{pcn|४२}}
{{pcn|४२}}

Latest revision as of 23:05, 24 May 2025

This page has been validated

३४
पवित्र परमात्माको भक्तिमा सत्य भक्त झैँ ।
शीतला जलधारामा भिजेको छ प्रजा सधैँ ॥

३५
घरी दरदराऽऽकार घरी सुस्तै सिमी-सिमी ।
जल-वर्षा लगातार गर्छ मेघ घुमी घुमी ॥

३६
चिरिन्छन् जल-धाराले नलिनी-पत्र चर्चरी ।
दुर्वाच्य-वाण-वर्षाले साधुको हृदयै-सरी ॥

३७
दिन रात दुवै कालो पारी धुम्धुमियो झरी ।
मुख-पेट दुवै मैला भयेको दुर्जनै-सरी ॥

३८
झरीले छोपि-राखेका वर्षाका दिन छन् सब ।
अविद्याले अँठ्यायेका जीव-तुल्य गत-प्रभ ॥

३९
अँध्यारो दिन देखेर चखेवी बिचरी चरी ।
रुन्छे व्याकुलता-साथ रात्रिको भ्रान्तिमा परी ॥

४०
जल-वर्षा गरी मेघ तृप्त छैन कुनै दिन ।
दाता देह छँदासम्म के गर्ला मुष्टि-बन्धन ?

४१
यताउता कतै कत्ति डग्दैन घन-मण्डल ।
लब्ध-भूमि महात्माको चित्त झैँ अति-निश्चल ॥

४२
कहाँ सूर्य, कहाँ तारा, कहाँ नक्षत्र-नायक ।
देखिन्छन् कालले गर्दा जुन्किरी नै झकाझक ॥