Page:Ritubichar.pdf/27: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|८०}} | {{pcn|८०}} | ||
वृष्टि छैन, कडा घाम बढदो छ प्रतिक्षण । | वृष्टि छैन, कडा घाम बढदो छ प्रतिक्षण । | ||
डढेलो उसमा फेरि के रहन्थ्यो कठै! वन ? | डढेलो उसमा फेरि के रहन्थ्यो कठै ! वन ? | ||
{{pcn|८१}} | {{pcn|८१}} | ||
Line 11: | Line 11: | ||
{{pcn|८२}} | {{pcn|८२}} | ||
उडायो ग्रीष्मले सारा वसन्त-कृत गौरव । | उडायो ग्रीष्मले सारा वसन्त-कृत गौरव । | ||
नीच पापी दुरात्माले सन्तको कीर्ति | नीच पापी दुरात्माले सन्तको कीर्ति झैँ सब ॥ | ||
{{pcn|८३}} | {{pcn|८३}} | ||
यौटा गुलाफको पुष्प यस्तो ताप पनी सही । | यौटा गुलाफको पुष्प यस्तो ताप पनी सही । | ||
दुरुस्त अघिको जस्तै फुलेको छ जहाँ- | दुरुस्त अघिको जस्तै फुलेको छ जहाँ-तहीँ ॥ | ||
{{pcn|८४}} | {{pcn|८४}} | ||
उपकारी महात्माको चित्त | उपकारी महात्माको चित्त झैँ स्वच्छ कोमल । | ||
देखिन्छ भाग्यले यौटा शिरीष-तरुमा फुल ॥ | देखिन्छ भाग्यले यौटा शिरीष-तरुमा फुल ॥ | ||
Line 26: | Line 26: | ||
{{pcn|८६}} | {{pcn|८६}} | ||
क्षणिकाऽऽनन्दमा लुब्ध जीव | क्षणिकाऽऽनन्दमा लुब्ध जीव झैँ मोहजालमा । | ||
जलमा मग्न भै गोता लिन्छन् रसिक हालमा ॥ | जलमा मग्न भै गोता लिन्छन् रसिक हालमा ॥ | ||
Latest revision as of 14:44, 24 May 2025
This page has been validated
८०
वृष्टि छैन, कडा घाम बढदो छ प्रतिक्षण ।
डढेलो उसमा फेरि के रहन्थ्यो कठै ! वन ?
८१
डढेलाले डढायेको वन देखिन्छ यो घरी ।
नबाबले प्रतापाऽऽग्नि सल्केको भारतै-सरी ॥
८२
उडायो ग्रीष्मले सारा वसन्त-कृत गौरव ।
नीच पापी दुरात्माले सन्तको कीर्ति झैँ सब ॥
८३
यौटा गुलाफको पुष्प यस्तो ताप पनी सही ।
दुरुस्त अघिको जस्तै फुलेको छ जहाँ-तहीँ ॥
८४
उपकारी महात्माको चित्त झैँ स्वच्छ कोमल ।
देखिन्छ भाग्यले यौटा शिरीष-तरुमा फुल ॥
८५
गम्भीर जलको भित्री तहमा नडुबीकन ।
संसार-भर पायिन्न आनन्दी शीतलो-पन ॥
८६
क्षणिकाऽऽनन्दमा लुब्ध जीव झैँ मोहजालमा ।
जलमा मग्न भै गोता लिन्छन् रसिक हालमा ॥
८७
निस्कनु दबिनु-रूप विश्व-क्रम-निदर्शन ।
देखायेर सबै गर्छन् उन्मज्जन निमज्जन ॥
८८
देखिन्छन् जलमा पौडी खेलने ती थरी-थरी ।
दिव्य आनन्द-गङ्गाका सजीव लहरी-सरी ॥