Jump to content

Page:Ritubichar.pdf/23: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 10: Line 10:


{{pcn|४६}}
{{pcn|४६}}
भीष्म-सन्तापले पूर्ण शकुनि-ध्वनि-सङ्कुल
भीष्म-सन्तापले पूर्ण शकुनि-ध्वनि-सङ्‌कुल
कृष्ण-कादम्बिनी-शून्य जुवा झैं छ नभस्तल ॥
कृष्ण-कादम्बिनी-शून्य जुवा झैँ छ नभस्तल ॥


{{pcn|४७}}
{{pcn|४७}}
कराउँदै घुमेको छ काकाकूल घरी-घरी ।
कराउँदै घुमेको छ काकाकूल घरी-घरी ।
कान्ता खोजन निस्केको पान्थको प्राण झैं गरी ॥
कान्ता खोजन निस्केको पान्थको प्राण झैँ गरी ॥


{{pcn|४८}}
{{pcn|४८}}
Line 27: Line 27:
{{pcn|५०}}
{{pcn|५०}}
गम्भीर गगनै यद्वा ठानी स्वर्गीय सागर ।
गम्भीर गगनै यद्वा ठानी स्वर्गीय सागर ।
पानीखातिर त्यो मानी लम्कँदो छ उँभो-तिर ॥
पानी-खातिर त्यो मानी लम्कँदो छ उँभो-तिर ॥


{{pcn|५१}}
{{pcn|५१}}

Latest revision as of 14:28, 24 May 2025

This page has been validated

४४
बिउँझ्यो मृत्ति-मूर्छाको अन्त्यमा बासना-सरी ।
धूमधाम उही घाम, उही बाटो कठैबरी !!

४५
दुःखीका दुःखको याद दैवका मनमा भये ।
त्यो चर्को घामको पर्दा तत्कालै उल्टने थिये ॥

४६
भीष्म-सन्तापले पूर्ण शकुनि-ध्वनि-सङ्‌कुल ।
कृष्ण-कादम्बिनी-शून्य जुवा झैँ छ नभस्तल ॥

४७
कराउँदै घुमेको छ काकाकूल घरी-घरी ।
कान्ता खोजन निस्केको पान्थको प्राण झैँ गरी ॥

४८
मेघ-मार्ग घुमी सारा नपाई मेघ-दर्शन ।
त्यो मेघ-भक्त लाग्यो कि मेघ-मह्लार गाउन ?

४९
अथवा त्यो गई माथि विधाता-सँग शोकको ।
विकराल सबै हाल भन्न लाग्यो कि लोकको ?

५०
गम्भीर गगनै यद्वा ठानी स्वर्गीय सागर ।
पानी-खातिर त्यो मानी लम्कँदो छ उँभो-तिर ॥

५१
यद्वा विष्णुपदी होलिन् यै विष्णुपदमा भनी ।
घुमी आकाश-गङ्गाको गर्छ त्यो उग्र खोजनी ॥

५२
त्यो निराधारमा तेस्तो निकाली करुण स्वर ।
नत्र त्यो घाममा घुम्दै किन जाला उँभो-तिर ?