Page:Ritubichar.pdf/21: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 15: | Line 15: | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
न तुवाँलो, न ता मेघ, न हुस्सू छ, न ता हिम । | न तुवाँलो, न ता मेघ, न हुस्सू छ, न ता हिम । | ||
घन्क्यो घनक्क सर्वत्र घामको जय- | घन्क्यो घनक्क सर्वत्र घामको जय-डिण्डिम ॥ | ||
{{pcn|३०}} | {{pcn|३०}} | ||
बन्यो मशान | बन्यो मशान झैँ शून्य तातेका दिनको स्थिति । | ||
निस्कँदैन कतै कोही माखो-तक सिती-मिती ॥ | निस्कँदैन कतै कोही माखो-तक सिती-मिती ॥ | ||
Line 26: | Line 26: | ||
{{pcn|३२}} | {{pcn|३२}} | ||
मणि-मन्त्राऽऽदिले रुद्ध नाग | मणि-मन्त्राऽऽदिले रुद्ध नाग झैँ हत गौरव । | ||
छट्ट-पट्ट गरी बस्छ गर्मीले जगतै सब ॥ | छट्ट-पट्ट गरी बस्छ गर्मीले जगतै सब ॥ | ||
Latest revision as of 14:22, 24 May 2025
This page has been validated
२६
नष्ट भो घामले गर्दा हवाको शीतलो-पन ।
रहन्थ्यो क्रोधका साथ दयाको आँकुरो किन ?
२७
बतास चल्दै-चल्दैन चलिहाल्यो भने पनि ।
उष्णताले शके-सम्म बलेको हुन्छ दन्दनी ॥
२८
विधिले उग्र गर्मीको यो खलाँती फुकीकन ।
पसीना-रूपमा मस्ती गलायो लोकको किन ?
२९
न तुवाँलो, न ता मेघ, न हुस्सू छ, न ता हिम ।
घन्क्यो घनक्क सर्वत्र घामको जय-डिण्डिम ॥
३०
बन्यो मशान झैँ शून्य तातेका दिनको स्थिति ।
निस्कँदैन कतै कोही माखो-तक सिती-मिती ॥
३१
निस्क्यो भने कतै कोही ग्रीष्मका उग्र घाममा ।
देह-भन्दा अघी प्राण पुग्न चाहन्छ ठाममा ॥
३२
मणि-मन्त्राऽऽदिले रुद्ध नाग झैँ हत गौरव ।
छट्ट-पट्ट गरी बस्छ गर्मीले जगतै सब ॥
३३
शिरमा सूर्यको ताप, मनमा विरहाऽनल ।
बटुवा कुन होवैन बाटामा जीवनाऽऽकुल ?
३४
तन गर्छ जलेवाको प्रशंसा, मीनको मन ।
प्राण भन्छ म चाहन्छु मेघको दिव्य जीवन ॥