Page:Bhikari.pdf/45: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | <poem> | ||
४ | ४ | ||
Line 24: | Line 25: | ||
:::आनन्द बन्दछ मिठो यसको प्रसाद ॥ | :::आनन्द बन्दछ मिठो यसको प्रसाद ॥ | ||
</poem> | </poem> | ||
}} |
Revision as of 11:46, 28 January 2025
This page has been proofread
४
यो ठाउँमा सब मनोहर कान्तिबाट
बढ्थिन् तिनी दिनदिनै घुमि शैल-फाँट ।
तिन्को स्वभाव जुनले, जलले, प्रभाले
बढ्थ्यो निलो गगनले, खुशले खुलाले ॥
५
राम्री थिइन् अधिक सुन्दर भै नचर्की
राम्री भइन् मधुर, मोति हुने सहर्की ।
यौटा किसान घरको सुकुमारि फूल
यौटै भएर रसिली हँसिली अमोल ॥
६
तिन्का ठुला नजर ती, जलमा प्रकाश
त्यो पद्म झैँ मुख र कोमल चन्द्रहास ।
त्यो शुद्ध पैरन तथा हलुका उज्यालो
जाला त्यसै कसरि त्यो मनको उज्यालो ॥
७
छैनन् तिनी अब यहाँ अरु ठाउँमा छन्
उस्पारमा कुन कुना सुर गाउँमा छन् ।
जो देखिँदैन उहि सम्झनुको विषाद
आनन्द बन्दछ मिठो यसको प्रसाद ॥