Page:Ritubichar.pdf/7: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 10: | Line 10: | ||
{{pcn|९}} | {{pcn|९}} | ||
बर्र बर्र लता-वृक्ष लावा | बर्र बर्र लता-वृक्ष लावा झैँ फूल छर्दछन् । | ||
पुतली नर्तकी-तुल्य नाचदै अघि सर्दछन् ॥ | पुतली नर्तकी-तुल्य नाचदै अघि सर्दछन् ॥ | ||
Line 31: | Line 31: | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
त्यो दिव्य रङ्ग पायेका लता-वृक्ष वनस्पति । | त्यो दिव्य रङ्ग पायेका लता-वृक्ष वनस्पति । | ||
देखिन्छन् योग्य नेताका रैती | देखिन्छन् योग्य नेताका रैती झैँ उन्नताऽऽकृति ॥ | ||
{{pcn|१५}} | {{pcn|१५}} |
Latest revision as of 11:30, 24 May 2025
This page has been validated
७
सेतो कमलको छाता मञ्जरी-मय चामर ।
ऋतु-राजत्वका चिह्न देखिन्छन् अति सुन्दर ॥
८
भुमराहरु वीणाको दिव्य झङ्कार गर्दछन् ।
गुण-गायक भै पक्षी गानमा तान भर्दछन् ॥
९
बर्र बर्र लता-वृक्ष लावा झैँ फूल छर्दछन् ।
पुतली नर्तकी-तुल्य नाचदै अघि सर्दछन् ॥
१०
मलयाऽचलको वायु लगातार सिरीसिरी ।
कलिला पालुवा-रूप पङ्खा हम्कन्छ सुस्तरी ॥
११
सजायेको छ सर्वत्र दिव्य सौन्दर्यको रथ ।
शान्तिको जल छर्केको खुला आनन्दको पथ ॥
१२
सारा वन बगैंचामा सजायेको छ आसन ।
ऋतु-राज उतैबाट गर्छ त्यो शुभ-शासन ॥
१३
दिव्य आनन्दको रङ्ग, दिव्य-कान्ति-तरङ्ग छ ।
दिव्य उन्नतिको ढङ्ग, दिव्य सारा प्रसङ्ग छ ॥
१४
त्यो दिव्य रङ्ग पायेका लता-वृक्ष वनस्पति ।
देखिन्छन् योग्य नेताका रैती झैँ उन्नताऽऽकृति ॥
१५
साना-तिना सबैमाथि फैलियेको छ गौरव ।
योग्यको आड पायेको बिग्रला को कहाँ कब ?