Page:Ritubichar.pdf/69: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
पानी कठै छुनासाथ असाध्य ठिहिर्याउँछ । | पानी कठै! छुनासाथ असाध्य ठिहिर्याउँछ । | ||
बिच्छीका डङ्कको ज्वाला | बिच्छीका डङ्कको ज्वाला तालु-सम्म पुर्याउँछ ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
Line 10: | Line 10: | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
आकाश रुँदिंदै आयो केही | आकाश रुँदिंदै आयो केही मैलो-पना धरी । | ||
भित्री | भित्री कुकर्म-चिन्ताले सतायेको मनै-सरी ॥ | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
रुँदियेका दिनै सारा बिकम्बा छन् कठैबरी ! | रुँदियेका दिनै सारा बिकम्बा छन् कठैबरी ! | ||
दुर्भाग्य दोषले ज्यादा दबायेका | दुर्भाग्य दोषले ज्यादा दबायेका गुणी-सरी ॥ | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
अँध्यारो रुँदले गर्दा अँध्यारामा बिते दिन । | अँध्यारो रुँदले गर्दा अँध्यारामा बिते दिन । | ||
उज्यालो | उज्यालो मुक्त-चेष्टा झैं नष्ट भो सूर्य-दर्शन ॥ | ||
{{pcn|३०}} | {{pcn|३०}} | ||
रुँदका रूपमा यद्वा | रुँदका रूपमा यद्वा शीत-व्याकुल लोकको । | ||
आकाशमा गिर्यो लामू पर्दा मलिन शोकको ॥ | आकाशमा गिर्यो लामू पर्दा मलिन शोकको ॥ | ||
{{pcn|३१}} | {{pcn|३१}} | ||
हिमको तकिया तानी ओढी त्यो | हिमको तकिया तानी ओढी त्यो रुँद-सीरक । | ||
आफैं शिशिर लेट्यो कि पन्छाई | आफैं शिशिर लेट्यो कि पन्छाई रवि-दीपक ? | ||
{{pcn|३२}} | {{pcn|३२}} | ||
Line 34: | Line 34: | ||
{{pcn|३३}} | {{pcn|३३}} | ||
दिक्क-गर्छ सबैलाई माघको सिम्सिमे झरी । | |||
ज्यादा कचकचे चाङ्ने | ज्यादा कचकचे चाङ्ने घर-खोते बुढो-सरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:30, 23 May 2025
२५
पानी कठै! छुनासाथ असाध्य ठिहिर्याउँछ ।
बिच्छीका डङ्कको ज्वाला तालु-सम्म पुर्याउँछ ॥
२६
जीवको जीवनाऽऽधार सूर्य, अग्नि, रुवा, उन ।
नपाये चारमा यौटा बन्छ निर्जीव जीवन ॥
२७
आकाश रुँदिंदै आयो केही मैलो-पना धरी ।
भित्री कुकर्म-चिन्ताले सतायेको मनै-सरी ॥
२८
रुँदियेका दिनै सारा बिकम्बा छन् कठैबरी !
दुर्भाग्य दोषले ज्यादा दबायेका गुणी-सरी ॥
२९
अँध्यारो रुँदले गर्दा अँध्यारामा बिते दिन ।
उज्यालो मुक्त-चेष्टा झैं नष्ट भो सूर्य-दर्शन ॥
३०
रुँदका रूपमा यद्वा शीत-व्याकुल लोकको ।
आकाशमा गिर्यो लामू पर्दा मलिन शोकको ॥
३१
हिमको तकिया तानी ओढी त्यो रुँद-सीरक ।
आफैं शिशिर लेट्यो कि पन्छाई रवि-दीपक ?
३२
हटदैन बिना बूँद मैलो रुँद कसै गरी ।
आँशु केही नवर्षाई शोक जान्थ्यो कहाँ टरी ॥
३३
दिक्क-गर्छ सबैलाई माघको सिम्सिमे झरी ।
ज्यादा कचकचे चाङ्ने घर-खोते बुढो-सरी ॥