Page:Shakuntala.pdf/278: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बाटो मीढी छ ठण्डा दुद्द लहर फुली वृक्ष राम्रा मिलेर । | |||
::वल्लीले बेह्टिएको कसुमहरु भरी द्वार भित्री छ रम्य ॥ | |||
लच्केकी बाटुली भै मगमग महिला हल्लिदो मन्द मन्द । | |||
::बोल्छन् मीठा करा भै विहग वनविषे त्यो नजीकै बसेर ॥ | |||
{{pcn|(२३)}} | |||
पस्दा देखे फुलेको सुरप्रवर झै त्यो हरा पृष्पविश्व । | |||
::ठण्डा हाँगाहरूमा किशालय हलुका नृत्य गर्दा हवामा ॥ | |||
नास्ता झै मग्मगायो प्रथम श्रवणमा पड्खले चुल्गुलायो । | |||
::आँखाले रङ्ग पायो अनि जिउभरमा सौख्य नै सर्सरायो ॥ | |||
{{pcn|(२४)}} | |||
बन्थे चङ्गी र रङ्गी अनि धवल सबै ढब्गका ती मयूर । | |||
::लामो त्यो लत्रिएको पहिरन प्रकृत स्वाद लच्काउँदा ती ॥ | |||
'काँ कौ केकाँ' कराई वरपर चिडियाका उडे झै घिराज । | |||
::जँचा हाँगाहरूमा ढलिमलि कहिले गर्दथे वृक्षमाझ ॥ | |||
{{pcn|(२५)}} | |||
चीभै, फिस्टो, मुनीया, परभूति प्रभृति प्रेमका पड्खनाना । | |||
::सारौं, घोबी, भँगेरा धरि थरि रँगका स्वर्गपक्षी उज्याला ॥ | |||
इगा, मैना, परेवा, पदु, राखिकदुवा, गौंयली औ जुरेली । | |||
::बोल्थे नाच्थे र झुल्थे कसुमनिकरको हर्म्यमा खेल खेली ॥ | |||
{{pcn|(२६)}} | |||
आरू, लाली लिएका घवल कसुमकी नासपाती, अनार । | |||
::राती, काँढा छिपेकी, जुइहरु सुन झैं जाइ बेली बहार ॥ | |||
चम्पा, गाभा, गुरांसे गुनकसि कमली कामिनी काइँयो र । | |||
::सुन्पाते, नीलपाते, कस्महरु त्यहाँ क्या मिसिन्धे अपार ॥ | |||
{{pcn|(२७)}} | |||
फुर्फुर्गदी छ पक्षीसद्श उ पुतली फूल जस्ती रँगीन । | |||
::मानो फूलै उडे झै कसुमरस लिने वन्य सानो परी झैं ॥ | |||
नृष्टा छिर्का परेकी सुरधनुषभरीका मिही रङ्गबाट । | |||
::ठाँटेकी झै हल्ृका कसुम भ्रतुहरूकी तपस्यासमान ॥ | |||
{{pcn|(२८)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:47, 22 May 2025
बाटो मीढी छ ठण्डा दुद्द लहर फुली वृक्ष राम्रा मिलेर ।
वल्लीले बेह्टिएको कसुमहरु भरी द्वार भित्री छ रम्य ॥
लच्केकी बाटुली भै मगमग महिला हल्लिदो मन्द मन्द ।
बोल्छन् मीठा करा भै विहग वनविषे त्यो नजीकै बसेर ॥
(२३)
पस्दा देखे फुलेको सुरप्रवर झै त्यो हरा पृष्पविश्व ।
ठण्डा हाँगाहरूमा किशालय हलुका नृत्य गर्दा हवामा ॥
नास्ता झै मग्मगायो प्रथम श्रवणमा पड्खले चुल्गुलायो ।
आँखाले रङ्ग पायो अनि जिउभरमा सौख्य नै सर्सरायो ॥
(२४)
बन्थे चङ्गी र रङ्गी अनि धवल सबै ढब्गका ती मयूर ।
लामो त्यो लत्रिएको पहिरन प्रकृत स्वाद लच्काउँदा ती ॥
'काँ कौ केकाँ' कराई वरपर चिडियाका उडे झै घिराज ।
जँचा हाँगाहरूमा ढलिमलि कहिले गर्दथे वृक्षमाझ ॥
(२५)
चीभै, फिस्टो, मुनीया, परभूति प्रभृति प्रेमका पड्खनाना ।
सारौं, घोबी, भँगेरा धरि थरि रँगका स्वर्गपक्षी उज्याला ॥
इगा, मैना, परेवा, पदु, राखिकदुवा, गौंयली औ जुरेली ।
बोल्थे नाच्थे र झुल्थे कसुमनिकरको हर्म्यमा खेल खेली ॥
(२६)
आरू, लाली लिएका घवल कसुमकी नासपाती, अनार ।
राती, काँढा छिपेकी, जुइहरु सुन झैं जाइ बेली बहार ॥
चम्पा, गाभा, गुरांसे गुनकसि कमली कामिनी काइँयो र ।
सुन्पाते, नीलपाते, कस्महरु त्यहाँ क्या मिसिन्धे अपार ॥
(२७)
फुर्फुर्गदी छ पक्षीसद्श उ पुतली फूल जस्ती रँगीन ।
मानो फूलै उडे झै कसुमरस लिने वन्य सानो परी झैं ॥
नृष्टा छिर्का परेकी सुरधनुषभरीका मिही रङ्गबाट ।
ठाँटेकी झै हल्ृका कसुम भ्रतुहरूकी तपस्यासमान ॥
(२८)