Jump to content

Page:Ritubichar.pdf/59: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:


{{pcn|४४}}
{{pcn|४४}}
काठ्ठियेर सदा रुन्छन् सारा वृक्षलताहरू
काठ्ठियेर सदा रुन्छन् सारा वृक्ष-लताहरू
शीतका रूपमा आँशु चुहायेर धुरूधुरू
शीतका रूपमा आँशु चुहायेर धुरू-धुरू


{{pcn|४५}}
{{pcn|४५}}
लतावृक्ष तुषाराले सब पार्यो थिलोथिलो ।
लता-वृक्ष तुषाराले सब पार्यो थिलोथिलो ।
जिङ्रिङ्ङ वन देखिन्छ, शोभाशून्य उराठिलो ॥
जिङ्‌रिङ्‌ङ वन देखिन्छ, शोभा-शून्य उराठिलो ॥


{{pcn|४६}}
{{pcn|४६}}
पक्षी कठै पखेटाको तुषारो टक्टक्याउन ।
पक्षी कठै! पखेटाको तुषारो टक्टक्याउन ।
चाहन्छन् काठ्ठियेका छन्, सक्तैनन् फट्फटाउन ॥
चाहन्छन् काठ्ठियेका छन्, सक्तैनन् फट्फटाउन ॥


{{pcn|४७}}
{{pcn|४७}}
न चराको कतै रङ्ग, न कतै पुष्पपल्लव
न चराको कतै रङ्ग, न कतै पुष्प-पल्लव
तुषारामा डुब्यो सारा वनको महिमा सब ॥
तुषारामा डुब्यो सारा वनको महिमा सब ॥


Line 27: Line 27:
{{pcn|४९}}
{{pcn|४९}}
देखिये तुहिनाऽऽक्रान्त लता, वृक्ष, वनस्पति ।
देखिये तुहिनाऽऽक्रान्त लता, वृक्ष, वनस्पति ।
आलस्यले अँठ्यायेका जातिजस्तै हतद्युति
आलस्यले अँठ्यायेका जाति-जस्तै हत-द्युति


{{pcn|५०}}
{{pcn|५०}}
जराले जीवको दिव्य यौवनज्योति झैं सब ।
जराले जीवको दिव्य यौवन-ज्योति झैं सब ।
दबायो शीतधाराले शरत्को पुष्पगौरव
दबायो शीत-धाराले शरत्‌को पुष्प-गौरव


{{pcn|५१}}
{{pcn|५१}}
घुम्टो हालेर हुस्सूको शीतधारा चुहाउँदै ।
घुम्टो हालेर हुस्सूको शीत-धारा चुहाउँदै ।
बिहानमा अँध्यारी भै रुन्छिन् प्रकृति नै सधैं ॥
बिहानमा अँध्यारी भै रुन्छिन् प्रकृति नै सधैं ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 18:25, 21 May 2025

This page has been proofread

४३
हेर्दा तुषारो राम्रो छ, कुल्चँदा र समाउँदा ।
पारी कक्रक्क तत्कालै सातो हर्दछ सर्वदा ॥

४४
काठ्ठियेर सदा रुन्छन् सारा वृक्ष-लताहरू ।
शीतका रूपमा आँशु चुहायेर धुरू-धुरू ॥

४५
लता-वृक्ष तुषाराले सब पार्यो थिलोथिलो ।
जिङ्‌रिङ्‌ङ वन देखिन्छ, शोभा-शून्य उराठिलो ॥

४६
पक्षी कठै! पखेटाको तुषारो टक्टक्याउन ।
चाहन्छन् काठ्ठियेका छन्, सक्तैनन् फट्फटाउन ॥

४७
न चराको कतै रङ्ग, न कतै पुष्प-पल्लव ।
तुषारामा डुब्यो सारा वनको महिमा सब ॥

४८
हरायो शीतको मारे वृक्षको बढने गति ।
अँठ्यायेपछि अर्काले कसको हुन्छ उन्नति ?

४९
देखिये तुहिनाऽऽक्रान्त लता, वृक्ष, वनस्पति ।
आलस्यले अँठ्यायेका जाति-जस्तै हत-द्युति ॥

५०
जराले जीवको दिव्य यौवन-ज्योति झैं सब ।
दबायो शीत-धाराले शरत्‌को पुष्प-गौरव ॥

५१
घुम्टो हालेर हुस्सूको शीत-धारा चुहाउँदै ।
बिहानमा अँध्यारी भै रुन्छिन् प्रकृति नै सधैं ॥