Page:Ritubichar.pdf/48: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|५२}} | {{pcn|५२}} | ||
पद्मका पुष्पले | पद्मका पुष्पले पद्म-पोखरी ढकमक्क छ । | ||
सुगन्धको मजा पाई हावा सारा गमक्क छ ॥ | सुगन्धको मजा पाई हावा सारा गमक्क छ ॥ | ||
Line 11: | Line 11: | ||
{{pcn|५४}} | {{pcn|५४}} | ||
सुनौला रङ्गका ताजा चिल्ला केशरले गरी । | सुनौला रङ्गका ताजा चिल्ला केशरले गरी । | ||
सुवर्ण-मय देखिन्छन् सारा कमल-पोखरी ॥ | |||
{{pcn|५५}} | {{pcn|५५}} | ||
विधाताले खटायेका | विधाताले खटायेका कमल-द्युति-जाँचमा । | ||
जाँचकी-तुल्य भै घुम्छन् भुमराहरु पुष्पमा ॥ | |||
{{pcn|५६}} | {{pcn|५६}} | ||
लक्ष्मीको वास त्यो खास फक्रेको | लक्ष्मीको वास त्यो खास फक्रेको पद्म-सन्तति । | ||
पायी दिव्य रसप्रेमी भुमरा मस्त छन् अति ॥ | पायी दिव्य रसप्रेमी भुमरा मस्त छन् अति ॥ | ||
{{pcn|५७}} | {{pcn|५७}} | ||
बिस्तारो गतिका साथै खोली दिव्य गला पनि । | बिस्तारो गतिका साथै खोली दिव्य गला पनि । | ||
पद्मका वनमा गर्छन् कलहंस | पद्मका वनमा गर्छन् कलहंस कल-ध्वनि ॥ | ||
{{pcn|५८}} | {{pcn|५८}} | ||
काव्यमा कविको दिव्य | काव्यमा कविको दिव्य कल्पना-शक्तिको सरी । | ||
जलमा अति राम्रो छ हंसको | जलमा अति राम्रो छ हंसको गति-चातुरी ॥ | ||
{{pcn|५९}} | {{pcn|५९}} | ||
Line 34: | Line 34: | ||
{{pcn|६०}} | {{pcn|६०}} | ||
दूध पानी दुवै छान्नै ज्ञानी | दूध पानी दुवै छान्नै ज्ञानी परम-हंस ती । | ||
निराला चालमा चल्छन् को जान्ने तिनका गति ? | निराला चालमा चल्छन् को जान्ने तिनका गति ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:43, 21 May 2025
This page has been proofread
५२
पद्मका पुष्पले पद्म-पोखरी ढकमक्क छ ।
सुगन्धको मजा पाई हावा सारा गमक्क छ ॥
५३
लियो सुगन्ध हावाले मिल्कायो तल केशर ।
तत्त्व पायेपछी फेरि खोष्टाको चाल के छ र ?
५४
सुनौला रङ्गका ताजा चिल्ला केशरले गरी ।
सुवर्ण-मय देखिन्छन् सारा कमल-पोखरी ॥
५५
विधाताले खटायेका कमल-द्युति-जाँचमा ।
जाँचकी-तुल्य भै घुम्छन् भुमराहरु पुष्पमा ॥
५६
लक्ष्मीको वास त्यो खास फक्रेको पद्म-सन्तति ।
पायी दिव्य रसप्रेमी भुमरा मस्त छन् अति ॥
५७
बिस्तारो गतिका साथै खोली दिव्य गला पनि ।
पद्मका वनमा गर्छन् कलहंस कल-ध्वनि ॥
५८
काव्यमा कविको दिव्य कल्पना-शक्तिको सरी ।
जलमा अति राम्रो छ हंसको गति-चातुरी ॥
५९
हावाले जलमा राम्रा लहरी जुन आउँछन् ।
झुलदै उनमा हंस डुङ्गीमा झैं रमाउँछन् ॥
६०
दूध पानी दुवै छान्नै ज्ञानी परम-हंस ती ।
निराला चालमा चल्छन् को जान्ने तिनका गति ?