Page:Bhikari.pdf/28: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
अँधेरि निशिमा परें किरण छाउ हे सुन्दर । | अँधेरि निशिमा परें किरण छाउ हे सुन्दर । | ||
दिनोदय समानको मधुर दृश्य देखाउन | दिनोदय समानको मधुर दृश्य देखाउन | ||
हजारमा मृदुभावका सुकल बोल | हजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन॥ | ||
{{pcn|२}} | {{pcn|२}} |
Latest revision as of 20:15, 20 May 2025
This page has been validated
आफ्नो घर
१
विचार ! घुस तेजिला, हृदयमा उज्यालो भर
अँधेरि निशिमा परें किरण छाउ हे सुन्दर ।
दिनोदय समानको मधुर दृश्य देखाउन
हजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन॥
२
उठोस् सिरिसिरी गरी पवन प्रातको शीतल
समान शुभ-कामना प्रिय सुवासले मञ्जुल ।
उडाउ खग-कल्पना गगन दिव्यमा पूर्वको,
जहाँ, उदय मोहनी सुख छ सत्य-सौन्दर्यको ॥
३
जवाकुसुममा हुने तुहिन-विन्दु झैं निर्मल
सुगोल, रसिला खुला हृदय-पत्रका हुन् जल ।
सुवर्ण रङ झल्किऊन् जलन पग्लिने बादल
नबोल्न सकिने, फिका, लघु विचार झैं कोमल ॥