Jump to content

Page:Ritubichar.pdf/37: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|६१}}
{{pcn|६१}}
छिन्नभिन्न गर्यो मैला भलले मार्ग बेसरी ।
छिन्नभिन्न गर्यो मैला भलले मार्ग बेसरी ।
पाखण्डी लतले हाम्रो राम्रो वेदपथैसरी
पाखण्डी लतले हाम्रो राम्रो वेद-पथै-सरी


{{pcn|६२}}
{{pcn|६२}}
नौनीसमान वर्षाले गालेको भूमिभाग यो ।
नौनी-समान वर्षाले गालेको भूमि-भाग यो ।
करुणाले पगालेको सज्जनैतुल्य देखियो ॥
करुणाले पगालेको सज्जनै-तुल्य देखियो ॥


{{pcn|६३}}
{{pcn|६३}}
कुल्चदामा पनी गज्ज पर्ने मूर्खसमानको
कुल्चदामा पनी गज्ज पर्ने मूर्ख-समानको
हिलो संसारमा निस्क्यो मूर्ति झैं अपमानको ॥
हिलो संसारमा निस्क्यो मूर्ति झैं अपमानको ॥


{{pcn|६४}}
{{pcn|६४}}
लोकोपकारमा जत्ति खर्चन्छ जलसम्पति
लोकोपकारमा जत्ति खर्चन्छ जल-सम्पति
उत्ती उज्यालो देखिन्छ मेघको वदनद्युति
उत्ती उज्यालो देखिन्छ मेघको वदन-द्युति


{{pcn|६५}}
{{pcn|६५}}
बाँध बाँधीदिंदा सोझै चढ्यो पानी कुलाभरी
बाँध बाँधी-दिँदा सोझै चढ्यो पानी कुला-भरी
चित्त रोकी सुषुम्णामा लगेको प्राण झैं गरी ॥
चित्त रोकी सुषुम्णामा लगेको प्राण झैं गरी ॥


{{pcn|६६}}
{{pcn|६६}}
बेसरी गाँजियो रोपो कुलाको जलले गरी ।
बेसरी गाँजियो रोपो कुलाको जलले गरी ।
पुर्खाको धर्मधाराले पह्लायेको कुलैसरी
पुर्खाको धर्मधाराले पह्लायेको कुलै-सरी


{{pcn|६७}}
{{pcn|६७}}
खस्क्यो पर्वतको शोभा अनेक पहिरा परी ।
खस्क्यो पर्वतको शोभा अनेक पहिरा परी ।
दुःखका चोटले गर्दा धीरको धीरतासरी
दुःखका चोटले गर्दा धीरको धीरता-सरी


{{pcn|६८}}
{{pcn|६८}}
अघिका खुर्खुरे नाङ्गा तुच्छ डाँडाहरू पनि ।
अघिका खुर्खुरे नाङ्गा तुच्छ डाँडाहरू पनि ।
तृणसम्पत्ति पायेर बनेर सौन्दर्यका धनी ॥
तृण-सम्पत्ति पायेर बनेर सौन्दर्यका धनी ॥


{{pcn|६९}}
{{pcn|६९}}
ग्रीष्मतप्त वसन्तश्री नुहाई पोखरीमहाँ ।
ग्रीष्म-तप्त वसन्तश्री नुहाई पोखरीमहाँ ।
हाँस्तै जुर्लुङ्ग निस्किन् कि पद्मका रूपभा अहा ?
हाँस्तै जुर्लुङ्ग निस्किन् कि पद्मका रूपमा अहा ?
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 19:36, 20 May 2025

This page has been proofread

६१
छिन्नभिन्न गर्यो मैला भलले मार्ग बेसरी ।
पाखण्डी लतले हाम्रो राम्रो वेद-पथै-सरी ॥

६२
नौनी-समान वर्षाले गालेको भूमि-भाग यो ।
करुणाले पगालेको सज्जनै-तुल्य देखियो ॥

६३
कुल्चदामा पनी गज्ज पर्ने मूर्ख-समानको ।
हिलो संसारमा निस्क्यो मूर्ति झैं अपमानको ॥

६४
लोकोपकारमा जत्ति खर्चन्छ जल-सम्पति ।
उत्ती उज्यालो देखिन्छ मेघको वदन-द्युति ॥

६५
बाँध बाँधी-दिँदा सोझै चढ्यो पानी कुला-भरी ।
चित्त रोकी सुषुम्णामा लगेको प्राण झैं गरी ॥

६६
बेसरी गाँजियो रोपो कुलाको जलले गरी ।
पुर्खाको धर्मधाराले पह्लायेको कुलै-सरी ॥

६७
खस्क्यो पर्वतको शोभा अनेक पहिरा परी ।
दुःखका चोटले गर्दा धीरको धीरता-सरी ॥

६८
अघिका खुर्खुरे नाङ्गा तुच्छ डाँडाहरू पनि ।
तृण-सम्पत्ति पायेर बनेर सौन्दर्यका धनी ॥

६९
ग्रीष्म-तप्त वसन्तश्री नुहाई पोखरीमहाँ ।
हाँस्तै जुर्लुङ्ग निस्किन् कि पद्मका रूपमा अहा ?