Page:Ritubichar.pdf/25: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|६२}} | {{pcn|६२}} | ||
अँध्यारा अत्मरा, खोल्सा, गुफा, डण्डूर यी सब । | अँध्यारा अत्मरा, खोल्सा, गुफा, डण्डूर यी सब । | ||
तापाऽऽर्त | तापाऽऽर्त पशु-पक्षीका विश्राम-स्थान छन् अब ॥ | ||
{{pcn|६३}} | {{pcn|६३}} | ||
असह्य तापका मारे हिजो आज सबै जन । | असह्य तापका मारे हिजो आज सबै जन । | ||
नैष्कर्म्य-सिद्ध योगी झैं घुम्न थाले वनै-वन ॥ | |||
{{pcn|६४}} | {{pcn|६४}} | ||
हिम, चन्दन, कस्तूरी, मुक्ताहार, मृणालमा । | हिम, चन्दन, कस्तूरी, मुक्ताहार, मृणालमा । | ||
व्यग्र देखिन्छ अत्यन्त | व्यग्र देखिन्छ अत्यन्त विलासी-वृन्द हालमा ॥ | ||
{{pcn|६५}} | {{pcn|६५}} | ||
खेतमा खेतिवालाका | खेतमा खेतिवालाका रमणी-जन हालमा । | ||
पैह्रन्छन् | पैह्रन्छन् पसिना-रूप मुक्ताऽऽभूषण भालमा ॥ | ||
{{pcn|६६}} | {{pcn|६६}} | ||
निःशङ्क पिउँछन् पानी सिंहका साथमा मृग । | निःशङ्क पिउँछन् पानी सिंहका साथमा मृग । | ||
एक-देशीयका हुन्छ दुःखैमा ऐक्य सम्भव ॥ | |||
{{pcn|६७}} | {{pcn|६७}} | ||
Line 27: | Line 27: | ||
{{pcn|६८}} | {{pcn|६८}} | ||
निकाली अग्निको ज्वाला आपसैमा भिडीकन । | निकाली अग्निको ज्वाला आपसैमा भिडीकन । | ||
कुरुवंशी-सरी थाल्यो वंश-श्रेणी विनाशिन ॥ | |||
{{pcn|६९}} | {{pcn|६९}} | ||
वेग-साथ बढेको छ डढेलो वनमा अति । | |||
हिन्दूमा | हिन्दूमा सर्व-संहारी फूट झैं भीषणाऽऽकृति ॥ | ||
{{pcn|७०}} | {{pcn|७०}} | ||
उताबाट उता सल्क्यो उताबाट | उताबाट उता सल्क्यो उताबाट उता-तिर । | ||
गर्दै चटचटाऽऽकार | गर्दै चटचटाऽऽकार छोपि-हाल्यो सबै-तिर ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:48, 19 May 2025
This page has been proofread
६२
अँध्यारा अत्मरा, खोल्सा, गुफा, डण्डूर यी सब ।
तापाऽऽर्त पशु-पक्षीका विश्राम-स्थान छन् अब ॥
६३
असह्य तापका मारे हिजो आज सबै जन ।
नैष्कर्म्य-सिद्ध योगी झैं घुम्न थाले वनै-वन ॥
६४
हिम, चन्दन, कस्तूरी, मुक्ताहार, मृणालमा ।
व्यग्र देखिन्छ अत्यन्त विलासी-वृन्द हालमा ॥
६५
खेतमा खेतिवालाका रमणी-जन हालमा ।
पैह्रन्छन् पसिना-रूप मुक्ताऽऽभूषण भालमा ॥
६६
निःशङ्क पिउँछन् पानी सिंहका साथमा मृग ।
एक-देशीयका हुन्छ दुःखैमा ऐक्य सम्भव ॥
६७
पहिले वन गर्मीले उसिनेको समान छ ।
डढेलो उसमा फेरि दुःखको के बयान छ ?
६८
निकाली अग्निको ज्वाला आपसैमा भिडीकन ।
कुरुवंशी-सरी थाल्यो वंश-श्रेणी विनाशिन ॥
६९
वेग-साथ बढेको छ डढेलो वनमा अति ।
हिन्दूमा सर्व-संहारी फूट झैं भीषणाऽऽकृति ॥
७०
उताबाट उता सल्क्यो उताबाट उता-तिर ।
गर्दै चटचटाऽऽकार छोपि-हाल्यो सबै-तिर ॥