Jump to content

Page:Ritubichar.pdf/20: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|१७}}
{{pcn|१७}}
सानातिना नदीनाला नामशेष बने सब ।
साना-तिना नदी-नाला नाम-शेष बने सब ।
विना गाम्भीर्यको व्यक्ति रहन्थ्यो तापमा कब ?
विना गाम्भीर्यको व्यक्ति रहन्थ्यो तापमा कब ?


{{pcn|१८}}
{{pcn|१८}}
देखिन्छ उनमा तातो बलौटे अब केवल ।
देखिन्छ उनमा तातो बलौटे अब केवल ।
विरसी मूर्खको क्रूर चित्त झैं धर्मसङ्कुल
विरसी मूर्खको क्रूर चित्त झैं धर्म-सङ्कुल


{{pcn|१९}}
{{pcn|१९}}
बालुवा टेकनासाथ पैतालाकन पोल्दछ ।
बालुवा टेकना-साथ पैतालाकन पोल्दछ ।
पादप्रहारको मानू जवाफै स्पष्ट बोल्दछ ॥
पाद-प्रहारको मानू जवाफै स्पष्ट बोल्दछ ॥


{{pcn|२०}}
{{pcn|२०}}
Line 27: Line 27:
{{pcn|२३}}
{{pcn|२३}}
नगीचमा पुगी हेर्दा न त्यो चाँदी न त्यो जल ।
नगीचमा पुगी हेर्दा न त्यो चाँदी न त्यो जल ।
झल्कन्छ आँशुका साथै कठै दुर्भाग्यको छल ॥
झल्कन्छ आँशुका साथै कठै! दुर्भाग्यको छल ॥


{{pcn|२४}}
{{pcn|२४}}
घामैको डरले हो कि ? ठूला नदनदी सब ।
घामैको डरले हो कि ? ठूला नद-नदी सब ।
लुकाई लहरीनृत्य खस्के तलतलै अब ॥
लुकाई लहरी-नृत्य खस्के तल-तलै अब ॥


{{pcn|२५}}
{{pcn|२५}}
श्वासप्रश्वासका मात्र दिँदै दुःखित सूचन ।
श्वास-प्रश्वासका मात्र दिँदै दुःखित सूचन ।
गर्छन् पहाडिया खोला डण्डूरैभित्र हुन्हुन ॥
गर्छन् पहाडिया खोला डण्डूरै-भित्र हुन्हुन ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 15:33, 19 May 2025

This page has been proofread

१७
साना-तिना नदी-नाला नाम-शेष बने सब ।
विना गाम्भीर्यको व्यक्ति रहन्थ्यो तापमा कब ?

१८
देखिन्छ उनमा तातो बलौटे अब केवल ।
विरसी मूर्खको क्रूर चित्त झैं धर्म-सङ्कुल ॥

१९
बालुवा टेकना-साथ पैतालाकन पोल्दछ ।
पाद-प्रहारको मानू जवाफै स्पष्ट बोल्दछ ॥

२०
टाढा टिलपिलायेको जल जस्तै मनोहर ।
मसिना बालुवामाथि झल्कन्छन् सूर्यका कर ॥

२१
विशाल मृगतृष्णा त्यो झल्कँदा दूर चम्चम ।
देखिने व्यक्तिमा पर्छ बडो आश्चर्यको भ्रम ॥

२२
कुनै त्यो मृगतृष्णामा चाँदीको भाव धर्दछ ।
पानीका भानले कोही दौडँदै अगि सर्दछ ॥

२३
नगीचमा पुगी हेर्दा न त्यो चाँदी न त्यो जल ।
झल्कन्छ आँशुका साथै कठै! दुर्भाग्यको छल ॥

२४
घामैको डरले हो कि ? ठूला नद-नदी सब ।
लुकाई लहरी-नृत्य खस्के तल-तलै अब ॥

२५
श्वास-प्रश्वासका मात्र दिँदै दुःखित सूचन ।
गर्छन् पहाडिया खोला डण्डूरै-भित्र हुन्हुन ॥