Page:Shakuntala.pdf/241: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बत्तीहरू हुन् सब रूपवाली । | |||
:: | ::धप्की रहेका मृदु सत्य बाली ॥ | ||
धूवाँ त्यहाँ सुन्दर छन् कपाल । | धूवाँ त्यहाँ सुन्दर छन् कपाल । | ||
:: | ::सुवास नै बैंस, सजीव चाल ॥ | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
तताइए हात भएर लाल । | तताइए हात भएर लाल । | ||
::सुक्दै गए | ::सुक्दै गए थुर्थुर अङ्ग राम्रा ॥ | ||
रम्भोरुले वल्कल सेक्न लागे । | रम्भोरुले वल्कल सेक्न लागे । | ||
:: | ::दिनेश डाहा ततिएर जागे ॥ | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
Line 20: | Line 20: | ||
सिँगार पार्ने अब भो तयारी । | सिँगार पार्ने अब भो तयारी । | ||
::ऐना बनाई | ::ऐना बनाई जल-पत्र भारी ॥ | ||
कोरे त्यहाँ रेशमतुल्य केश । | कोरे त्यहाँ रेशमतुल्य केश । | ||
::लौ | ::लौ काइँयाले अब हेर बेस ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
Line 32: | Line 32: | ||
ती केश लामा त्यसरी छुँदामा । | ती केश लामा त्यसरी छुँदामा । | ||
::छन् | ::छन् भृङ्ग चिल्ला रँग टल्किँदामा ॥ | ||
नितम्ब हुन्छन् लहरे र लामा । | नितम्ब हुन्छन् लहरे र लामा । | ||
::न तौल लिन्छन् हलुका हुँदामा ॥ | ::न तौल लिन्छन् हलुका हुँदामा ॥ |
Latest revision as of 18:46, 18 May 2025
This page has been proofread
बत्तीहरू हुन् सब रूपवाली ।
धप्की रहेका मृदु सत्य बाली ॥
धूवाँ त्यहाँ सुन्दर छन् कपाल ।
सुवास नै बैंस, सजीव चाल ॥
(२७)
तताइए हात भएर लाल ।
सुक्दै गए थुर्थुर अङ्ग राम्रा ॥
रम्भोरुले वल्कल सेक्न लागे ।
दिनेश डाहा ततिएर जागे ॥
(२८)
हाँसी प्रसन्ना सुख-वल्कला ती ।
फुली उज्याला मुखमा गुलाफ ॥
सुवास वार्तासित कण्ठ-डाँठ ।
हिलेर चल्छन् वनका हवामा ॥
(२९)
सिँगार पार्ने अब भो तयारी ।
ऐना बनाई जल-पत्र भारी ॥
कोरे त्यहाँ रेशमतुल्य केश ।
लौ काइँयाले अब हेर बेस ॥
(३०)
फेटेर पानीसित तेललाई ।
टलक्क पारीकन केशलाई ॥
चिल्ला दुवै हात सरक्क पारी ।
प्रियम्वदा छन् रहँदी मुसारी ॥
(३१)
ती केश लामा त्यसरी छुँदामा ।
छन् भृङ्ग चिल्ला रँग टल्किँदामा ॥
नितम्ब हुन्छन् लहरे र लामा ।
न तौल लिन्छन् हलुका हुँदामा ॥
(३२)