Page:Shakuntala.pdf/239: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
अहो ! चिसो चौपट ! यो बतास- | अहो ! चिसो चौपट ! यो बतास- | ||
::मात्रै छ, क्या | ::मात्रै छ, क्या स्नानसमान खास ॥" | ||
भनेर त्यो वल्कल क्यै सँभाली । | भनेर त्यो वल्कल क्यै सँभाली । | ||
::ढाक्छिन् गला सुन्दर आधि खाली ॥ | ::ढाक्छिन् गला सुन्दर आधि खाली ॥ | ||
Line 8: | Line 8: | ||
झन् सम्झनाले मन हुन्छ चीसो । | झन् सम्झनाले मन हुन्छ चीसो । | ||
::झन् | ::झन् अङ्ग सम्झी परिधान चल्छ ॥ | ||
सुसेल्न खोज्ने दुई ओठ | सुसेल्न खोज्ने दुई ओठ बन्छन् । | ||
::" | ::"आगो बनाऊँ ? सखि" चारु भन्छिन् ॥ | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
झींझा बटुल्दा कर लाल लाल । | |||
::पुगे सलीला | ::पुगे सलीला अब मालिनीमा ॥ | ||
मिल्काइ ढुङ्गा | मिल्काइ ढुङ्गा दुइ लाइ चट्ट । | ||
::रुओ फुकी चारु सुचारु | ::रुओ फुकी चारु सुचारु बन्छिन् ॥ | ||
फुलेर गाला अलि यत्नवाला । | फुलेर गाला अलि यत्नवाला । | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
Line 22: | Line 22: | ||
तताउँदा आँग र चारु गाला । | तताउँदा आँग र चारु गाला । | ||
::लाली चढी आज गुलाब बन्दी ॥ | ::लाली चढी आज गुलाब बन्दी ॥ | ||
ज्याला | ज्याला पहेंला अनि लाल सामु । | ||
::लाग्छन् उषा सुन्दर मलाई ॥ | ::लाग्छन् उषा सुन्दर झैं मलाई ॥ | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
"को हुन्छ | "को हुन्छ हामीहरुमा' पहीला ? | ||
::लौ एक, दो, तीन" भनी सुनाई ॥ | ::लौ एक, दो, तीन" भनी सुनाई ॥ | ||
आफैं पहीली अब चारु | आफैं पहीली अब चारु कुद्छिन् । | ||
::उठाउँदी ती सब चारु साथी ॥ | ::उठाउँदी ती सब चारु साथी ॥ | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
छिटो चनाखा क्षण एक दिव्य । | |||
::देख्थ्यो त्यहाँ स्नान अवर्णनीय ॥ | ::देख्थ्यो त्यहाँ स्नान अवर्णनीय ॥ | ||
दया भयो | दया भयो शैशिर त्यो सुनौला । | ||
:: | ::पङ्खी भई चट्ट उडेछ स्वर्ग ॥ | ||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:34, 18 May 2025
अहो ! चिसो चौपट ! यो बतास-
मात्रै छ, क्या स्नानसमान खास ॥"
भनेर त्यो वल्कल क्यै सँभाली ।
ढाक्छिन् गला सुन्दर आधि खाली ॥
(१५)
झन् सम्झनाले मन हुन्छ चीसो ।
झन् अङ्ग सम्झी परिधान चल्छ ॥
सुसेल्न खोज्ने दुई ओठ बन्छन् ।
"आगो बनाऊँ ? सखि" चारु भन्छिन् ॥
(१६)
झींझा बटुल्दा कर लाल लाल ।
पुगे सलीला अब मालिनीमा ॥
मिल्काइ ढुङ्गा दुइ लाइ चट्ट ।
रुओ फुकी चारु सुचारु बन्छिन् ॥
फुलेर गाला अलि यत्नवाला ।
(१७)
तताउँदा आँग र चारु गाला ।
लाली चढी आज गुलाब बन्दी ॥
ज्याला पहेंला अनि लाल सामु ।
लाग्छन् उषा सुन्दर झैं मलाई ॥
(१८)
"को हुन्छ हामीहरुमा' पहीला ?
लौ एक, दो, तीन" भनी सुनाई ॥
आफैं पहीली अब चारु कुद्छिन् ।
उठाउँदी ती सब चारु साथी ॥
(१९)
छिटो चनाखा क्षण एक दिव्य ।
देख्थ्यो त्यहाँ स्नान अवर्णनीय ॥
दया भयो शैशिर त्यो सुनौला ।
पङ्खी भई चट्ट उडेछ स्वर्ग ॥
(२०)