Page:Bhikari.pdf/22: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 9: | Line 9: | ||
:::कुन देवपुरीमा जाने हो ? | :::कुन देवपुरीमा जाने हो ? | ||
हाडहरूका सुन्दर खम्बा, | हाडहरूका सुन्दर खम्बा, | ||
:::मांस पिण्डका दिवार | :::मांस पिण्डका दिवार ! | ||
मस्तिष्कको यो सुनको छाना, | मस्तिष्कको यो सुनको छाना, | ||
:::इन्द्रियहरूका द्वार । | :::इन्द्रियहरूका द्वार । | ||
नसा-नदीका तरल तरङ्ग, | नसा-नदीका तरल तरङ्ग, | ||
:::मन्दिर आफू अपार | :::मन्दिर आफू अपार ! | ||
कुन मन्दिरमा जान्छौ यात्री, | कुन मन्दिरमा जान्छौ यात्री, | ||
:::कुन मन्दिरको द्वार ? | :::कुन मन्दिरको द्वार ? |
Latest revision as of 09:18, 18 May 2025
This page has been validated
यात्री
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूजा गर्ने,
साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी,
कुन देवपुरीमा जाने हो ?
हाडहरूका सुन्दर खम्बा,
मांस पिण्डका दिवार !
मस्तिष्कको यो सुनको छाना,
इन्द्रियहरूका द्वार ।
नसा-नदीका तरल तरङ्ग,
मन्दिर आफू अपार !
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा
जगदीश्वरको राज ।