Page:Shakuntala.pdf/230: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
आफैं दिए पति भनीकन मिल्छ आफू । | |||
::बिर्सेर आफुकन लीन बनेर बस्नू ॥ | ::बिर्सेर आफुकन लीन बनेर बस्नू ॥ | ||
केही नगर्नु पतिका सँगमा विरोध । | केही नगर्नु पतिका सँगमा विरोध । | ||
::सल्लाहसम्म | ::सल्लाहसम्म दिनु, विकृति मात्र शोध ॥ | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
आत्मासमान पतिकी बुझ नित्य नारी । | आत्मासमान पतिकी बुझ नित्य नारी । | ||
::आत्मा | ::आत्मा तथैव पति हुन् गृहिणीहरूका ॥ | ||
बेलीसमान | बेलीसमान दृइ छन् रस एक पाई । | ||
::फुल्दा सुवाससँग मर्न र ज्यूनलाई ॥ | ::फुल्दा सुवाससँग मर्न र ज्यूनलाई ॥ | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
जो | जो बृद्धि झैं विकृतिभित्र रहेर बोल्छे । | ||
::'यो | ::'यो ठीक यो उचित यो छ खराब' भन्दै ॥ | ||
क्रोधाग्निमा जल दिने, पर सार्न मोह ! | |||
::नारी छ शान्ति तहलाउन आत्मद्रोह ॥ | ::नारी छ शान्ति तहलाउन आत्मद्रोह ॥ | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
नारी गृहस्थिहरुकी | नारी गृहस्थिहरुकी मुटुतुल्य जान । | ||
::हुन्छन् अडेर रहने उसबीच प्राण ॥ | ::हुन्छन् अडेर रहने उसबीच प्राण ॥ | ||
त्यो दूषिता हुन गए सन | त्यो दूषिता हुन गए सन गड्बडिन्छ । | ||
::त्यो बिग्रिए गृह त्यसै शवतुल्य | ::त्यो बिग्रिए गृह त्यसै शवतुल्य हुन्छ ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
आचारभित्र | आचारभित्र रहनू रति फेरि मासा । | ||
::सद्भावभित्र व्यवहार लिएर खासा ॥ | ::सद्भावभित्र व्यवहार लिएर खासा ॥ | ||
धर्मैबिना घर चिता शव हुन् निवासी । | |||
:: | ::कर्मैबिना मरुसमान छ शून्य गेह ॥ | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
जो सभ्यता छ जगमा | जो सभ्यता छ जगमा सब गेहबाट । | ||
::जन्मिन्छ, पोषहरु पाउँछ भित्रबाट ॥ | ::जन्मिन्छ, पोषहरु पाउँछ भित्रबाट ॥ | ||
आचारबाट लहराहरु बासदार । | आचारबाट लहराहरु बासदार । |
Latest revision as of 07:05, 18 May 2025
आफैं दिए पति भनीकन मिल्छ आफू ।
बिर्सेर आफुकन लीन बनेर बस्नू ॥
केही नगर्नु पतिका सँगमा विरोध ।
सल्लाहसम्म दिनु, विकृति मात्र शोध ॥
(२३)
आत्मासमान पतिकी बुझ नित्य नारी ।
आत्मा तथैव पति हुन् गृहिणीहरूका ॥
बेलीसमान दृइ छन् रस एक पाई ।
फुल्दा सुवाससँग मर्न र ज्यूनलाई ॥
(२४)
जो बृद्धि झैं विकृतिभित्र रहेर बोल्छे ।
'यो ठीक यो उचित यो छ खराब' भन्दै ॥
क्रोधाग्निमा जल दिने, पर सार्न मोह !
नारी छ शान्ति तहलाउन आत्मद्रोह ॥
(२५)
नारी गृहस्थिहरुकी मुटुतुल्य जान ।
हुन्छन् अडेर रहने उसबीच प्राण ॥
त्यो दूषिता हुन गए सन गड्बडिन्छ ।
त्यो बिग्रिए गृह त्यसै शवतुल्य हुन्छ ॥
(२६)
आचारभित्र रहनू रति फेरि मासा ।
सद्भावभित्र व्यवहार लिएर खासा ॥
धर्मैबिना घर चिता शव हुन् निवासी ।
कर्मैबिना मरुसमान छ शून्य गेह ॥
(२७)
जो सभ्यता छ जगमा सब गेहबाट ।
जन्मिन्छ, पोषहरु पाउँछ भित्रबाट ॥
आचारबाट लहराहरु बासदार ।
फुल्छन् प्रसूनजगमा सब सभ्य सार ॥
(२८)