Page:Shakuntala.pdf/229: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
::थाँक्रो दिएर धृतिको अनि शीत पानी ॥ | ::थाँक्रो दिएर धृतिको अनि शीत पानी ॥ | ||
राम्रो दिएर यसको गर छाँट-काँट । | राम्रो दिएर यसको गर छाँट-काँट । | ||
::फुल्नेछ यो | ::फुल्नेछ यो सकल मग्मग दिव्य ठाँट ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
Line 11: | Line 11: | ||
राख्नू सदा हृदयमा अति सूक्ष्म तौल । | राख्नू सदा हृदयमा अति सूक्ष्म तौल । | ||
::जानेर चीजहरुको सब मोल तोल ॥ | ::जानेर चीजहरुको सब मोल तोल ॥ | ||
गर्नू सिँगार तर ठीक रिझाउनाको । | |||
::ज्यादा नगर्नु नखरा | ::ज्यादा नगर्नु नखरा नबनोस् तमाशा ॥ | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
Line 18: | Line 18: | ||
::सारा रिझाउँछ छ जान त्यही स्वभाव ॥ | ::सारा रिझाउँछ छ जान त्यही स्वभाव ॥ | ||
सत्को प्रवृत्ति लिनु या सुखको बहाव । | सत्को प्रवृत्ति लिनु या सुखको बहाव । | ||
::पाइन्छ, सुन्दर सबै | ::पाइन्छ, सुन्दर सबै बुझ सत्य भाव ॥ | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
भित्री कुराहरु रहे सब ठीक | भित्री कुराहरु रहे सब ठीक ठीक । | ||
::सौन्दर्य खुल्छ सहजैसँग एक एक ॥ | ::सौन्दर्य खुल्छ सहजैसँग एक एक ॥ | ||
तारासमान मनमा सब भाव पारी । | तारासमान मनमा सब भाव पारी । | ||
Line 28: | Line 28: | ||
जो धूर्तता छ उसमा पनि सार छैन । | जो धूर्तता छ उसमा पनि सार छैन । | ||
:: | ::सत् नै कला छ प्रभुको त्यसमा छ छैन ॥ | ||
जो | जो नीती हो उकन सत्य दिए अडान । | ||
::सप्रिन्छ बन्छ | ::सप्रिन्छ बन्छ सब जीवन नित्य जान ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
यौटै छ ईश्वर उ भो पतिदेव | यौटै छ ईश्वर उ भो पतिदेव खास । | ||
:: | ::शृङ्गारतुल्य दुनियाँ दुइको प्रकाश ॥ | ||
यौटा धिराज | यौटा धिराज दिलको छ अनन्त आश । | ||
:: | ::बन्नू प्रसन्न दिल अर्पिनको सुवास ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 07:00, 18 May 2025
फुल्दो लतासरि छ यो बुझ जिन्दगानी ।
थाँक्रो दिएर धृतिको अनि शीत पानी ॥
राम्रो दिएर यसको गर छाँट-काँट ।
फुल्नेछ यो सकल मग्मग दिव्य ठाँट ॥
(१७)
जो लोभ मोह मद छन् तिनबाट वक्र ।
बन्दै स्वभाव, सब उल्टिन जान्छ चक्र ॥
राख्नू सदा हृदयमा अति सूक्ष्म तौल ।
जानेर चीजहरुको सब मोल तोल ॥
गर्नू सिँगार तर ठीक रिझाउनाको ।
ज्यादा नगर्नु नखरा नबनोस् तमाशा ॥
(१८)
जो पाइँदैन सहजै, जसको प्रभाव ।
सारा रिझाउँछ छ जान त्यही स्वभाव ॥
सत्को प्रवृत्ति लिनु या सुखको बहाव ।
पाइन्छ, सुन्दर सबै बुझ सत्य भाव ॥
(१९)
भित्री कुराहरु रहे सब ठीक ठीक ।
सौन्दर्य खुल्छ सहजैसँग एक एक ॥
तारासमान मनमा सब भाव पारी ।
चल्नू सदिव्य गति स्वर्गिक मार्गचारी ॥
(२०)
जो धूर्तता छ उसमा पनि सार छैन ।
सत् नै कला छ प्रभुको त्यसमा छ छैन ॥
जो नीती हो उकन सत्य दिए अडान ।
सप्रिन्छ बन्छ सब जीवन नित्य जान ॥
(२१)
यौटै छ ईश्वर उ भो पतिदेव खास ।
शृङ्गारतुल्य दुनियाँ दुइको प्रकाश ॥
यौटा धिराज दिलको छ अनन्त आश ।
बन्नू प्रसन्न दिल अर्पिनको सुवास ॥
(२२)