Jump to content

Page:Munamadan.pdf/43: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 8: Line 8:
::::रुन, पाउमा म आएँ !
::::रुन, पाउमा म आएँ !
मुटुमा गाँठो पारेर हेर्छ्यौ ! नजर फिर्‍यो नि !
मुटुमा गाँठो पारेर हेर्छ्यौ ! नजर फिर्‍यो नि !
नछाड आमा ! फर्क न , फर्क, टुहुरो मर्‍यो नि !
नछाड आमा ! फर्क न फर्क, टुहुरो मर्‍यो नि !
::::आमा ! टुहुरो मर्‍यो नि !
::::आमा ! टुहुरो मर्‍यो नि !
म आएँ आमा ! म दु:ख दिन कोखमा पसेको !
म आएँ आमा ! म दु:ख दिन कोखमा पसेको !

Latest revision as of 15:38, 9 May 2025

This page has been validated

पापीको मुख हेर न आमा ! मलाई हेर न !
म आएँ आमा ! म पापी आमा ! मलाई हेर न !
आमा ! मलाई हेर न !
किन नि टाढा हेरेको त्यस्तो ! म आएँ, म आएँ !
नजर फेरि फिराऊ यता, रोएर कराएँ !
रुन, पाउमा म आएँ !
मुटुमा गाँठो पारेर हेर्छ्यौ ! नजर फिर्‍यो नि !
नछाड आमा ! फर्क न फर्क, टुहुरो मर्‍यो नि !
आमा ! टुहुरो मर्‍यो नि !
म आएँ आमा ! म दु:ख दिन कोखमा पसेको !
बुढेसकाल छाडेर छुरी मुटुमा धसेको !
छुरी मुटुमा धसेको !
मदन भन्ने म पापी छोरो चिन्यौ कि चिनिनौ ?
'आइछस् बाबू !' भनेर हरे ! मुखले भनिनौ !
आमा ! चिन्यौ कि चिनिनौ ?
मुखले तिम्रो नबोले पनि आँखाले बोल्दछ !
यो तिम्रो दशा देखेर आमा ! कलेजा जल्दछ !
आमा ! कलेजा जल्दछ !
सुसार तिम्रो गर्न नै मैले पापी भै पाइनँ !
गरुँला भन्ने मनमै रह्यो, म अघि आइनँ !
हरे ! म अघि आइनँ !
क्या शान्ति छायो मुखमा तिम्रो ! हे आमा ! बोल न,
अमृत जस्तो वचन तिम्रो हृदय खोल न !
आमा ! एक फेरा बोल न !
हे मेरी आमा ! मलाई हेरी नजर रसाए,
कलिलो त्यस्तो हृदय मैले कसरी बिझाएँ ?
आमा ! कसरी बिझाएँ ?