Page:Tarun tapasi.pdf/126: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} पछी हामी प्यारा विविध उनका सन्तति भयौं ::धरामा बिस्तारै क्रमसित सबै फैलिन गयौं। बढ्यौं डाँडाकाँडातक सकल छोपी अलि दिन ::पछी घट्तै आयौं नियतिवश लाग्यो र कुदिन..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|६}} | {{pcn|६}} | ||
पछी हामी प्यारा विविध उनका सन्तति भयौं | पछी हामी प्यारा विविध उनका सन्तति भयौं | ||
::धरामा बिस्तारै क्रमसित सबै फैलिन | ::धरामा बिस्तारै क्रमसित सबै फैलिन गयौं । | ||
बढ्यौं डाँडाकाँडातक सकल छोपी अलि दिन | बढ्यौं डाँडाकाँडातक सकल छोपी अलि दिन | ||
::पछी घट्तै आयौं नियतिवश लाग्यो र | ::पछी घट्तै आयौं नियतिवश लाग्यो र कुदिन ॥ | ||
{{pcn|७}} | {{pcn|७}} | ||
विधाताको हाम्रा उपर करुणागौरव छँदै | विधाताको हाम्रा उपर करुणागौरव छँदै | ||
::धरित्रीमा अन्धो मनुजकुलको जन्म | ::धरित्रीमा अन्धो मनुजकुलको जन्म नहुँदै । | ||
बितेका हाम्रा ती शुभ दिवस यद्वा शुभ घडी | बितेका हाम्रा ती शुभ दिवस यद्वा शुभ घडी | ||
::थिये मानू भाग्योदयजनित बुट्टा | ::थिये मानू भाग्योदयजनित बुट्टा फुलजडी ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
पछी उस्ले अन्धो मनुज जहिले सिर्जन गर्यो | पछी उस्ले अन्धो मनुज जहिले सिर्जन गर्यो | ||
::वहाँदेखी हाम्रो सकल कुलमा संशय | ::वहाँदेखी हाम्रो सकल कुलमा संशय पर्यो । | ||
घट्यो आयुर्दाको अवधि, भयको सङ्क्रम भयो | घट्यो आयुर्दाको अवधि, भयको सङ्क्रम भयो | ||
::कठै हाम्रो हत्या उस मनुजबाटै शुरु | ::कठै हाम्रो हत्या उस मनुजबाटै शुरु भयो ॥ | ||
{{pcn|९}} | {{pcn|९}} | ||
खुला यद्वा नाङ्गा विकट पट मैदान छ जहाँ | खुला यद्वा नाङ्गा विकट पट मैदान छ जहाँ | ||
::धरित्रीको छाती अपढ दुनियाँ चिर्दछ | ::धरित्रीको छाती अपढ दुनियाँ चिर्दछ जहाँ । | ||
वहाँका बासिन्दा अघि सब उनै बान्धव थिये | वहाँका बासिन्दा अघि सब उनै बान्धव थिये | ||
::जथाभावी जस्को मनुजहरुले जीवन | ::जथाभावी जस्को मनुजहरुले जीवन लिये ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
धरा प्यारी छोरी, प्रकृति जननी खास, उनले | धरा प्यारी छोरी, प्रकृति जननी खास, उनले | ||
::दियेका, छोरीका उपर खुशि भै शुद्ध | ::दियेका, छोरीका उपर खुशि भै शुद्ध मनले । | ||
थिये नानारङ्गी विविध तपसीरूप गहना | थिये नानारङ्गी विविध तपसीरूप गहना | ||
::उतार्दा ती सारा मनुज गनियो मूर्ख | ::उतार्दा ती सारा मनुज गनियो मूर्ख कमिना ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
सहन्छन् जो बाधा मनुज, उस भन्दा शतगुणा | सहन्छन् जो बाधा मनुज, उस भन्दा शतगुणा | ||
::सही चर्को बाधा जलदसित मागी | ::सही चर्को बाधा जलदसित मागी जलकणा । | ||
धराको वर्षेनी ज्वर मथर गर्ने सब इनै | धराको वर्षेनी ज्वर मथर गर्ने सब इनै | ||
::तपस्वी हुन्, यस्ता सुरअसुर छैनन् अरु | ::तपस्वी हुन्, यस्ता सुरअसुर छैनन् अरु कुनै ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:12, 6 May 2025
६
पछी हामी प्यारा विविध उनका सन्तति भयौं
धरामा बिस्तारै क्रमसित सबै फैलिन गयौं ।
बढ्यौं डाँडाकाँडातक सकल छोपी अलि दिन
पछी घट्तै आयौं नियतिवश लाग्यो र कुदिन ॥
७
विधाताको हाम्रा उपर करुणागौरव छँदै
धरित्रीमा अन्धो मनुजकुलको जन्म नहुँदै ।
बितेका हाम्रा ती शुभ दिवस यद्वा शुभ घडी
थिये मानू भाग्योदयजनित बुट्टा फुलजडी ॥
८
पछी उस्ले अन्धो मनुज जहिले सिर्जन गर्यो
वहाँदेखी हाम्रो सकल कुलमा संशय पर्यो ।
घट्यो आयुर्दाको अवधि, भयको सङ्क्रम भयो
कठै हाम्रो हत्या उस मनुजबाटै शुरु भयो ॥
९
खुला यद्वा नाङ्गा विकट पट मैदान छ जहाँ
धरित्रीको छाती अपढ दुनियाँ चिर्दछ जहाँ ।
वहाँका बासिन्दा अघि सब उनै बान्धव थिये
जथाभावी जस्को मनुजहरुले जीवन लिये ॥
१०
धरा प्यारी छोरी, प्रकृति जननी खास, उनले
दियेका, छोरीका उपर खुशि भै शुद्ध मनले ।
थिये नानारङ्गी विविध तपसीरूप गहना
उतार्दा ती सारा मनुज गनियो मूर्ख कमिना ॥
११
सहन्छन् जो बाधा मनुज, उस भन्दा शतगुणा
सही चर्को बाधा जलदसित मागी जलकणा ।
धराको वर्षेनी ज्वर मथर गर्ने सब इनै
तपस्वी हुन्, यस्ता सुरअसुर छैनन् अरु कुनै ॥