Jump to content

Page:Tarun tapasi.pdf/96: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१५}} कसैले द्योराली भनिकन ठुलो आदर गरे ::कुमारीको श्रद्धा लिइकन कसैले स्तुति गरे। कसैले हेर्दा त्यै विजन पथको यक्ष म थियें ::कसैको लेखामा भय भुटिदिने भैरव भयें।..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१५}}
{{pcn|१५}}
कसैले द्योराली भनिकन ठुलो आदर गरे
कसैले द्योराली भनिकन ठुलो आदर गरे
::कुमारीको श्रद्धा लिइकन कसैले स्तुति गरे।
::कुमारीको श्रद्धा लिइकन कसैले स्तुति गरे ।
कसैले हेर्दा त्यै विजन पथको यक्ष म थियें
कसैले हेर्दा त्यै विजन पथको यक्ष म थियें
::कसैको लेखामा भय भुटिदिने भैरव भयें।।
::कसैको लेखामा भय भुटिदिने भैरव भयें ॥


{{pcn|१६}}
{{pcn|१६}}
Line 11: Line 11:
::सदा पूजा गर्दै चरणतलमा लम्पट परी
::सदा पूजा गर्दै चरणतलमा लम्पट परी
पुकारा यो गर्थे 'प्रभु सकल इच्छा सफल होस्'
पुकारा यो गर्थे 'प्रभु सकल इच्छा सफल होस्'
::म भन्थें बिस्तारै अबुझ तिमिमा आत्मबल होस्।।
::म भन्थें बिस्तारै अबुझ तिमिमा आत्मबल होस् ॥


{{pcn|१७}}
{{pcn|१७}}
सदा यै चालाले अबुझहरु विश्वासवश भै
सदा यै चालाले अबुझहरु विश्वासवश भै
::त्यहाँ लागीहाले विधिसहित पूजा दिन सबै।
::त्यहाँ लागीहाले विधिसहित पूजा दिन सबै ।
म द्यौता, त्यो चौकी विधिविहित देवस्थल भयो
म द्यौता, त्यो चौकी विधिविहित देवस्थल भयो
::पछी सुस्तै सुस्तै मुलुकभर माहात्म्य फिँजियो।।
::पछी सुस्तै सुस्तै मुलुकभर माहात्म्य फिँजियो ॥


{{pcn|१८}}
{{pcn|१८}}
कुनै भन्थ्यो साक्षात् मकन इनले दर्शन दियिन्
कुनै भन्थ्यो साक्षात् मकन इनले दर्शन दियिन्
::कुनै भन्थ्यो स्वप्नाबिच नगिच आयिन् र दबियिन्।
::कुनै भन्थ्यो स्वप्नाबिच नगिच आयिन् र दबियिन् ।
कुनै भन्थ्यो मैले कति कति सुनें शब्द इनको
कुनै भन्थ्यो मैले कति कति सुनें शब्द इनको
::कुनै भन्थ्यो मेरो सब हरिदियिन् कष्ट मनको।।
::कुनै भन्थ्यो मेरो सब हरिदियिन् कष्ट मनको ॥


{{pcn|१९}}
{{pcn|१९}}
कुनै भन्थ्यो राती सकल जमिनै बल्दछ अरे
कुनै भन्थ्यो राती सकल जमिनै बल्दछ अरे
::कुनै भन्थ्यो पैले इनिकन नमान्ने सब मरे।
::कुनै भन्थ्यो पैले इनिकन नमान्ने सब मरे ।
अहो यस्तैयस्ता उपकथन, हल्लाहरु गरी
अहो यस्तैयस्ता उपकथन, हल्लाहरु गरी
::फसे सारा बोक्रे विधिनियमपट्टी हरि हरि।।
::फसे सारा बोक्रे विधिनियमपट्टी हरि हरि ॥


{{pcn|२०}}
{{pcn|२०}}
बनी ध्यानी पीताऽम्बर कमरमा टम्म पहिरी
बनी ध्यानी पीताऽम्बर कमरमा टम्म पहिरी
::लिई माला, छालाउपर दृढ पद्माऽसन धरी।
::लिई माला, छालाउपर दृढ पद्माऽसन धरी ।
जपी जागा गर्थे बुधहरु ठुला जन्तर बुटी
जपी जागा गर्थे बुधहरु ठुला जन्तर बुटी
::थियो मानू चौकी उस बखतको सिद्धिढुकुटी।।
::थियो मानू चौकी उस बखतको सिद्धिढुकुटी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:07, 6 May 2025

This page has not been proofread

१५
कसैले द्योराली भनिकन ठुलो आदर गरे
कुमारीको श्रद्धा लिइकन कसैले स्तुति गरे ।
कसैले हेर्दा त्यै विजन पथको यक्ष म थियें
कसैको लेखामा भय भुटिदिने भैरव भयें ॥

१६
हली, घाँसी, ग्वाला, कृषक, भरिया आदि यसरी
सदा पूजा गर्दै चरणतलमा लम्पट परी
पुकारा यो गर्थे 'प्रभु सकल इच्छा सफल होस्'
म भन्थें बिस्तारै अबुझ तिमिमा आत्मबल होस् ॥

१७
सदा यै चालाले अबुझहरु विश्वासवश भै
त्यहाँ लागीहाले विधिसहित पूजा दिन सबै ।
म द्यौता, त्यो चौकी विधिविहित देवस्थल भयो
पछी सुस्तै सुस्तै मुलुकभर माहात्म्य फिँजियो ॥

१८
कुनै भन्थ्यो साक्षात् मकन इनले दर्शन दियिन्
कुनै भन्थ्यो स्वप्नाबिच नगिच आयिन् र दबियिन् ।
कुनै भन्थ्यो मैले कति कति सुनें शब्द इनको
कुनै भन्थ्यो मेरो सब हरिदियिन् कष्ट मनको ॥

१९
कुनै भन्थ्यो राती सकल जमिनै बल्दछ अरे
कुनै भन्थ्यो पैले इनिकन नमान्ने सब मरे ।
अहो यस्तैयस्ता उपकथन, हल्लाहरु गरी
फसे सारा बोक्रे विधिनियमपट्टी हरि हरि ॥

२०
बनी ध्यानी पीताऽम्बर कमरमा टम्म पहिरी
लिई माला, छालाउपर दृढ पद्माऽसन धरी ।
जपी जागा गर्थे बुधहरु ठुला जन्तर बुटी
थियो मानू चौकी उस बखतको सिद्धिढुकुटी ॥