Page:Tarun tapasi.pdf/84: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१८}} फुका बाबू भित्री किरणगठरी त्यो सब फुका ::फिँजा त्यो चौतर्फी गगनपथमा, कत्ति नलुका। धुँदै जा, चिर्दै जा निविड तम, त्यो गर् सब धुजा ::हटा मैलो पर्दा, विजयसुखको दु..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
फुका बाबू भित्री किरणगठरी त्यो सब फुका | फुका बाबू भित्री किरणगठरी त्यो सब फुका | ||
::फिँजा त्यो चौतर्फी गगनपथमा, कत्ति | ::फिँजा त्यो चौतर्फी गगनपथमा, कत्ति नलुका । | ||
धुँदै जा, चिर्दै जा निविड तम, त्यो गर् सब धुजा | धुँदै जा, चिर्दै जा निविड तम, त्यो गर् सब धुजा | ||
::हटा मैलो पर्दा, विजयसुखको दुन्दुभि | ::हटा मैलो पर्दा, विजयसुखको दुन्दुभि बजा ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
कुनै गर्जोस् कालो घन घनघटा, कत्ति नडरेस् | कुनै गर्जोस् कालो घन घनघटा, कत्ति नडरेस् | ||
::कुनै धक्का मारोस् पवन, तल लत्रेर | ::कुनै धक्का मारोस् पवन, तल लत्रेर नझरेस् । | ||
स्वयं दल्दै मल्दै कठिन पिरबाधा सब भगा | स्वयं दल्दै मल्दै कठिन पिरबाधा सब भगा | ||
::अली चर्को पारी मधुर छविको दीपक | ::अली चर्को पारी मधुर छविको दीपक जगा ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
खुलायिस् यो मेरो नयन जुन आलोकलवले | खुलायिस् यो मेरो नयन जुन आलोकलवले | ||
::म भन्छू त्यै पाओस् झलक दुनियाँमात्र | ::म भन्छू त्यै पाओस् झलक दुनियाँमात्र सबले । | ||
सबै आँखा खोलून् समय नगुमाऊन् मुफतमा | सबै आँखा खोलून् समय नगुमाऊन् मुफतमा | ||
::तँ झैं बढ्दै जाऊन् अनवरत | ::तँ झैं बढ्दै जाऊन् अनवरत कर्तव्यपथमा ॥ | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
उदाऊन् अस्ताऊन् हरबखत तारा, रवि, शशी | उदाऊन् अस्ताऊन् हरबखत तारा, रवि, शशी | ||
::दगुर्छन् बोक्रैमा अबुझ दुनियाँ भित्र | ::दगुर्छन् बोक्रैमा अबुझ दुनियाँ भित्र नपसी । | ||
प्रभा पर्दो हो ता अलिकति पनी भित्र तिनको | प्रभा पर्दो हो ता अलिकति पनी भित्र तिनको | ||
::सबैको धोयिन्थ्यो अति मलिन दुर्भाव | ::सबैको धोयिन्थ्यो अति मलिन दुर्भाव मनको ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
प्रभाको साथैमा मधुर मुहुनीदार सुर ली | प्रभाको साथैमा मधुर मुहुनीदार सुर ली | ||
::तँ फुक्तै जा भित्री श्रवणबिच | ::तँ फुक्तै जा भित्री श्रवणबिच चैतन्यमुरली । | ||
सदा अन्धो पारी गहन तमले विश्व ननिलोस् | सदा अन्धो पारी गहन तमले विश्व ननिलोस् | ||
::म भन्छू यस्लाई अमृत पिउने औसर | ::म भन्छू यस्लाई अमृत पिउने औसर मिलोस् ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
अँध्यारैमा जन्म्यो जुनिभर अँध्यारो पथ गरी | अँध्यारैमा जन्म्यो जुनिभर अँध्यारो पथ गरी | ||
::अँध्यारैमा हुर्क्यो, पछि पनि अँध्यारो पथ | ::अँध्यारैमा हुर्क्यो, पछि पनि अँध्यारो पथ धरी । | ||
परी अन्धो बैह्रो अबुझ दुनियाँ अन्ध विधिमा | परी अन्धो बैह्रो अबुझ दुनियाँ अन्ध विधिमा | ||
::डुबेको देख्दैछू जुग जुग अँध्यारो | ::डुबेको देख्दैछू जुग जुग अँध्यारो जलधिमा ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:03, 6 May 2025
१८
फुका बाबू भित्री किरणगठरी त्यो सब फुका
फिँजा त्यो चौतर्फी गगनपथमा, कत्ति नलुका ।
धुँदै जा, चिर्दै जा निविड तम, त्यो गर् सब धुजा
हटा मैलो पर्दा, विजयसुखको दुन्दुभि बजा ॥
१९
कुनै गर्जोस् कालो घन घनघटा, कत्ति नडरेस्
कुनै धक्का मारोस् पवन, तल लत्रेर नझरेस् ।
स्वयं दल्दै मल्दै कठिन पिरबाधा सब भगा
अली चर्को पारी मधुर छविको दीपक जगा ॥
२०
खुलायिस् यो मेरो नयन जुन आलोकलवले
म भन्छू त्यै पाओस् झलक दुनियाँमात्र सबले ।
सबै आँखा खोलून् समय नगुमाऊन् मुफतमा
तँ झैं बढ्दै जाऊन् अनवरत कर्तव्यपथमा ॥
२१
उदाऊन् अस्ताऊन् हरबखत तारा, रवि, शशी
दगुर्छन् बोक्रैमा अबुझ दुनियाँ भित्र नपसी ।
प्रभा पर्दो हो ता अलिकति पनी भित्र तिनको
सबैको धोयिन्थ्यो अति मलिन दुर्भाव मनको ॥
२२
प्रभाको साथैमा मधुर मुहुनीदार सुर ली
तँ फुक्तै जा भित्री श्रवणबिच चैतन्यमुरली ।
सदा अन्धो पारी गहन तमले विश्व ननिलोस्
म भन्छू यस्लाई अमृत पिउने औसर मिलोस् ॥
२३
अँध्यारैमा जन्म्यो जुनिभर अँध्यारो पथ गरी
अँध्यारैमा हुर्क्यो, पछि पनि अँध्यारो पथ धरी ।
परी अन्धो बैह्रो अबुझ दुनियाँ अन्ध विधिमा
डुबेको देख्दैछू जुग जुग अँध्यारो जलधिमा ॥