Jump to content

Page:Tarun tapasi.pdf/83: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१२}} जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमा ::उती जुट्थ्यो रेखा नपरिकन सारा निमिषमा। तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती ::भनें मर्मस्पर्शी वचन उसलाई अलिकति..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१२}}
{{pcn|१२}}
जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमा
जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमा
::उती जुट्थ्यो रेखा नपरिकन सारा निमिषमा।
::उती जुट्थ्यो रेखा नपरिकन सारा निमिषमा ।
तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती
तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती
::भनें मर्मस्पर्शी वचन उसलाई अलिकति।।
::भनें मर्मस्पर्शी वचन उसलाई अलिकति ॥


{{pcn|१३}}
{{pcn|१३}}
तँ सानै छस् बाबू तर तँसित आलोककणिका
तँ सानै छस् बाबू तर तँसित आलोककणिका
::हुनाले क्यै भित्री दिल सकल पारीकन फुका।
::हुनाले क्यै भित्री दिल सकल पारीकन फुका ।
दिँदैछस् धक्का त्यो अभयसित दुर्भेद्य तममा
दिँदैछस् धक्का त्यो अभयसित दुर्भेद्य तममा
::म सम्झन्छू तेरो सफल जुनिको त्यो मधुरिमा।।
::म सम्झन्छू तेरो सफल जुनिको त्यो मधुरिमा ॥


{{pcn|१४}}
{{pcn|१४}}
हजारौं तैं जस्ता पुरुषहरु पैले पिलिपिली
हजारौं तैं जस्ता पुरुषहरु पैले पिलिपिली
::गरी बढ्दाबढ्दै भुवन सब पारी झिलिमिली।
::गरी बढ्दाबढ्दै भुवन सब पारी झिलिमिली ।
गये वा जाँदैछन् तँ पनि तिनि झैं कत्ति नडरी
गये वा जाँदैछन् तँ पनि तिनि झैं कत्ति नडरी
::अगाडी बढ्दै जा मलिन तम त्यो भेदन गरी।।
::अगाडी बढ्दै जा मलिन तम त्यो भेदन गरी ॥


{{pcn|१५}}
{{pcn|१५}}
तँ सानू, त्यो सानू किरणकण, सानू गतिविधि
तँ सानू, त्यो सानू किरणकण, सानू गतिविधि
::कठै त्यो झन् सानू, निविड तमविच्छेदनविधि।
::कठै त्यो झन् सानू, निविड तमविच्छेदनविधि ।
सबै यो देख्दैछू तदपि मनले भन्छ नडरा
सबै यो देख्दैछू तदपि मनले भन्छ नडरा
::जती शक्छस् कालो गगनपथ आलोकित गरा।।
::जती शक्छस् कालो गगनपथ आलोकित गरा ॥


{{pcn|१६}}
{{pcn|१६}}
न देखिन्छन् ऐले दिनमणि, न तारा, ग्रह, शशी
न देखिन्छन् ऐले दिनमणि, न तारा, ग्रह, शशी
::न आँखाले भेट्छन् चपलबिजुली दर्शनखुशी।
::न आँखाले भेट्छन् चपलबिजुली दर्शनखुशी ।
अहा त्यो मौकामा पिलिपिलि तँ गर्छस् जतिजति
अहा त्यो मौकामा पिलिपिलि तँ गर्छस् जतिजति
::तँमाथी वर्षन्छन् प्रणयफुल मेरा उतिउति।।
::तँमाथी वर्षन्छन् प्रणयफुल मेरा उतिउति ॥


{{pcn|१७}}
{{pcn|१७}}
न त्यो तेरो तातो छवि छ रविको झैं अति कडा
न त्यो तेरो तातो छवि छ रविको झैं अति कडा
::न त्यस्मा क्यै देख्छू तुहिनकरको शीतबखडा।
::न त्यस्मा क्यै देख्छू तुहिनकरको शीतबखडा ।
अनौठाको, सानू तर मधुर आलोकगठरी
अनौठाको, सानू तर मधुर आलोकगठरी
::म हेर्दैछू तेरो पलक नलगाई छक परी।।
::म हेर्दैछू तेरो पलक नलगाई छक परी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:03, 6 May 2025

This page has not been proofread

१२
जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमा
उती जुट्थ्यो रेखा नपरिकन सारा निमिषमा ।
तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती
भनें मर्मस्पर्शी वचन उसलाई अलिकति ॥

१३
तँ सानै छस् बाबू तर तँसित आलोककणिका
हुनाले क्यै भित्री दिल सकल पारीकन फुका ।
दिँदैछस् धक्का त्यो अभयसित दुर्भेद्य तममा
म सम्झन्छू तेरो सफल जुनिको त्यो मधुरिमा ॥

१४
हजारौं तैं जस्ता पुरुषहरु पैले पिलिपिली
गरी बढ्दाबढ्दै भुवन सब पारी झिलिमिली ।
गये वा जाँदैछन् तँ पनि तिनि झैं कत्ति नडरी
अगाडी बढ्दै जा मलिन तम त्यो भेदन गरी ॥

१५
तँ सानू, त्यो सानू किरणकण, सानू गतिविधि
कठै त्यो झन् सानू, निविड तमविच्छेदनविधि ।
सबै यो देख्दैछू तदपि मनले भन्छ नडरा
जती शक्छस् कालो गगनपथ आलोकित गरा ॥

१६
न देखिन्छन् ऐले दिनमणि, न तारा, ग्रह, शशी
न आँखाले भेट्छन् चपलबिजुली दर्शनखुशी ।
अहा त्यो मौकामा पिलिपिलि तँ गर्छस् जतिजति
तँमाथी वर्षन्छन् प्रणयफुल मेरा उतिउति ॥

१७
न त्यो तेरो तातो छवि छ रविको झैं अति कडा
न त्यस्मा क्यै देख्छू तुहिनकरको शीतबखडा ।
अनौठाको, सानू तर मधुर आलोकगठरी
म हेर्दैछू तेरो पलक नलगाई छक परी ॥