Jump to content

Page:Tarun tapasi.pdf/75: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} लुछेको, लाछेको शिर, सकल काया थिलथिलो ::थियो त्यो पिट्टाले, नयनयुगको कान्ति धमिलो। उदेकायें, हाँसें मनुजजुनिको त्यो पतनमा ::पर्यो कालो रेखा अलिकति उदासीन मनम..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|६}}
{{pcn|६}}
लुछेको, लाछेको शिर, सकल काया थिलथिलो
लुछेको, लाछेको शिर, सकल काया थिलथिलो
::थियो त्यो पिट्टाले, नयनयुगको कान्ति धमिलो।
::थियो त्यो पिट्टाले, नयनयुगको कान्ति धमिलो ।
उदेकायें, हाँसें मनुजजुनिको त्यो पतनमा
उदेकायें, हाँसें मनुजजुनिको त्यो पतनमा
::पर्यो कालो रेखा अलिकति उदासीन मनमा।।
::पर्यो कालो रेखा अलिकति उदासीन मनमा ॥


{{pcn|७}}
{{pcn|७}}
स्वयं निःस्वार्थी भै विपद अरुकै निम्ति सहने
स्वयं निःस्वार्थी भै विपद अरुकै निम्ति सहने
::तपस्वीचोलाको विधिनियम हो शान्त रहने।
::तपस्वीचोलाको विधिनियम हो शान्त रहने ।
यही सम्झी मैले अति कठिन त्यो पीडन सहें
यही सम्झी मैले अति कठिन त्यो पीडन सहें
::बुझी दैवी लीला सब, बिलखमन्नै परिरहें।।
::बुझी दैवी लीला सब, बिलखमन्नै परिरहें ॥


{{pcn|८}}
{{pcn|८}}
कठै भोलीपल्टै झटपट उनै मानिस सब
कठै भोलीपल्टै झटपट उनै मानिस सब
::भरी डोकाडालाउपर सब त्यै भोज्यविभव।
::भरी डोकाडालाउपर सब त्यै भोज्यविभव ।
त्यहीं आये, थुप्रा क्रमसित लगाये वरिपरि
त्यहीं आये, थुप्रा क्रमसित लगाये वरिपरि
::बसे बाटी हेरी फगत रखवारीकन गरी।।
::बसे बाटी हेरी फगत रखवारीकन गरी ॥


{{pcn|९}}
{{pcn|९}}
स्वयं खाना खाने रुचि छ, तर त्यो रोकि त्यसरी
स्वयं खाना खाने रुचि छ, तर त्यो रोकि त्यसरी
::फिँजारी त्यो सारा पथिकहरु डाकी घरिघरी।
::फिँजारी त्यो सारा पथिकहरु डाकी घरिघरी ।
गला फारी फारी सब कहन थाले 'किन, किन'
गला फारी फारी सब कहन थाले 'किन, किन'
::कुनै माने मैले डबल 'किन'को जान्न शकिनँ।।
::कुनै माने मैले डबल 'किन'को जान्न शकिनँ ॥


{{pcn|१०}}
{{pcn|१०}}
मगन्ते भोका वा अबुझ बिचरा बालकहरू
मगन्ते भोका वा अबुझ बिचरा बालकहरू
::मलाई द्यौ भन्दै जब अघि सरेथे सुरुसुरु।
::मलाई द्यौ भन्दै जब अघि सरेथे सुरुसुरु ।
अनी हा हा भैगो, सब कहन थाले 'पर पर'
अनी हा हा भैगो, सब कहन थाले 'पर पर'
::विना पैसा दिन्नौं मुफत किन गर्छौ करकर?।।
::विना पैसा दिन्नौं मुफत किन गर्छौ करकर ?


{{pcn|११}}
{{pcn|११}}
सफा सेताराता कमरबिच ताता गरि गरी
सफा सेताराता कमरबिच ताता गरि गरी
::दबायेका चक्की जतनसित झिक्तै अघि सरी।
::दबायेका चक्की जतनसित झिक्तै अघि सरी ।
दिनेले त्यो पाये, दिनलिन नशक्ने जनहरू
दिनेले त्यो पाये, दिनलिन नशक्ने जनहरू
::चले पैसा छैनन्, भनि मन बुझाई लुरुलुरु।।
::चले पैसा छैनन्, भनि मन बुझाई लुरुलुरु ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:02, 6 May 2025

This page has not been proofread


लुछेको, लाछेको शिर, सकल काया थिलथिलो
थियो त्यो पिट्टाले, नयनयुगको कान्ति धमिलो ।
उदेकायें, हाँसें मनुजजुनिको त्यो पतनमा
पर्यो कालो रेखा अलिकति उदासीन मनमा ॥


स्वयं निःस्वार्थी भै विपद अरुकै निम्ति सहने
तपस्वीचोलाको विधिनियम हो शान्त रहने ।
यही सम्झी मैले अति कठिन त्यो पीडन सहें
बुझी दैवी लीला सब, बिलखमन्नै परिरहें ॥


कठै भोलीपल्टै झटपट उनै मानिस सब
भरी डोकाडालाउपर सब त्यै भोज्यविभव ।
त्यहीं आये, थुप्रा क्रमसित लगाये वरिपरि
बसे बाटी हेरी फगत रखवारीकन गरी ॥


स्वयं खाना खाने रुचि छ, तर त्यो रोकि त्यसरी
फिँजारी त्यो सारा पथिकहरु डाकी घरिघरी ।
गला फारी फारी सब कहन थाले 'किन, किन'
कुनै माने मैले डबल 'किन'को जान्न शकिनँ ॥

१०
मगन्ते भोका वा अबुझ बिचरा बालकहरू
मलाई द्यौ भन्दै जब अघि सरेथे सुरुसुरु ।
अनी हा हा भैगो, सब कहन थाले 'पर पर'
विना पैसा दिन्नौं मुफत किन गर्छौ करकर ?

११
सफा सेताराता कमरबिच ताता गरि गरी
दबायेका चक्की जतनसित झिक्तै अघि सरी ।
दिनेले त्यो पाये, दिनलिन नशक्ने जनहरू
चले पैसा छैनन्, भनि मन बुझाई लुरुलुरु ॥