Jump to content

Page:Tarun tapasi.pdf/73: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|३१}} कठै मौरी, मूसा, मनुज बिचरा सञ्चय गरी ::वृथा पाकेका छन् अनलमय चिन्ताबिच परी। चरामा त्यो पाजी अधम सरुवा रोग नहुँदा ::घुमी नाची गर्छन् अमरपुरको कौतुक सदा।। {{pcn|३..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|३१}}
{{pcn|३१}}
कठै मौरी, मूसा, मनुज बिचरा सञ्चय गरी
कठै मौरी, मूसा, मनुज बिचरा सञ्चय गरी
::वृथा पाकेका छन् अनलमय चिन्ताबिच परी।
::वृथा पाकेका छन् अनलमय चिन्ताबिच परी ।
चरामा त्यो पाजी अधम सरुवा रोग नहुँदा
चरामा त्यो पाजी अधम सरुवा रोग नहुँदा
::घुमी नाची गर्छन् अमरपुरको कौतुक सदा।।
::घुमी नाची गर्छन् अमरपुरको कौतुक सदा ॥


{{pcn|३२}}
{{pcn|३२}}
चराले झैं चारा फगत उदरै माफिक चरी
चराले झैं चारा फगत उदरै माफिक चरी
::म भोली खाँला यो भनि बटुलने लोभ नगरी।
::म भोली खाँला यो भनि बटुलने लोभ नगरी ।
बढोस् ता यो बाठो मनुज परकल्याणसुखमा
बढोस् ता यो बाठो मनुज परकल्याणसुखमा
::सदा यस्को पर्थ्यो अमृतरसको स्रोत मुखमा।।
::सदा यस्को पर्थ्यो अमृतरसको स्रोत मुखमा ॥


{{pcn|३३}}
{{pcn|३३}}
जहाँ जो भेट्टायो, प्रणयसित खायो फलफुल
जहाँ जो भेट्टायो, प्रणयसित खायो फलफुल
::चुचो बायो, गायो मधुर सुरमा तृप्तिगजल।
::चुचो बायो, गायो मधुर सुरमा तृप्तिगजल ।
अहो त्यस्तो राम्रो विहगकुलको चालचलन
अहो त्यस्तो राम्रो विहगकुलको चालचलन
::शिकोस् ता यो लोभी मनुज किन हुन्थ्यो र पतन?।।
::शिकोस् ता यो लोभी मनुज किन हुन्थ्यो र पतन ?


{{pcn|३४}}
{{pcn|३४}}
अबुझ मनुजको यो मर्म वा दर्द खोली
अबुझ मनुजको यो मर्म वा दर्द खोली
::मुनिवर चुप लागे वाक्य अर्को नबोली।
::मुनिवर चुप लागे वाक्य अर्को नबोली ।
श्रुतियुगबिच बग्दो दिव्य पीयूषधारा
श्रुतियुगबिच बग्दो दिव्य पीयूषधारा
::फिर अलि छिनलाई बन्द भो टक्क सारा।।
::फिर अलि छिनलाई बन्द भो टक्क सारा ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 21:02, 6 May 2025

This page has not been proofread

३१
कठै मौरी, मूसा, मनुज बिचरा सञ्चय गरी
वृथा पाकेका छन् अनलमय चिन्ताबिच परी ।
चरामा त्यो पाजी अधम सरुवा रोग नहुँदा
घुमी नाची गर्छन् अमरपुरको कौतुक सदा ॥

३२
चराले झैं चारा फगत उदरै माफिक चरी
म भोली खाँला यो भनि बटुलने लोभ नगरी ।
बढोस् ता यो बाठो मनुज परकल्याणसुखमा
सदा यस्को पर्थ्यो अमृतरसको स्रोत मुखमा ॥

३३
जहाँ जो भेट्टायो, प्रणयसित खायो फलफुल
चुचो बायो, गायो मधुर सुरमा तृप्तिगजल ।
अहो त्यस्तो राम्रो विहगकुलको चालचलन
शिकोस् ता यो लोभी मनुज किन हुन्थ्यो र पतन ?

३४
अबुझ मनुजको यो मर्म वा दर्द खोली
मुनिवर चुप लागे वाक्य अर्को नबोली ।
श्रुतियुगबिच बग्दो दिव्य पीयूषधारा
फिर अलि छिनलाई बन्द भो टक्क सारा ॥