Page:Tarun tapasi.pdf/59: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२७}} नदी बग्थिन् निक्कै पर, तदपि गङ्गे हर हर ::म सुन्थें, त्यो सुन्दा हृदयबिच लाग्थ्यो र रहर। उतै फर्की हेर्थें, जलदसित गर्थें अनुनय ::अहो कैले द्यौला मकन तिमि त्य..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
नदी बग्थिन् निक्कै पर, तदपि गङ्गे हर हर | नदी बग्थिन् निक्कै पर, तदपि गङ्गे हर हर | ||
::म सुन्थें, त्यो सुन्दा हृदयबिच लाग्थ्यो र | ::म सुन्थें, त्यो सुन्दा हृदयबिच लाग्थ्यो र रहर । | ||
उतै फर्की हेर्थें, जलदसित गर्थें अनुनय | उतै फर्की हेर्थें, जलदसित गर्थें अनुनय | ||
::अहो कैले द्यौला मकन तिमि त्यो स्नानसमय? | ::अहो कैले द्यौला मकन तिमि त्यो स्नानसमय ? | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
अहो त्यो वेलाको रविकिरणमाला सुनहरी | अहो त्यो वेलाको रविकिरणमाला सुनहरी | ||
::धरामा झल्कन्थ्यो सलसल बगेको सुन | ::धरामा झल्कन्थ्यो सलसल बगेको सुन सरी । | ||
थियो मानू वर्षा अमृतरसको शान्तिसुखको | थियो मानू वर्षा अमृतरसको शान्तिसुखको | ||
::सबैको देखिन्थ्यो धपधप सफा कान्ति | ::सबैको देखिन्थ्यो धपधप सफा कान्ति मुखको ॥ | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
सबै हेर्दा हेर्दै भुवनभर त्यो जागृति ठुलो | सबै हेर्दा हेर्दै भुवनभर त्यो जागृति ठुलो | ||
::हुँदैआयो मेरो सकल हृदयग्रन्थि | ::हुँदैआयो मेरो सकल हृदयग्रन्थि खुकुलो । | ||
थिये त्यो वेलाका सकल रसिला जीवनघडी | थिये त्यो वेलाका सकल रसिला जीवनघडी | ||
::विधाताले अर्कै मकन दिन थाल्यो तर | ::विधाताले अर्कै मकन दिन थाल्यो तर छडी ॥ | ||
{{pcn|३०}} | {{pcn|३०}} | ||
यति भनि तपसीले माथ केही झुकाये | यति भनि तपसीले माथ केही झुकाये | ||
::मधुर वचनधारा कण्ठभित्रै | ::मधुर वचनधारा कण्ठभित्रै लुकाये । | ||
म पनि सकल गर्दै वाक्यको सार सार | म पनि सकल गर्दै वाक्यको सार सार | ||
::पुलुपुलु तपसीको हेर्न थालें | ::पुलुपुलु तपसीको हेर्न थालें मुहार ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 20:49, 6 May 2025
This page has not been proofread
२७
नदी बग्थिन् निक्कै पर, तदपि गङ्गे हर हर
म सुन्थें, त्यो सुन्दा हृदयबिच लाग्थ्यो र रहर ।
उतै फर्की हेर्थें, जलदसित गर्थें अनुनय
अहो कैले द्यौला मकन तिमि त्यो स्नानसमय ?
२८
अहो त्यो वेलाको रविकिरणमाला सुनहरी
धरामा झल्कन्थ्यो सलसल बगेको सुन सरी ।
थियो मानू वर्षा अमृतरसको शान्तिसुखको
सबैको देखिन्थ्यो धपधप सफा कान्ति मुखको ॥
२९
सबै हेर्दा हेर्दै भुवनभर त्यो जागृति ठुलो
हुँदैआयो मेरो सकल हृदयग्रन्थि खुकुलो ।
थिये त्यो वेलाका सकल रसिला जीवनघडी
विधाताले अर्कै मकन दिन थाल्यो तर छडी ॥
३०
यति भनि तपसीले माथ केही झुकाये
मधुर वचनधारा कण्ठभित्रै लुकाये ।
म पनि सकल गर्दै वाक्यको सार सार
पुलुपुलु तपसीको हेर्न थालें मुहार ॥